उद्योगमा भएको आगलागीबाट करोडौको नोक्सानी

इटहरी÷ इटहरी उपमहानगरपालिका वडा नं. १० मा रहकेो लक्ष्मी फम एण्ड लुभ म्याट इण्डष्ट्रिज प्रा.लि.मा आगलागी हुँदा करोडौ रुपैयाको तयारी साान र कच्चा पदार्थ जलेर नष्ट भएको छ ।
मंगलबार विहान ७ः३० बजे अचानक आगलागी भएको देखिएको इटहरी उपमहानरपालिका वडा नं. १० का वडा अध्यक्ष प्रकाश चौधरीले बताउनुभयो । आगलागी भएको देख्नासाथ स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेको वडा अध्यक्ष चौधरीको कथन छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठका अनुसार आगलागीबाट तीन वटा मेसिन, तयारी अवस्थामा राखिएका सामान र एक सय टन कच्चा पदार्थ जलेर नष्ट भएको छ । हाल क्षतिको विवरण संकलन गर्ने काम भइरहेको पनि डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । विहानको समय उद्योगमा चौकीदार बाहेक कोही नभएको अवस्थामा आगलागी भएकोले के कारणले लागेको हो भन्ने कुरा खुल्न सकेको छैन । झण्डै चार घण्टापछि प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दाको साथै धरान, इटहरी, विराटनगर, इनरुवा, सुन्दर हरैचाका बारुण यन्त्रले आगो नियन्त्रणमा लिएका थिए । यसै सम्बन्धमा उद्योग सञ्चालक विराटनगर निवासी ललित लोहियासँग सम्पर्क राख्दासम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया