यौन दुब्र्यवहार विरुद्ध रोट्रयाक्टकको सचेतना अभियान

धरान÷बालबालिकाहरुमाथि यौनजन्य हिंसा हुने क्रम रोकिएको छैन । नेपालमा महिला तथा बालबालिकाहरु दिनहुँ बलात्कार
भइरहेको छ, वालबालिकाहरुमाथि यौनजन्य हिंसाहरु भइरहेका छन् ।
अधिकारकर्मी यस्ता खाले हिंसाहरु रोक्न अभियान चलाइरहेका छन् । बालबालिकाहरुमाथि हुने यौनजन्य हिंसाका बारेमा स्वय बालबालिकालाई पनि थाहा हुदैन । जसका कारण उनीहरु बलात्कृत हुनपर्ने अवस्था पनि सृजना भइरहेको छ
यस्ता दुव्र्यवहार रोक्न सरकारले मात्र हैन समाजका शिक्षित र अगुवाहरुले पनि अग्रसरता लिनु पर्छ । यस्ता घटनाहरु हुन नदिन रोट्रयाक्ट क्लब अफ धरान घोपाले विद्यालयहरुमा ‘गुड टप, ब्याड टच’ अभियान चलाएको छ ।
यो अभियान अन्र्तगत रोट्रक्याक मा आबद्ध धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यनरत विद्यार्थीहरुले बालबालिकाहरुलाई यौन हिंसा  कसरी हुन्छ भन्ने बिषयमा वालवालिकाहरुलाई जानकारी दिने र कसैले त्यस्तो दुव्र्यवहार गर्न खोजे के गर्ने भन्ने बिषयमा जानकारी दिने गरेका छन् ।
हामीले पहिलो चरणमा प्रतिष्ठान भित्रै रहेको दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुलाई ‘गुड टच,ब्याड टच’को
बारेमा जानकारी दिएका छौ,यो अभियान निकै प्रभावकारी भएको छ रोट्रक्ट क्लब अफ धरान घोपाकी कम्युनिटी सेवा निर्देशक इरु प्याकुरेलले भन्नुभयो । दिल्ली पब्लीकको कार्यक्रममा रस्मिता सुनुवार र काजल झाले विद्यार्थीहरुलाई ‘गुड टच,ब्याड टच’को बारेमा जानकारी दिदै अभ्यास पनि गराएका थिए ।
यो अभियानले विद्यार्थीहरुलाई विद्यालय,सार्वजनिक स्थान र घरमा हुने यौनजन्य हिंसा न्यूनिकरण हुने अपेक्षा
गरिएको सामुदायिक सेवा निर्देशन प्याकुरेलले जानकारी दिनुभयो । यो कार्यक्रम अन्य विद्यालयहरुमा पनि गर्ने योजना बनाएको रोट्रयाक्ट
क्लब अफ धरान घोपाकी जन सम्पर्क प्रमुख सृजना मैनालीले जानकारी बताउनुभयो । .

 

तपाईको प्रतिक्रिया