सभासदहरु संविधानभन्दा पनि कमाउ धन्दामा केन्द्रित

माघ ८ गते अब मात्र ५० दिन बााकी छ । अर्थात नेपालको संविधान जारी गर्ने दिन माघ ८ गते । माघ ८ गते नै संविधान दिन्छौं भनेर पहिलो संविधानसभाबाट असफल भएका सभासदले दोस्रो संविधानसभा निर्वाचनका बेला प्रतिवद्धता व्यक्त गरेका थिए ।
पहिलो संविधानसभाबाट संविधान बनाउन असफल भएका तिनै अनुहारले दोस्रो संविधानसभाबाट संविधान बनाउाछन् भन्ने कुराको निर्वाचनका नै कसैलाई विश्वास थिएन । अहिले सर्वसाधारणले जुन आशंका गरेका थिए त्यही नै हुादैछ अर्थात मा ८ गते संविधान जारी हुन नसकने प्रवल सम्भावना बढेर गएको छ ।
वास्तवमा भन्ने हो भने नेपालका सभासदहरु संविधानसभामा संविधान बनाउनै गएका होइनन् । यी त राज्यको स्रोत साधनमा दलाली गर्न, पदीय आडमा अवैध आर्जन गर्न, विदेशीको चाकडी गर्न मात्र गएका हुन् । कुन कर्मचारीलाई कहाा सरुवा गरेर रकम असुल गर्ने, कुनचाहिा योजना भित्र्याएर कमिशन असुल्ने भन्नेमा नै सभासदहरु केन्द्रीत भएका छन् , संविधानका मुलभूत विषयमा सभासदहरु कहिल्यै संवेदनशील भएर छलफल गर्देनन् । उल्टै संविधान नबन्दैमा केही हुादैन । आकाश झदेैन धर्ति फाट्दैन भन्ने कुरा गर्छन् ।
आखिरी संविधानसभाबाट संविधान नै बनाउनु थिएन भने संविधान्सभाको निर्वाचन किन गराइयो ? त्यो पनि एकपटक हैन दुई दुई पटक । संविधानसभा निर्वाचन प्रयोजनकै लागि अरबौ रुपैयाा खर्च किन गरियो ? कथित संविधानसभाको निर्वाचनले देश, समाज र नागरिकलाई के दियो ? संविधानसभाको निर्वाचनले देशमा विकृति भित्र्याउन, समाज भााड्न र गुण्डागर्दी, भ्रष्टाचारलाई मात्र प्रोत्साहन गरेको बुझ्न र देख्न अब कसैलाई गाह्रो पर्दैन । औचित्यहीन सभासदकै कारण आज मुलुक पचासौ बर्ष पछाडि धकेलिएको छ । राज्यको कोष सभासदलाई तलब खुवाउनमै सीमित भएको छ । माओवादीको दश बर्षे द्वन्द्व काल र २०६२/०६३ यताको झण्डै आठ बर्षको अवधि देश र जनताका लागि प्रत्युत्पादक सावित भएका छन् । यो अवधिमा कुनै पनि विकास निर्माणका कार्यहरु मुलुकमा भएनन् । हिजो राणा र
राजाहरुले बनाएका संरचनाहरु ध्वस्त बनाउने काममात्र भएका
छन् । आम जनताको चाहना विपरीत केही दलको दलीय स्वार्थ र व्यक्तिगत स्वार्थबाट जन अनुमोदित नभएको गणतन्त्र पंगु सावित भइसकेको छ ।
सााच्चचै नै दलहरु इमान्दारितापूर्वक संविधान बनाउन गएका थिए भने संसदमा बसेर छलफल गर्ने थिए । तर उनीहरु विभिन्न रिसोर्टमा पुगेर छलफल गर्छन् । रिसोर्ट, होटल, लजमा छलफल गर्दा संविधानसभाको गरिमामाथि नै प्रश्नचिन्ह खडा भएका छ । ६०१ सभासदमध्ये संसद चल्दा मुस्किलले ५०–६० जना उपस्थित हुन्छन् । त्यहाा पनि संविधानका विषयमा छलफल हुादैन । कुन दलका नेतालाई कुन समितिमा राख्ने, कुन दजलका नेताले गतिलो पद पाउने, आदि विषयमै केन्दिै्रत हुने गरेको छ । केही दिन अगाडि कुनै तुक नभएाके उच्च स्तरीय राजनेतिक समितिको अध्यक्ष बन्नकै लागि एमओवादी अध्यक्ष प्रचण्डले भुरे टाकुरे र केही मधेशी दलको साथ र सहयोग लिएर झण्र्ड एक महिना भन्जा ज्दादा संसद अवरुद्ध गरे । पतिछ उनलाई संयन्त्रको अध्यक्ष बनाएपछि संसद बन्द फिर्ता लिए । जसले संविधानसभाको माग गरी दशौ हजार मानिसको हत्या गरे उनै व्यक्ति एउटा पदको लागि संसद अवरुद्ध गर्छ भने संविधान कसरी बन्छ ?

तपाईको प्रतिक्रिया