तरुण दलद्वारा प्रमलाई ज्ञापनपत्र

धरान÷नेपाली काँग्रेको भातृ संगठन नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीले सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
तरुण दलका सुनसरी अध्यक्ष सिजन गुरुङ्गको नेतृत्वमा नारा जुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेको तरुण दलले प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिमार्फत ज्ञापनपत्र बुझाएको हो ।
वर्तमान सरकार गठन भएपश्चात मुलुकमा बढेको डरलाग्दो दण्डहिनता, अराजकता, भ्रष्टाचार चरम मूल्य बृद्धि, कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाइ कारबाही, सुनसरीका मुस्लिम अगुवा खुर्सिद आलम र फिता हुसैनको हत्याको विरुद्धमा तरुण दलले वृहत विरोध ¥यालीको आयोजना पश्चात ज्ञापन पत्र बुझाएको हो ।
सरकारलाई खबरदारी गदै मुलुकमा संवैधानिक सर्वोच्चता, विधिको शासन, कानुनी राज्यको स्थापनाका लागि तरुण दल जस्तोसुकै बलदानी गर्न पनि तयार रहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया