धरान÷ प्रत्येक बर्ष स्व. विमल गुरुङको स्मृतिमा विमल स्मृति पुस्तकालयले राष्ट्रिय कविता प्रतियोगिता गर्दै आएको छ ।
यस बर्ष आयोजना गरिएको राष्ट्रिय कविता प्रतियोगितामा रामेछापका जीवन खत्रीको ‘आगोको आवाज’ १४ वटा कवितामध्ये उत्कृष्ट हुदै प्रथम भएको छ । विमल स्मृति पुस्तकालयमा आयोजित प्रतियोगितामा १६९ अंक प्राप्त गर्दै उत्कृष्ट बनेको हो । उनले नगद २० हजार प्राप्त गरे । यस्तै प्रतियोगतामा अस्मिता श्रेष्ठको ‘पासपोर्ट उडान’ले द्वितीय हुदै नगद १५ हजार प्राप्त ग¥यो । पासपार्ट कविताले १६२ अंक पाप्त गरेको थियो भने योगेश घिमिरेको ‘बादल) कविताले १४५ अंक प्राँप्त गर्दै तेस्रो स्थान हात पार्र्दै नगद १० हजार नगदसहित प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा देशभरका २ सय वटा कविता प्रतियोगिताका आएपनि पनि अन्त्यमा १४ वटा कवितालाई प्रतियोगितामा समावेश गरिएको थियो । आएका कविताहरुमा कवि मनु मन्जिल, बद्र भिखारी र हेमन खत्रीले छनौट गरेका थिए ।
शनिवार अन्तिम प्रतियोगितामा कवि विप्लव ढकाल र रमेश शिक्षित निर्णायकका रुपमा रहेका थिए ।
संघीय मामला मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा भाषाविद् टंक न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

