इटहरी/अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयले अब पूर्वमा रहेका नगरपालिका, उपमहानगरपालिकाहरुमा हुने संस्थागत भ्रष्टाचालाई अनुसन्धानको घेरामा राख्ने भएको छ ।
पूर्वका केही नगरपालिकाहरुले सेवाग्राहीहरुबाट अनुचित रुपमा आर्थिक लाभ लिने, काममा ढिलासुस्ती गर्ने, जिम्मेवार कर्मचारीहरु कार्यालय समयमा अनुपस्थित हुने, कार्यालय समयमा अरु नै व्यवसायमा संलग्न हुने गुनासाहरु आउन थालेकाले हामीले पूर्वका नगरपालिकाहरुलाई अनुसन्धानको घेरामा राखेका हौं, अख्तियारका पूर्वाञ्चल क्षेीय कार्यालयका निमित्त प्रमुख एवम् उपसचिव माधव सुवेदीले बताउनुभयो । यस्ता अनियमितताका सम्बन्धमा अख्तियारलाई जानकराी दिन आग्रह गर्दै उहााले भन्नुभयो अख्तियारको दुरुपायोग गर्ने कुनै पनि कसुरदारलाई छानबिनसागै काराबाही गर्ने छौें ।
क्षेत्रीय स्तरमै भ्रष्टाचारमा संलग्न हुनेमाथि अनुसन्धान एवम् कारबाही गर्ने उद्देश्यले २०७० असोज १ गते स्थापना भएको अखितयारको क्षेत्रीय कार्यालयमा हालसम्म १ हजार ७ सय ३२ वटा उजुरी परेको र सातवटा मुद्दाका कसुरदारहरुको विशेष अदालतमा जरिवाना र सजायको माग दाबी सहित मुद्दा दर्ता भइसकेको र पहिलाको १ हजार ६० वटाको छानबिन भइरहेको पनि उपसचिव सुवेदीले जानकारी दिनुभयो । छानबिन पश्चात १ सय ७२ वटा उजुरीको टुंगो लागिसकेको र १ हजार ४ सय ६० प्रारम्भिक छानबिनमा रहेका छन् भने विस्तृतमा ४४ वटा उजुरी रहेका छन् । सबैभन्दा बढी अख्तियार दुरुपयोगको उजुरी शिक्षामा रहेका छन् । हालसम्म शिक्षामा ५ सय ६९, स्थानीय निकायमा ३ सय ३६, वनमा १ सय ५, स्वास्थ्यमा ७५, भौतिक योजना तथा निर्माणमा ४५, गृह मन्त्रालय अन्तर्गत ४६, भूमि सुधारमा ८०, सिाचाईमा ३३, कृषिमा १९, ऊर्जामा २१, सहरी विकासमा ४८ लगायत अन्य क्षेत्रबाट उजुरी परेका छन् ।
यसै सम्बन्धमा हामीले निमित्त प्रमुख सुवेदीलाई सोधेका थियौ कस्ता कस्ता प्रकृतिका मुद्दाहरुलाई हेर्दै हुनुहुन्छ भन्ने सवालमा उहााले भन्नुभयो यहाा सबै प्रकारका उजुरी दर्ता भएका छन् । धेरै जसो शिक्षा क्षेत्रबाट उजुरी आउने गरेका छन् । अन्य क्षेत्रबाट पनि प्रसस्तै उजुरीहरु दर्ता भइरहेका छन् । धेरै भ्रष्टाचार हुने ठाउालाई छोडेर गाविस, विद्यालयका शिक्षकहरुलाई मात्र तपाईहरु कारबाहीको दायरामा ल्याउनुहुन्छ । सानोलाई समातेर वा कारबाही गरेर ठूला भ्रष्टहरुलाई तर्साउन मात्र खोजेको भन्ने जनगुनासा आउन थालेका छन् । यस समबन्धमा तपाई के भन्नुहुन्छ भन्ने सवालमा उहाा भन्नुहुन्छ, यतिबेला हामी दर्ता भएका
उजुरीमाथि नै केन्द्रित भएका छौं । हामीसग जनशक्ति पनि पर्याप्त छैन । भवनहरु पनि देखिहाल्नुभयो पुराना र जीर्ण छन् । तर जुन प्रकारले जन गुनासो आएका छन् त्यसो हैन । हामी अख्तियार दुरुपयोग गर्ने जोसुकै माथि छानबिन गछौं । सुरक्षाको उपयुक्त प्रत्याभूति नभएर त हैन भन्ने अर्को जिज्ञासामा उहााले भन्नुभयो हैन
हैन । पहिला प्रहरी निरीक्षकको कमाण्डमा यहाा प्रहरीहरु रहन्थे भने अब एसपीको कमाण्डमा रहने गरी व्यवस्था भइसकेको छ । तर अहिले उहााहरु आइपुग्नु भएको छैन । डिएसपीको कमाण्डमा प्रहरीहरु हामीसाग रहनु भएको छ ।
