धरान÷धरानेहरुको भविष्यसँग मात्र नभएर समग्र मुलुकको प्रतिष्ठा र पूर्वाञ्चलबासीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने रिफरल नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्यामा वर्तमान सरकारले समयमै निकास नदिँदा प्रतिष्ठान जनकपुर चुरोट काराखानाको नियतिमा पुगेको छ ।
प्रतिष्ठानमा भएको चरम आर्थिक अनियमिततामा वर्तमान सरकारले दुई पटक उच्च स्तरीय छानविन समितिले आफ्नो प्रतिवेदन प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझएपछि तत्काल सिनेट बोलाउन उपप्रधान तथा स्वास्थ्यमन्त्री एवम् सहकुलपति उपेन्द्र यादवले दुई पटक लिखिति निर्देैशन दिए तापनि प्रा.डा.रौनियारले सोको उल्लंघन गर्दै आएका छन् ।
उपकुलपति रौनियारले २४ घण्टे स्पस्टीकरणसँगै दुई पटक सिनेट बैठक बोलाउन दिएको निर्देशन समेत उल्लंघन गर्दै शक्ति केन्द्र धाउने गरेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले कार्तिक २० गते पत्राचार गरी मंसिर ५ गते सिनेटको बैठक बोलाउन र दोस्रो पटक १६ गते बोलाउन निर्देशन दिएको थियो । सञ्चालक परिषदको बैठक बोलाउने सम्बन्धमा मन्त्रालयद्वारा जारी निर्देशनमा भनिएको छ, प्रतिष्ठानको ४१ औं सञ्चालक परिषद्को बैठकले भवन तथा उपकरण खरिद सम्बन्धमा अध्ययन भई सम्माननीय प्रधानमन्त्री एवम् कुलपतिबाट प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित छानविन कार्य दलले दिएको प्रतिवेदन र सो उपर अध्ययन गरी उपयुक्त सुझाव सिफारिस गर्नका साथै प्रतिवेदनका आधार र समग्र प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) बमोजिम मेरो अध्यक्षतमा कार्तिक २० मा पेश गरेको प्रतिवेदन उपर छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्रीको निर्देशन अनुसार सञ्चालक समितिको बैठक ७ दिनभित्र बोलाउन स्वास्थ्य मन्त्रीले निर्देशन दिएका थिए । तर रौनियारले सञ्चालक समितिको बैठक बोलाउन हालसम्म आलटाल गर्दै आएका छन् । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार रौनियारले २ पटक सिनेट बोलाउन दिएको निर्देशन अवज्ञा गर्नु निजकै लागि प्रतिकूल हुने बतायो । छानविन समितिका संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भन्नुभयो अब प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नै सिनेट बोलाउन पत्राचार गर्नु हुन्छ ।
के के मा अनियमितता
स्वास्थ्य मन्त्रालयको कम्प्युटरमा प्रतिष्ठानका उपकुलपति रौनियारले के के कुरामा दुई बर्षका अवधिमा अनियमितता गरे भन्ने सम्बन्धमा फायलै तयार पारिएको पाइएको छ । जसमा स्वास्थ्य मन्त्रालयबाट विगतमा अनुदानमा दिइएको इआरसिपी मेसिन सामान्य मर्मत गर्दा चल्ने भएपनि नबनाई दोब्बर दाममा नयाँ खरिद गरेको, क्लोज स्पेशीफिकेशन बनाई एउटै व्यक्तिलाई टेन्डर पर्ने गरी दोब्बर दाममा मेसिन खरिद गरिएको, सिआर्म खरिदमा एउटै व्यक्तिलाई टेन्डर पने गरी क्लोज स्पेशिफेकशन बनाई दोब्बर दाममा खरिद गरेको, काउन्ट्री मेसिन, इन्डोब्रोन्को अल्ट्रसाउन्ड, हेमो डाइलासिसमा समेत सोही प्रक्रिया अपनाइएको भनिएको छ ।

यसैगरी फार्मेसी औषधि सम्बन्धमा प्रयोग हुने औषधीहरु केही मात्रामा मात्र उपलब्ध रहेको, चिकित्सकले प्रयोग नगर्ने औषधिहरुको भरमार राखिर्एको, जुन छुट्टै राखी प्रतिष्ठानलाई डेढ करोड भन्दा बढी क्षति बनाएको, आफ्नो फार्मेसी रामं्रोसँग सञ्चालन नगरी बाहिरको औंषधि पसलेहरुसँग औषधिमा सेटिङ्ग गरेको, एमआरआई मेसिन प्रकरणमा पनि एक्सरे विभागमा रहेको पहिलाको एमआरआई मेसिन सामान्य मर्मतले चालु हुन सक्ने भएपनि मर्मत नगराएको, २०७३÷०७४ मा भवन निर्माण (कार्डियोलोजी र अंकोलोजी) कार्य नगराई रु १७ करोड मेसिन उपकरणमा रकमान्तार गराएको, एउटै कम्पनीलाई मिल्ने क्लोजीफिकेशन बनाई नयाँ एमआरआई मेसिशन ठूलो रकम कमिशन असुल्ने दाउमा खरिद कार्य गरेको, भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान अयोागले अनुसन्धान तिब्र पारेपछि सार्वजनिक खरिद नियमावली विपरीत टेन्डर रद्ध गरेको, भवन निर्माणको रकम अनिययमित तरवरले रकमान्तर गरी एमअरआई मेसिन खरिद गरी भ्रष्टाचार गर्ने योजना बनाएको लगायतका दर्जनौ विवरणहरु राखिएका छन् ।
हस्पिटल छिर्दा दुर्घन्ध
दुई बर्ष अगाडिसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्ने विरामी र तिनका आफन्त त्यहाँको सरसफाईको मुक्तकण्ठले प्रशंसा गर्थे । तर अहिले अवस्था पूरै बद्लिएको छ ।
मोरङ्ग राजघाटबाट उपचारका लागि आएकी पार्वती कोइरालाले भनिन् प्रतिष्ठान पहिलाको जस्तो रहेन छ । टिकट काटने काउन्टरमा नाक थुनेर लाइनमा लाग्नुपर्छ । ह्वास्सै ट्वाइलेट गन्हाउँछ । जताततै फोहोरै फोहोर छ । यहाँको दुर्घन्धले अझ विरामी परिएला जस्तो भयो उनले नाक खुम्च्याउदै भनिन् । टिकट काउन्टर नजिक रहेको ट्वाइलेट पहिला पहिला फिनेलले सफा गरेर कपुर राखिन्थ्यो आजकल त्यस्तो देखिदैन अर्का विरामी धरान १५ का दुर्गा भुजेलले भनिन् ।
ल्याब टेष्टका लागि बाहिर पठाइन्छ
हरेक प्रकारको ल्याव टेष्ट हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका विरामीहरुलाई यतिबेला ल्याव टेष्टका लागि चिकित्सक र ल्याव टेक्निसिनहरुले नै बाहिरबाट ल्याव टेष्ट गराएर ल्याउन सुझाव दिने गरेका छन् । ल्याव टेष्टका लागि किट र रिएजेन्ट नभएर यसो गर्नुपरेको उनीहरुले बताएका छन् ।
प्रतिष्ठानमा किट लोकल पर्जेज गरिन्छ । दोब्बर मूल्यमा नक्कली किट सप्लाई भएपछि ल्याव टेष्टको रिपोर्ट सही नआउने उनीहरु बताउँछन् । पहिला पहिला टेन्डर विट गरेर पर्जेज गरिन्थ्यो भने हाल त्यस्तो अवस्था छैन । मिलेमतोमा लोकल पर्जेज अर्जेन्सी भनेर गरिन्छ ।
लिफ्टको कारण वार्ड बन्द हुदै
अशक्त असहाय विरामीहरुका लागि अत्यन्तै आवश्यक रहेको लिÏट समयमा मर्मत गर्नेतर्फ अस्पताल प्रमुख, उपकुलपतिले ध्यान नदिँदा
विरामीहरु मार्कामा परेका छन् ।
हस्पिटलको न्यूनतम आवश्यक लिÏट वा ¥याम्प हो । लिÏट एक बर्षदेखि पूर्ण रुपमा बन्द रहेको छ । बीचमा अर्थात केही दिन अगाडि मर्मतका नाममा २ लाख ९८ हजार खर्चको नाटक गरियो । २ दिन चल्यो तर अहिले बन्द छ । लिÏटकै कारण केही वार्डहरुमा विरामी भर्ना नै प्रभावित भएको चिकित्सकहरुले बताएका छन् ।
आर्थिक कारोबार हुने ठाउँमा विश्वास पात्र
प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारले आर्थिक कारोबार हुने स्थानहरुमा आफ्ना विश्वास पात्रहरुलाई सरुवा गरेका छन् । प्रतिष्ठानका अन्य पदाधकारीहरुसँग सल्लाह नै नगरी एकलौटी ढंगले त्यसरी आÏना विश्वास पात्रहरुलाई मात्र सरुवा गरिँदा प्रतिष्ठानका कर्मचारीहरुमा चरम असन्तुष्टि देखिएको छ ।
एक कर्मचारीका अनुसार आर्थिक अनियमितता गर्नकै लागि आर्थिक कारोबार हुने ठाउँमा आÏना विश्वास पात्रहरुलाई राखिएको हो । कर्मचारीहरुको मुल्यांकन समेत हाँस्यास्पद तरिकाले गर्ने गरिएको ती कर्मचारीले बताए । उनका अनुसार उपकुलपति रौनियारले आÏनै नजिकका मानिसलाई राखेर मुल्यांकन समिति बनाएका छन् । मुल्यांकन समितिको अध्यक्षमा डेपुटी डाइरेक्टर पप्पु रिजाल र सहायक अस्पताल निर्देशक डा. विकास साहलाई राखिएको छ । उनीहरु आफै फाइल खडा गर्छन् र आफै मुल्यांकन गर्छन्, ती कर्मचारीले भने । यसले आर्थिक अनियतिमतालाई बढावा दिएको छ ।
तलब रोक्का
प्रतिष्ठानका उपकुलपति रौनियारले हाल प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र कुल सचिव बरिष्ठ अधिवक्ता तुलबहादुर श्रेष्ठको मंसिर महिनाको तलब रोक्का गरेका छन् ।
प्रतिष्ठानमा भएको चरम आर्थिक अनियमिततामा छानविन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री उपेन्दं्र यादवको संयोजकत्वमा दुई जना सिनेटर खनाल र श्रेष्ठलाई राखेर छानविनसँगै प्रतिवेदन तयारीको जिम्मेवारी दिएपछि उपकुलपति रौनियार उनीहरुप्रति पूर्वाग्रही बन्दै गएका थिए । छानविनका क्रममा कर्मचारीहरुलाई असहयोग गर्न समेत रौनियारले निर्देशन मात्र दिएनन् कम्प्युटर शाखाका सन्जिव कर्णमाथि अस्पताल निर्देशकको कार्यकक्षमा तथानाम भन्दै हातपातको प्रयास समेत गरेका थिए । एउटा जिम्मेवार मानिसबाट त्यस प्रकारको अभद्र व्यवहार भएपछि कर्मचारी कल्याण मञ्चले विज्ञप्ती प्रकशित गरेर भत्र्सना समेत गरेको थियो । शिक्षाध्यक्ष र कुलसचिवको हाजिरी नमिलेको भन्दै तलब रोक्का गरिएको जनाइएको छ । जबकी प्रतिठानका आधा भन्दा बढी शिक्षक कर्मचारीको हाजिरी नमिलेको बताइन्छ । यसै सम्बन्धमा शिक्षाध्यक्ष प्रा.डा. खनालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो हो मंसिर महिनाको हाम्रो तलब रोक्का गरिएको छ ।
बेहाल अवस्थामा लन्ड्री
सर्वसाधारणको स्वास्थ्य सेवा र शैक्षिक क्षेत्रमा कुनै ध्यान नदिई आर्थिक फाइदा हुने खरिद विक्रीमा मात्र उपकुलपति प्रा.डा. रौनियार संलग्न भएपछि प्रतिष्ठानको लन्ड्री समेत प्रभावित भएको छ ।
विरामीले प्रयोग गर्ने वेडका तन्ना, तकिया, ओढने केमिकलको अभावमा सर्फले मात्र धुने गरिएको छ । सर्फले मात्र धुँदा त्यसले विरामीमा थप इन्फेक्सन हुने चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानका हरेक विरामीका वेडहरु यतिबेला दुर्घन्धित जस्तो भएको पनि ती चिकित्सकले बताए ।

