जन्ती बनेर आउन आतुर छु–योगी

यही मंसिर २६ गते जनकपुरमा हुने विवाह महोत्सवमा अयोध्याबाट जन्तिका रुपमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउनु हुने भएको छ ।
जनकपुरबाट उत्तर प्रदेशका मुख्यमन्त्री भेट्न सन्तोष सिंह लगायतका सञ्चारकर्मीहरुसँगको भेटघाटमा मुख्यमन्त्री योगीले जानकी माताको दर्शन गर्ने अभिलाषा यस पटक पूरा हुने भन्दै खुशी व्यक्त गर्नुभएको थियो । सञ्चारकर्मी सिंहले दिनुभएको जानकारी अनुसार उहाँले विवाह पञ्चमीमा सहभागी हुन आफू आतुर रहेको र १२ डिसेम्बर अर्थात मंसिर २६ को व्यग्र प्रतिक्षामा रहेको समेत बताउनु भएको छ ।
लखनउ स्थित मुख्य मन्त्रीको निवासमा आइतबार भेटघाट गर्दै मुख्यमन्त्री योगीले दुई देशको साँस्कृतिक सम्बन्धलाइ जोड्ने सेतुको रुपमा
रामजानकी विवाह महोत्सव हुदै आएको र जनकपुर अयोध्या सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्य आफनो रहेको समेत बताउनु भएको थियो ।
त्र

तपाईको प्रतिक्रिया