विवाह पञ्चमीमा आज भारत उत्तर प्रदेशका मुख्यमन्त्री जन्तिको रुपमा जनकपुर आउँदै भ्रमणले जनकपुरको पर्यटनमा मात्र नभएर दुई देशबीचको सम्बन्ध थप प्रगााढ बनाउने विश्वास

सन्दिप ठाकुर
जनकपुर÷भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आज  राम सीता विवाह पञ्चमीमा जन्तीका रुपमा जनकपुर आउँदै हुनुहुन्छ । यस भन्दा अगाडि नै मंसिर २४ गते भारतको अयोध्याबाट ठूलो संख्यामा साधु, सन्त तथा हिन्दु धर्मका अनुुरागीहरु जनकपुर आइसकेका छन् ।
भारतको अयोध्याबाट साधु, सन्त तथा हिन्दु धर्मका अनुरागीहरु १० वटा हात्ती, १० वटा घोडा र तीन वटा उँट सँगै बग्गी चढेर जनकपुर आइपुग्दा राम सीता विवाह महोत्सव आयोजक मूल समितिसंगै स्थानीयहरुले उनीहरुको भव्य स्वागत गरेका थिए ।
रामायणका अनुसार त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन भगवानसँग जानकरी पुत्री सीताको विवाह भएको किंवदन्ती रहेको छ । त्यसे बेलादेखि जनकपुरमा विवाह पञ्चमी महोत्सवको आयोजना हुदँै आएको थियो । जानकी मन्दिरका महन्त राम रोशन दाशका अनुसार विवाह पञ्चमीमा पहिलादेखि नै भारतको अयोध्याबाट जन्ति आउने परम्परा रहेको हो । बीचमा यो परम्परामा शिथिलता आएको थियो अर्थात जन्ति आउनै छाडेका थिए । तर २०६१ सालमा जनकपुरका महन्त साधु, सन्त, हिन्दू धर्मका अनुयायीहरु अयोध्या पुगेर राम मन्दिरका महन्तसँग गहन छलफल गरेपछि पाँच पाँच बर्षमा जन्ति आउने सहमति भयो । यस पटकको अयोध्याबाट आउने जन्ति यसैको परम्परा हो महन्त दाशले भन्नुभयो ।
जन्तिमा पाँच सय विशिष्ट पाहुना सहित १५ सयको हाराहारीमा आइपुगेको र उनीहरुलाई नेपाल भारत सीमा क्षेत्र जटहीमा पुगेर मूल आयोजक समिति र स्थानीयहरुले स्वागत गरेका थिए । राम सीता विवाह पञ्चमीलाई सभ्य र भव्य बनाउन प्रदेश नं २ का मुख्यमन्त्री मो. लालबाबु राउतले ५० लाख रुपैयाँ दिनु भएको छ भने भारतका मुख्यमन्त्री सहित एक हजार १ जनालाई भण्डारा खुवाउुन हुने भएको छ ।
सुरक्षा व्यवस्था अत्यन्तै कडा

यसपटक सम्पन्न हुने विवाह महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आज बुधबार जनकपुर आइपुग्ने भएपछि जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको धनुषाका प्रमुख जिल्ला
अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभएको छ ।


महोत्सवको सुरक्षामा ठूलो संख्यामा प्रहरीहरु परिचालन गरिएको प्रदेश नं. २ का प्रहरी प्रमुख एवम् डिआइजी
हरिबहादुर पालले जानकारी दिनुभयो । संघीय प्रहरी धरानमा समेत बसेर हाल जनकपुर पुग्नु भएका पालका अनुसार महोत्सवमा नेपाल र शसस्त्रका गरी तीन हजार सुरक्षाकर्मी परिचालन गरिने छ । आवश्यकता हेरेर बाहिरी जिल्लाबाट समेत थप सुरक्षाकर्मी झिकाइने समेत पालले बताउनुभयो । महोत्सवका समय जनकपुरमा मंगलबार र बुधबार रक्सी, माछा मासुको विक्री वितरण समेत बन्द गरिने भएको छ । यसैगरी मंगलबार रातिदेखि बुधबार दिनभरि जनकपुरमा सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी कँडेले बताउनुभयो ।
मुख्य मन्त्री आदित्य नाथका कार्यक्रमहरु

यसपटकको रामजानकी महोत्सवमा सरिक हुन आउनु भएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथ योगीको कार्यक्रम अत्यन्तै व्यस्त बनाइएको छ ।
आदित्यनाथ उत्तर प्रदेशबाट सिधै जहाजबाट जनकपुर अवतरण गर्नु हुने जिल्ला सुरक्षा समितिका संंयोजक समेत रहनु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभएको छ । उहाँ विवाह महोत्सवका ३ वटा कार्यक्रममा सहभागी हुने जनाइएको
छ । उहाँ जनकपुर विमानस्थलबाट सिधै जानकी मन्दिर पुगेर विशेष पूजा अर्चना गर्ने, त्यसपछि २ नं. प्रदेश सचिवालय जाने, मुख्यमन्त्री लालबाबु राउतले आयोजना गर्नुभएको दिवा भोज (भण्डारा) मा सहभागी हुने र रंगभूमि मैदानमा आयोजना हुने राम सीताको प्रतिकात्मक वैवाहिक विधिमा ससरिक हुने ।

भ्रमणमा अवरोध सृजनाको आशंका

इनरुवा÷ भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ आउने भएपछि भ्रमणप्रति असन्तुष्टि जनाउँदै हिन्दु विरोधी गतिविधिमा संलग्न भएकाहरु जनकपुर पुगेर कुनै न कुनै रुपमा विरोध जनाउने गतिविधिमा लागेको सुनसरी प्रहरी, प्रशासन सुत्रले जानकारी दिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिका अनुसार हामी त्यस्ता गतिविधि गर्नेहरुको सूत्र खोजिरहेका छौं । यस सम्बन्धमा जिल्ला प्रहरी प्रमुखसँग आन्तरिक रुपमै छलफल भएको र त्यस्ता समूह माथि कडा निगरानी राख्न निर्देशन समेत दिएको प्रमुख जिल्ला अधिकारी उप्रेतिले बताउनुभयो ।
यसै सम्बन्धमा सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो हिन्दु धर्म विरोधीहरु जनकपुर पुगेर कुनै न कुनै रुपमा विरोध गर्ने भन्ने सुन्नमा आएकोले हामी त्यस्ता व्यक्तिमाथि निगरानी गरिरहेका छौं । सिडियो साहवले पनि यो कुृराको जानकारी गराइसक्नु भएको छ । सुनसरीका प्रत्येक बस स्टेन्डमा सादा पोसाकका प्रहरीहरु तैनाथ गरिएको, जनकपुर जाने यात्रुवाहक बस र निजी सवारी साधनमा निगरानी गरिएको समेत उहाँले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया