क्याम्पसको जग्गा चलखेल भएको भन्दै कांग्रेस आन्दोलित

धरान÷ शैक्षिक संस्थाको जग्गा भूमाफयाले हडप्न चलखेल गरेको भन्दै नेपाली कांग्रेस धरान नगर समितिले शुक्रबार विरोध जनाएको छ ।
धरानको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको पुरानो क्याम्पस महेन्द्र वहुमुखी क्याम्पसको जग्गा ४१ बर्षपछि भूमाफियाले मोहियानी हक तयार गरी हडप्ने नीति लिएको भन्दै उनीहरुले धरान ११ सिर्जना चौक क्याम्पसका जग्गा अगाडि कोणसभामार्फत विरोध गरे ।
कांग्रेसको विरोधलाई जग्गा बचाउ अभियान गठन गरेर आन्दोलनमा उत्रिएका महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) महेन्द्र बहुमुखि क्याम्पस इकाइ कमिटिका बरिष्ठ उपसभापति दोर्चि शेर्पाको नेतृत्वमा क्याम्पसबाट विरोध ¥याली निकालेर सिर्जना चोक पुगेको थियो ।
कोणसभामा बोल्ने अधिकांश वक्ताहरुले स्थानीय सरकार धरान उपमहानगरपालिका र मोही दाबी गर्ने विरुद्ध आक्रोस व्यक्त गरेका थिए । कोणसभालाई सम्बोधन गदै सभापति तिलक राईले महेन्द्र क्याम्पस पूर्वकै शैक्षिक केन्द्र भएकोले यो प्रदेश नं. १ कै सम्पत्ति भएको बताउनुभयो । उहाँले यसको संरक्षण गर्ने दायित्व अब धरानको भएको बताउनुभयो । उहाले महेन्द्र क्याम्पस स्थापना गर्न र यहाको शैक्षिक गुणस्तरलाई माथि पु¥याउन धरानेहरुको ठूलो हात भएको बताउदै दान, विभिन्न सहयोगबाट क्याम्पसले जोडेको जग्गा सार्वजनिक जग्गालाई करोडौको लालचमा भूमाफियाहरुले हड्प्ने दाउमा रहेकोले यसको संरक्षणमा जुट्नुपर्ने बताउनुभयों ।
यस्तै कोणसभामा बोल्दै विद्यार्थी नेता दोर्ची शेर्पाले पैसाको प्रलोभनमा परेर केही तत्व सक्रिए भएर लागिरहेको बताउनुभयो । उहाले यस्ता तत्वलाई अब सक्रिय हुन नदिन सम्पूर्ण धराने एक भएर लाग्नुपर्नेैमा जोड दिनुभयो । यसैगरी, धरान–११ का वडा इकाइ कमिटिका सभापति सर्बध्वज साँबाले धरानको अस्तित्वसँग जाडिएको क्याम्पसको जग्गा बचाउ सबै लाग्नुपर्ने बताउनुभयो । क्याम्पसले २०३४ साल असार २ गते धरान–७ का श्याम गोविन्द श्रेष्ठबाट कित्ता नं. २६६ को १७ कठा १८ धुर जग्गा खरिद गरेको थियो । तर, क्याम्पसले जग्गा खरिद गर्नु पहिले नै जग्गाको मोही लगतमा डम्बुरबहादुर घिमिरेको नाम उल्लेख छ । हाल उनको निधन भइसकेको छ भने दोस्रो हक दाबी गर्ने उनको श्रीमतीको समेत निधन भइसेको छ । अहिले उनका माइला छोरा यज्ञबहादुर घिमिरेले हक दाबी गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया