इनरुवा÷सुनसरी जिल्लाको कोशी गाउँ पालिका वडा नं. ७ को मुसहरिया टोलमा प्रहरी र हतियारधारी समूहबीचमा गोली हानाहान हुँदा एक जना हतियारधारीको आइतबार मृत्यु भएको छ ।
भारतीय सीमाबाट नेपाल प्रवेश गरेर ५ सय मिटर भित्र आएका करिब ६ जनाको समूहलाई रातको १ बजे सीमा गस्तिमा खटिएका प्रहरीले अड हामी प्रहरी हौ भन्नासाथ हतियारधारी समूहका तर्फबाट तीन राउन्ड गोली चलेपछि प्रहरीले पनि जवाफी फायर गर्दा अन्दाजी ३५ बर्षका एक पुरुषको घट्नास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले दिनुभएको जानकारी अनुसार जिल्लाका सम्भावित चोरी तस्करी हुने नाकाहरुमा प्रहरीले गस्ती बढाइएको छ । गस्तीकै क्रममा नेपालतर्फ रातको ११ बजे ६ जनाको समूह आउँदै गरेको देखेपछि गस्तिमा रहेका प्रहरीले हामी प्रहरी हौ अड भन्नसाथ तीन राउन्ड फायरिङ्ग भयो । प्रहरीले समेत जवाफी फायर गर्दा नाम, थर, ठेगाना खुल्न नसकेका अन्दाजी ३५ बर्षीय पुरुषको घटना स्थलमै मृत्यु भएको र अन्य भाग्न सफल भएको बताउनुभयो । घट्ना स्थलबाट प्रहरीले दुई थान कटुवा पेस्तोल, केही गोली बरामद गरेको छ ।
एसपी अधिकारीका अनुसार सोमबार विहान कोशी गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा स्थानीय बासिन्दालाई मृतकको शव देखाउदा कसैले नचिनेकोले हाल पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रंतिष्ठानमा पठाइएको छ । हतियारधारी समूह कुन प्रयोजनका लागि नेपाल प्रवेश गरेको हो भन्ने कुरामा प्रहरीले अनुसन्धान अगाडि बढाएको एसएसपी अधिकारीको कथन छ ।

