इटहरी÷आज भन्दा २० बर्ष अगाडि अर्थात २०५६ साल असार २ गते कुशल व्यवसायी एवम् समाजसेवी बलराम आचार्यको एकल सोचबाट पूर्वाञ्चलमै पहिलो पटक सञ्चालनमा आएको गोरखा डिपार्टमेन्ट स्टोर ग्राहकहरुको रोजाईको पहिलो डिपार्टमेन्ट स्टोर भएको छ ।
विद्यालयको शिक्षक, नेपाली सेनाको जागिर समेत छाडेर व्यापारमा होमिनु भएका आचार्य जीवनको जस्तोसुकै प्रतिकूल अवस्थामा समेत व्यवसाय नै गर्ने अठोट लिएकै कारण गोरखा डिपार्टमेन्ट स्टोरले २० बर्षको अन्तरालमा उपभोक्ताको मन जितेर आफ्नो पाँचै शाखा समेत विस्तार गरिसकेको छ ।
इटहरीबाट शुरु भएको गोरखाको
कारोबार आज धरान, दमक, विराटचौक, पथरीसम्म पैmलिएको छ । प्रारम्भका दिनमा ८÷१० हजार आइटम लिएर भाडाका साँघुरा दुईवटा कोटाबाट शुरु भएको
गोरखाका बारेमा त्यसबेला व्यवसायिक वृत्तका मात्र नभएर अन्य क्षेत्रका मानिसहरुले समेत नकारात्मक टिप्पणी गरेका थिए । यतिसम्म भन्नेहरु थिए कि गोरखाका प्रबन्ध निर्देशक बलराम आचार्यलाई खुस्केको सम्म भने । वास्तवमा त्यबेला डिपार्टमेन्ट स्टोरको अवधारणा पूर्वाञ्चलमा आइसकेको थिएन ।
राजधानी अर्थात काठमाण्डौका केही स्थानहरुमा डिपार्टमेन्ट स्टोरहरु सञ्चालनमा आएका थिए ।
मोरङ्गको केरौनमा सगोलको परिवारमा बस्दा समेत बलराम आचार्यले प्रारम्भमै घरमा सानो किराना पसल सञ्चालनसँगै धान, पाटा, खरिद विक्री पनि शुरु गर्नुभयो । सँगसँगै नजिकैको विद्यालयमा प्राचार्यको नोकरी समेत गर्नुभयो । हुन त इटहरी र केरौनमा व्यवसाय शुरु गर्नुभन्दा अगाडि उहाँ
भारतको आसाम समेत पुग्नुभयो । आसाममा रहँदा उहाँले सैयौ एकड जमिन भाडामा लिएर कुयर (उखु) खेति समेत नगर्नु भएको होइन । आसामै बस्दा उहाँलाई मलेरियाले नराम्रोसँग गाँज्यो । मृेत्युको मुखबाट बाँच्न सफल भएपछि उहाँले व्यवसाय नै गर्ने अठोट गर्नुभयो । प्रारम्भमा उहाँले एउटा ट्रक खरिद गरेर आफै सञ्चालन गर्नुभयो । तर ६ महिनामा दुर्घटनामा परेर घाइते बन्नुभयो । त्यसपछि उहाँले त्यो पेशालाई छाडेर इटहरीमै एउटा सानो किराना पसल चलाउनु
भयो ।
जब उहाँले डिपार्टमेन्ट सञ्चालन गर्न थाल्नुभयो केही समय ग्राहकमा अन्यौल सिर्जना भयो । सफा सुग्घर, एउटै ड्रेसमा सजिएका कर्मचारी भएको स्थानमा सामान्य मानिस जान हिच्किचाउथे । पछि उपभोक्ताहरुमा बानी पर्दै गयो तर स्थानीय व्यापारीहरुले विरोध जनाउन थाले । खासमा भन्ने हो भने गोरखा डिपार्टमेन्ट स्टोरका कारण अन्य किराना पसल, कपडा पसल, इलेक्ट्रोनिक पसलहरुको कारोबारमा ह्रास आयो । यो स्वभाविक पनि थियो एउटै छतमुनि ६ लाख भन्दा बढी सामानहरु, विना बार्गेनिङ्ग, फिक्स मूल्यमा पाइनु मात्र हैन बजार मूल्य भन्दा कम दरमा पाइएपछि उपभोक्ताको आकर्षण डिपार्टमेन्ट स्टोर भयो । एउटै सामानका लागि दशतिर चहार्नुपर्ने झन्झट नभएपछि ग्राहकको संख्या दिनप्रतिदिन बढ्दै गयो । बीस बर्षको अवधिमा आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर गोरखाले पाँच शाखा विस्तार गर्न सफल भयो ।
गोरखा किचनमा पारिवारिक भीड
गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा रहेको गोरखा किचनमा पछिल्ला केही महिना यता पारिवारिक भीड बढेको छ । किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ किचनमा ग्राहकको भीड बढेको हो ।
हुन त गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखामा किचनमा मात्र नभएर ग्रोसरी, इलेक्ट्रोनिक्स, लत्ता कपडा, जुत्ता चप्पल, अर्गानिक साग सब्जी, बेकरी आइटम, गिÏट आइटम सबैतिर ग्राहकको भीड उस्तै देखिने गरे तापनि पारिवारिक वातावरणमै किचेनमा बसेर धरानसँगै
वरपरका रमणीय दृश्यको अवलोकन गर्दै इच्छा अनुसारको भेराइटीको स्वाद लिन अधिकांश ग्राहकहरु पहिला किचनमै पुग्ने गरेका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखाका किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ अहिले ग्राहकहरुको संख्या ह्वात्तै बढेको छ । ग्राहकहरुको संख्या ह्वातै बढ्नुमा प्रमुख दुई कारण रहेको इन्चार्ज खड्काको ठम्याई छ । पहिलो त एसीसँगै विभिन्न भेराइटीको स्वादिष्ट परिकार र दोस्रो चाहिँ हालै सञ्चालनमा आएको गोरखा सिनेप्लेक्स । गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा रहेको गोरखा सिनेप्लेक्समा सिनेमा हेर्न आएका ग्राहकहरु गोरखा किचेनमा भेराइटीको स्वाद लिएर मात्र हलमा प्रवेश गर्ने गरेका छन् । किचन इन्चार्ज खड्का भन्नुहुन्छ हाल दैनिक पाँचसयको हाराहरीमा ग्राहकहरु आउने गर्नुभएको छ । अत्यन्तै सफा, आफूले चाहेको भेराइटीका लागि लामो समय कुर्नु नपर्ने, काठमाण्डौ र पोखराका फाइव स्टार होटल र थ्रि स्टार होटलमा काम गरिसकेका दक्ष कुकहरुद्वारा तयार पारिएका भेराइटी खान ग्राहकहरु लालयित नहुने कुनै भएन । बजारमा अन्यत्र नपाइने भेराइटीको उपलब्धता, साधारण खानाको रु ५० र चिकेन खानाको रु ९० मै भरपेट खान पाइने भएपछि अधिकांश गाहकहरु यतिबेला गोरखा किचनमा परिवार सहित पुग्ने गरेका छन् ।
जाडो मौसमसंगै न्यानो कपडा लिनेको भीड
गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा शनिवार स–परिवार भेटिएकी धनकुटा पाख्रीबासकी सदिक्षा नेपाल जेब्रा क्रसिक व्यागमा ज्याकेट, स्विटर लगायतका न्याना कपडा मिलाएर राख्दै थिइन् । उनीसँगै आएका परिवारका अन्य सदस्य उनलाई सहयोग गरिरहेका थिए ।
त्यतिविघ्न कपडा खरिद गरेको देखेपछि यो पंक्तिकारलाई नसोधी चित्तै बुझेन । यतिका कपडा प्रयोगकै लागि खरिद गर्नुभएको हो या विक्रीको लागि ? प्रत्युत्तरमा उनले मुस्कुराउदै भनिन् आÏनै परिवारका लागि हो । शनिवार श्रीमानको समेत विदा भएकोले आफूलाई चाहिने आवश्यक सरसमान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा आएकी हुँ । यतिबेला गोरखा डिपार्टमेन्ट स्टेरमा न्याना कपडा खरिद गर्नेहरुको अत्याधिक भीड बढेको छ ।
यसपटक जाडो केही ढिलो शुरु भएकोले मंसिर पौषमा न्याना कपडा खरिद गर्नेहरुको खासै भीड थिएन । तर केही दिन यता एक्कासी जाडो बढ्न थालेपछि न्याना कपडा खरिद गर्नेहरुको भीड बढेको गोरखा डिपार्टमेन्ट स्टोरका सुपर भाइजर खेम खत्रीको कथन छ । स्वदेशी तथा विदेशी ब्राण्डका आफूले चाहे बमोजिम रेडिमेट स्विटर, कोट, ज्याकेट, मोजा, टोपी लगायतका न्याना कपडाहरुका लागि नेपालबाट मात्र नभएर भारतका विभिन्न स्थानबाट समेत ग्राहकहरु आएको सपुरभाइजर खत्रीले भन्नुभयो । यसका अलवा डिपर्टमेन्ट स्टोरको पाँचौ तलामा समेत ग्राहकहरुको उस्तै भीड देखिन्छ । भर्खरै जन्मिएका बच्चादेखि १४ बर्ष उमेर समुहका नानीहरुका लगि चाहिने सम्पूर्ण कपडाहरु उक्त तलामा रहेकोले अभिभावकहरु उक्त तलामा भीड हुने गरेको छ । स्वदेशीँसगै खासगरी सिंगापुर, थाइल्याण्ड, हङकङ लगायतका मुलुकबाट आयात गरिएका नानीहरुको अत्यन्तै न्यानो र भुवादार कपडमा अभिभावहरु आकर्षित हुने गरेका छन् ।


