घण्टाघरबाट हेर्दा

के के जाति हो के के जाति
निर्मल हत्या प्रकरणलाई हल्काफुल्का रुपमा लेको कम्निस्टको सरकारलाई त्यही घट्नाले सिनित्तै पार्ला जस्तो पो छ । सरकार तुहियो न्याय कुहियो भनेर यतिबेला सडककाँ नारा जुलस मात्र लाग्या छैन पर्धानमन्तरी, घरेलु मन्तरीका यमानका पुत्लाहरु पनि दाहसंस्कार हुन थाल्या छन् । प्रहरीलाई निर्मलाको तस्विर देख्यो कि झम्टेर च्यात्नु भनेर पुलिसलाई आदेशै द्या छन् रे । कम्निष्टको सरकारलाई निर्मलाको तस्वीर नि फोविया लाग्न थाल्या छ । आफन्त जोगाउन अरुलाई फँसाउने योजनामा कम्निष्ट सरकार लाग्या छ भन्थे हो कि क्या हो ? पहिला एउटा ठिंसलाई फँसाउन अनेकौ तान्डव नृत्य मच्चाए । अहिले फेरि कुखुरा चोरलाई समातेर जम्मै नेपालीलाई उल्ललु बनाउन खोज्दै छ कम्निष्ट सरकार । निर्मलाको हत्या भा’ दिन कुखुरा चोरेको आरोपमा कञ्चनपुर प्रहरीले समातेर रातभरि ठिंगु¥याएको एउटा दुव्र्यसनीलाई अँठ्याएर आरोप स्वीकार्न लगाइदै छ रे । हत्यारा र बलात्कारीलाई पोल्टामा राखेर लुकाउने अनि जिलिगाँठी नै थाहा नभएकालाई फँसाउन खाज्नु त अलि हजम भएन  कि ? क्यार्नु कम्निस्ट मार्न कम निष्ठा भएकाहरुको सरकार प¥यो ।
थला पार्दिन रे
हैन हौ नेपालका बुद्धिजीविहरु किन चुमुक चुमुक गर्छन् हँ ? कोरियाकी
अपराधीलाई आमा मानेर यसो दुई चार कौडी झारेको नेपालका कम्निष्टहरुलाई बुद्धिजीविहरुले देखि सहेनन् । कहिले मुनको विषयमा केपी वाइन भनेर तथानाम गाली ग¥या छ, कहिले नेपालका कम्निष्टहरु डलरमा विक्ने खेतला भन्या छ, कहिले नेपालका कम्निष्टले डलर डकारे भन्या छ । खेदो खन्दा पनि होस् पु¥याउनु पर्छ नि । खप्रओबाको त्यै त कन्पारो तात्दैन त्यसमाथि बुद्धिजीविकहरुले कन्दनी खुस्कने गरी भट्याएपछि बातै खलास अस्तिका दिन खप्रओले भन्दिए मैले भन्नु प¥यो भने यहाँका बुद्धिजीवहरुलाई थलै पारर्दिन्छु । अति गर्नु अतिचार नगर्नु भनेर त्यसै भन्या होइन । ओली बाले थाल पार्दिनुन्छु भनेसी केही बुद्धिजीविहरुको नाकमुखै सुकेछ ।
मोर·मा कम्निष्ट सिनित्तै
राजनीतिमा केही मानिसलाई थारो गाईको दूध खाने बानी बस्या हुन्छ । अस्तिका दिन मोरङ्गका सत्तापक्षे कम्निस्टहरुको ठूलो हुल काँग्रेसमा  गरग्वार्ती पसेछन् उनेरु बुद्धिजीविहरुलाई थला पार्ने पार्टीमा नबस्ने भन्दै पस्या रे । बुद्धि बिग्रेकाहरु । सत्तामा गएको पार्टी छोडेर किन काँग्रेसको खोरमा आएका होलान् ? काँग्रेस पाँच बर्ष सत्तामै पुग्दैन भन्ने हेक्का तिन्लाई फिटिक्कै रै’नछ । कमसेकम उतै बस्या भए यसो दूधको छाली त चाट्न पाउथे । अब थारो गाइको दूध खाने भए । थारो गाईको दूध न निचोर्दा आउँछ न पघार्दा पघ्रिन्छ ।
वाह † माकुन्याउ
झालेमालेका पिलन्धरे बरिष्ठ नेता माकुन्याउले आफ्ना देशाँ केही गर्न नसकेपनि अन्तर्राष्ट्रिय जगतमा वहुत ठूलो काम ग¥या रै’छन् । उन्ले अस्तिका दिन भन्या उत्तर कोरिया र अमेरिकाका बीचमा वार्ता गराउन महत्पूर्ण भूमिका निर्वाह ग¥या थे रे , माकुन्याउले भन्या । लोकले सुन्दा पनि कुरीकुरी मान्ला है माकुन्याउ ज्यू । तिन्का खप्पराँ त्यत्रो गिद्धी भैद्या भए विचरा किन राँडे रुवाई गरेर बस्थे । त्यस्तो खुबी भैद्या भए खप्रओ वाले घाँस हाल्नु पर्ने थियो । तर घाँस हाल्नुमात्र होइन वाल मतलबै दिँदैनन् । अमेरिका र उत्तर कोरियाबीचमा वार्ता गराउने आफ्नो महत्वपूर्ण भूमिका छ भनेर कसरी भन्न सक्या होलान् ? अबचाहिँ मकुन्याउ खुस्किए कि उत्तर कोरिया र अम्रिका नै खुस्किए । कि कसो हौ ?
लक्की चैट
ती लक्की शेर्पा खै के जातिदेशका राजदूत हुन कुन्नि ? खुस्किन रे । माने राजदूत पद चैट भयो रे । यो देशाँ हुनुपर्ने कुरा हुँदैन नहुनुपर्ने कुरा चाहिँ दनादन हुन्छ । लक्कीले मानव तस्करी गरिन् रे । राजदूत भएसी नेपालतिरका २०–३० जना बेरोजगारलाई त्यही पु¥याइन् होला कस्ले चाहँ बाँकी राख्या छन् र ? मौका पाउँदा सबैले त्यस्ता धन्दालाई चलाएकै छन् । विचरी त्यही एउटी लक्कीलाई मात्र देखेछन् । खप्रओको सरकार पनि कहिलेकाही नहुने नहुने काम गर्छ । आÏनै देशमा निर्मलाका हत्यारालाई कारबाही गर्न नसक्ने, निर्मलालाई न्याय चाहियो भनेर सडकमा उफ्रदा अँठ्याएर लगेर थुन्ने, भ्रष्टचारलाई कारबाही गर्न नसक्ने, हत्यारालाई खतै माफ गर्दिने, महँगी बढाएर टुप्पामै पु¥याउने अनि लक्कीको पदचाहिँ खुस्काउने ? आफ्नो आङ्गको भुँइसी नदेख्ने अनि अर्काको आङ्गको चाहिँ जुम्रा पनि देख्ने ? बरु आफैले आफूलाई पदमुक्तको घोषना गर्दिया भए नेप्लिज जन्ताले थप्पडी मार्थे ।
टक्ला उपिन्द्रको शरणमा
हत्या र अकूत सम्पत्ति थोपरको अभियोगमा जेलको हावा खाइरहेका सञ्जय साह उर्फ टक्ला यतिबेला भाया मार्फत स्वास्थ्ये मन्तरी उपिन्द्र जादवको शरनमा पुग्या छन् रे । राजपाबाट पहिला संसदसम्म भा’का टक्ललाई बँचाउन राजपाका नेता राजिन्दर महतले मुन्टो बटारेसी टक्लाले विमलेन्द्र निधिलाई गुहारे । निधि आफै राजिन्दर महतोसँग चुनाउमा उत्तानोचित्त खाएसी टक्लाको र निधिको कनेक्सन समेत टुटेछ । अब टक्लालाई जेलबाट बाहिर ल्याउने काममा उपिन्द्र भिड्या छन् रे । विनास काले विपरीतबुद्धि भन्या यही हो । बल्लतल्ल खप्रओको फुर्को अँठ्याएर स्वास्ये मन्त्री बन्या जादवलाई टक्लाको केशले खुइल्याएला जस्तो छ । नहुन त अहिलेको सरकार हत्यारा, बलात्कारी,
भ्रष्टाचारी जोगाउने मामलामा अत्यन्तै उद्धार छ रे । त्यही बुझेर टक्लालाई जेलमुक्त गराउन सके अर्थाेपार्जन नि हुने जीवनभरि टक्लाले चाकडी पनि गर्ने । यही बुझेर उपिन्द्रले हिम्मत ग¥या होलान् ।
हान्देछन् गफ
कम्निष्ट सरकारमा पर्धानमन्तरी मात्र भन्या त सबै मन्तरीहरु नै हावा देखिए गाँठे ? पर्धानमन्तरी त हावा हुन भनेर सबैले बुझिसके तर अरु मन्तरीहरु पनि अझै एक कदम अगाडि बढेर हावा जोत्न थालेसी जन्ता यतिबेला वाल्ल प¥या छन् । अब
हेरम न अस्तिका दिन आफ्नै जिम्मेवारी माने लगौटी सम्हाल्न नसक्ने घरेलु मन्तरीले यातायातमा जस्तै सबै क्षेत्रमा सिण्डिकेट अन्त गर्छु भनेर गफ हान्देछन । हुन त कम्निस्टहरुले गफ हान्ने त हुन् नि । वरको सिन्को पर सार्ने लुर छैन ।
घरेलु मन्तरीले गफ हान्देसी
घण्टाघरलाई एकपटक खित्का छोडेर हाँस्न मन लाग्यो । यातायात क्षेत्रको सिण्डिकेट कहाँ खत्तम भा’छ र ? पहिला जस्तो थियो त्यस्तै छ । कसैले प्रा.लि बनाए, कसैले लिमिटेड बनाए । कालेकामी र कामी काले भन्या एउटै हो भन्ने कुरा विचरा घरेलु
मन्तरीलाई के थाहा ?
अन्तेमा
ओरालो लाग्या मृगलाई बाच्छाले पनि खेद्छ भन्ने हो रै’छ । अब हेरम न नेक्पाका चार जना शीर्ष नेता अस्तिका दिन पार्टी अध्येक्षे र पर्धानमन्तरीसमेत रहेका खप्रओलाई छाड्देछन् । ओलीको राप सिद्धिदै गएछ क्यारे † के नसिद्धियोस् त काम गर्ने बेलाँ पोल पोलमा फोटो झुण्ड्याएर हिड्छन् । पहिला पहिला त म फोटो झुण्डउने पर्धानमन्तरी हैन भनेर बडो फुइँ लगाउँथे । आजकल सबैभन्दा बढी फोटा झुण्ड्याउनेमा खप्रओ नै परेछन् । आच्या चारजना माकुन्याउ, झल्लाझलु, बाउदेउ र लारायन काजीले खप्रओलाई किन छाड्या रे भने वाल्वाटाराँ बोलाएर प्रचण्डाउसँग मात्र खासखुस खासखुस गरेको चारजनालाई ठ्याक्कै मन परेनछ । उनेरु राँको भएर वाल्वाटारबाट निक्केलका थे रे । अबचाहिँ केही कुछ होला जस्तो छ । कि कसो हौ ?

तपाईको प्रतिक्रिया