चासोक तङनाम उद्यौलीमा प्रधानमन्त्री आउने

गछिया (सुन्दर दुलारी)/यही मंसिर २०गते शनिवारका दिन आयोजना हुने किराात धर्मालम्बी तथा प्रकृति पुजकहरुको महान पर्व किरात चासोक तङनाम उद्यौली पूजाको प्रधानमन्त्री शुशिल कोइरालाले एक भव्य समारोहबीच समुद्घाटन गर्नु हुने भएको छ ।
झण्डै एक महिना अगाडिदेखि नै चासोक तङनाम उद्यौली पूजालाइ भव्य रुपमा सम्पन्न गर्नका लागि समाजसेवी ललित सिरेङ्ग लिम्बुको अध्यक्षतामा १७ जनाको एक मूल समारोह समिति गठन गरिएको छ । पूजा समारोह स्थललाई व्यवस्थित र भव्य बनाउन विभिन्न ३७ वटा उपसमितिहरु समेत बनाइएको अध्यक्ष ललित सेरेङ्ग लिम्बुले जानकारी दिनुभयो । प्रचार प्रसार तथा मिडिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका धनेन्द्र राईका अनुसार ३७ वटा उपसमितिहरुमा सुरक्षा समिति, अनुगमन समिति, सल्लाहकार समिति, यातायात व्यवस्थापन समिति, स्वय्सेवक समिति लगायत रहेका छन् । सबै समितिले आफ्नो जिम्मेवारी अनुसार कामलाई तिब्रता दिइरहेका छन् ।
किराात चासोक तङनाम उद्यौली पूजा (पर्व) का लागि आर्थिक स्रोत कसरी जुटाउदै हुनुहुन्छ भन्ने सवालमा मिडिया विभाग प्रमुख धनेन्द्र राई भन्नुहुन्छ स्थानीय स्तरबाटै यसको व्यवस्थापन परेका छौं । पूजाका लागि हाल सम्म ९ लाख ६३ हजार संकलन भइसकेको र हाम्रो अनुमानित खर्च समेत त्यति नै हुने छ । पूजामा पूर्वका सुनसरी, मोरङ्ग, झापा, इलाम, धनकुटा लगायतका स्थानबाट किराात धर्मावम्बीका साथै अन्य जात जाति र पेशाकर्मीका मानिस समेत आउने मूल समारोह समितिका सचिव सुमन लिम्बुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया