धरान÷ धरान उपमहानगरपालिका अन्तर्गतको अनुगमन शाखाले स्वास्थ्य महाशाखासंग समन्वय गरेर धरानका मेडिकल पसलहरु अनुगमन गरेको छ ।
अनुगमन शाखाले धरान ११ र १ मा रहेका ११ वटा मेडिकल हलमा अनुगमन गरेको थियो । प्रहरी प्रशासन, सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित अनुगमनका क्रममा यी दुई वडामा रहेका करिसा फर्मा, धनलक्ष्मी मेडिकल, आशिका फार्मेसी, बालाजी मेडिकल हल, लर्ड बुद्ध फार्मेसी, सादाप मेडिकल हल, जनचेतना मेडिकल हल लगायतका रहेका छन् ।
अनुगमनका क्रममा अधिकांश मेडिकल हलबाट म्याद गुज्रिएको औषधि भेटिएको अनुगमन शाखाका प्रमुख दिवस अधिकारीले बताउनुभयो । उहाँले धेरै जसो मेडिकल हलमा आधिकारिक व्यक्ति नबस्ने गरेको पाइएको समेत बताउनुभयो । उहाँले मेडिकलका विषयमा जानकारी नै नभएका व्यक्तिहरु अनुगमनका क्रममा भेटिएको र उनीहरुले सम्बन्धित मान्छे सोध्दा कोही खाना खान गएका छन्, कोही आज बाहिर छन्, भन्ने जवाफ दिएको बताउनुभयो । उहाँले मेडिकल हलमा प्रायः धेरै ठाउमा लाइसेन्सधारी नबसी अर्कै बस्ने गरेको पाइएको बताउनुभयोे । उहाले भन्नुभयो ‘यो हाम्रो प्रारम्भिक अनुगमन हो, अनुगमनका क्रममा गल्ति पाइएको मेडिकललाई सचेत गराएका छौं सचेत
गराउदा गराउदै पनि यस्तो पाइएमा कानुनी प्रोसेस अगाडि बढाउछौं ।’

स्थानीय सरकारले स्वाथ्य महाशाखा भनेर छुट्टै शाखा बनाएपछि यसको काम धरानमा रहेका मेडिकल हलललाई स्वास्थ्य माहाशाखा मातहत ल्याउने, अनुगमन गर्ने, अनुगमनका क्र्ममा त्रुटि भेटिए कारबाही गर्ने सम्मको अधिकार महाशाखालाई हुने स्वास्थ्य महाशाखका प्रमुख घनश्याम सिग्देलले बताउनुभयो । उहाँले अहिले गरिएको अनुगमन सचेतना फैल्याउदै धरानमा कति मेडिकल पसल रहेछन् र के कसरी चलेका छन् भन्ने विषयमा केन्द्रित रहेको उहाँको भनाई छ । उहाँले उपमहानगरपालिकाले धरान नगरभित्रका स्वास्थ्य सम्बन्धी सम्पूर्ण कुरा हेर्ने बताउनुभयो ।
स्वास्थ्य महाशाखा प्रमुख सिग्देलले भदौदेखि धरानका मेडिकल पसलहरुलाई स्वास्थ्य महाशाखा अन्तर्गत राख्न थालिएको बताउनुभयो । उहाँले भदौ यता ३५ वटा मेडिकल हलहरु स्वास्थ्य महाशाखामा दर्ता भएका बताउदै
यसरी नै अरु मेडिकललाई ल्याउने कोशिशमा रहेको बताउनुभयो
मेडिकल पसलको अनुगमनलाई निरन्तरता दिने अनुगमन शाखाका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

