आन्दोलरतहरुको सरकारलाई प्रश्नैप्रश्न

धरान÷बलात्कार पश्चात पासविक ढंगले हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिकाको न्यायका लागि विगत चार महिनादेखि मुलुकभरि जारी आन्दोलनमा सरिक भएकाहरुले वर्तमान केपी ओलीको सरकरलाई प्रश्नै प्रश्न तेस्र्याएका छन्
सरकारले पन्तका वास्तविक हत्यारालाई संरक्षण दिएर फर्र्जी अपराधी खडा गर्दै आन्दोलनलाई मत्थर बनाउने प्रयास गरे पनि आन्दोलनकारीहरुले आन्दोलनलाई झन झन सशक्त ढंगले अगाडि बढाएका छन् । झापाको विर्तामोड, विराटनगर, इटहरी,इनरुवा लगायका सहरमा समेत आन्दोलन  जारी छ । आन्दोलनकारीहरुको प्रश्न छ, निर्मलाकी आमालाई बम दिदी बहिनीले आफ्नो घरभित्र पस्न किन दिएनन् ? वम दिदी बहिनीले हाम्रो पहुँच कहाँ सम्म छ किन भनियो ? पुलिसले घट्ना हुने वित्तिकै खोज्न किन जागरुकता देखाएन ? सबुत प्रमाण नष्ट के का लागि र कस्कालागि गरिए ? यदि चार जना हत्यारा थिए भने ती अर्का विष्ट थरका व्यक्तिलाई फँसाउने प्रपञ्च किन रचियो ? असली हत्याराको खोजीको माग गर्ने जनतामाथि किन लाठी चार्ज र गोली बर्साइयो ?
यसैगरी बलात्कार गरेर हत्या गर्दा चार जना असली अपराधी थिए भने सरकारले त्यत्रा पुलिसलाई निलम्बन गर्न किन बाध्य भयो ? अपराध हामी गर्ने दोष अरुलाई दिने भन्ने उनीहरुको वार्ता सही हो भने प्रतिवेदन लेख्न गएका सचिवलाई धम्की दिने कुन गिरोहको सदस्य थियो ? घट्ना हुँदा गाउँमा को को थिए र घट्नापछि को को देखा परेनन् भन्ने
कुरामा प्रहरीले वल्ल चासो देखाउनुको कारण के हो ? साइकल भेटिएको भए लास पनि त्यतै होला भन्ने दिदीबहिनीमाथि किन कडा छनबिन भएन ? अर्को दिन बम दिदी बहिनीको कोठामा किन पेन्ट्स गरियो ? निर्मलाको शुरुवाल किन पखालियो ? मानसिक सन्तुलन नभएको मानिसको घरमा गएर कपडा च्यातेर ल्याएर पुलिसले किन निर्मलाको कपडा भन्यो ? पुलिसले नै कण्डम च्यातेर फालेको केही नलागेको कण्डम किन कण्डम भेटियो भन्यो ? बलात्करीले पनि कही कण्डम प्रयोग गर्छ ? निर्मलाका बुबा भारतमा भएको बेला मुचुल्कामा औँठा छाप उनको नाममा किन लगाइयो ? विष्टका छोरा र
मेयरका भतिजो बसेको होटलको सीसी फुटेज कस्ले हटायो ? निर्मलाका बुबा अनसन बस्दा उनको पकेटमा सल्फास भेटियो त्यो कस्ले राख्यो ?

तपाईको प्रतिक्रिया