संघीय मामिला मन्त्रालयका सचिवद्वारा विजयपुरका ऐतिहासिक मठमन्दिरको अवलोकन

धरान÷ धरान उपमहानगरपालिकाले नेपालकै धार्मिक पर्यटकीय क्षेत्र बनाउने गुरु योजनामा राखेको विजय क्षेत्रको संघीय मामला मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थलगत अवलोकन गर्नुभएको छ ।
अवलोकनपश्चात उहा १४ नं. वडा समितिले राखेको स्वागत कार्यक्रममा सहभागी हुनुभयो ।
अवलोकन पश्चात बोल्दै थपलियाले धरानको विजयपुर धार्मिक हिसाबले महत्वपूर्ण स्थान भएको बताउनुभयो । उहाँले विद्यार्थी जीवनमा काठमाण्डौ जादाको
स्मरण गर्दै उहाँले पूर्खाली घर संखुवासभाबाट अध्ययनका लागि काठमाण्डौ जाँदा आमाले विजयपुरका मठमन्दिरमा गएर पूजाआजा गरेर मात्र जानु भन्ने कुरा सम्झदै विजयपुरका इतिहास पुरानो भएको बताउनुभयो । उहाँले ेयस्तो ऐतिहासिक क्षेत्रको पर्यटन प्रवद्र्धनमा अब स्थानीय सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाले यहाको वस्तुस्थितिका विषयमा संघीय मामला मन्त्रालयले नजिकबाट निकायलको बताउदै स्थानीय स्तरमा भएका सम्पूर्ण कामहरु स्थानीय सरकारलाई दिए पनि स्थानीय सञ्चालन ऐनमा धेरै कुरा समेटन बाकी रहेको बताउनुभयो ।
विजयपुरबासी शिक्षाविद् प्रा.डा. टंकप्रसाद न्यौपानेले विजयपुर धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान भएपनि यहाको विकास भने साचेजस्तो नभएको बताउनुभयो । उहाँले विगतमा भन्दा स्थानीय सरकार आएपनि भौतिक पूर्वाधार, बाटाघाटाका विकास भए पनि खानेपानीको समस्या अझै रहको बताउनुभयो ।
कार्यक्रममा धरान वडा नंं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुरको विकासका लागि बजेटका कारण थाँति
रहेका विकास निर्माणका कार्यहरु, विजयपुरका विषयमा आगामी दिनमा गर्नुपर्ने कामहरु समेटी २७ बुद्धे माग पत्र संघीय मामला मन्त्रालयका सचिव थपलियालाई बुझाउनु भएको थियो । उहाँले धरान १४ मा निर्माणाधी आदिवासी जनजातिहरुको संग्राहालय सम्पन्न नभएको, पिण्डेश्वर दन्तकाली र पञ्चकन्या तथा पाथभरा चारै मन्दिरसम्म पुग्ने १० किमीको ३० फुटे रिङरोड मर्मत सम्भार, यो वडाको एक मात्र सामुदायिक विद्यालयको भौतिक पूर्वाधा सम्पन्न गर्न लगायतका २७ बुदे मागपत्र सचिव समक्ष बुझाउनु भएको थियो ।
सो अवसरमा सचिव थपललियाले विजयपुर चौकमा रहेको २ हजार लिटरका खानेपानी ट्यांकीको समेत उद्घाटन गर्नुभयो । करिब १५ हजारमा नन्द गणेश बसन्तकुमार कर्माचार्य स्मृति प्रतिष्ठानले धरानले सम्पूर्ण रकम सहयोग गरेको
थियो ।

तपाईको प्रतिक्रिया