धरान÷चरम आर्थिक अनियमिततामा मुछिएका यहाँ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्न उच्च स्तरीय छानविन समितिले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई सिफारिस गरेपछि रौनियारले मोटो रकम कमिशनको प्रलोभनमा अख्तियारको दुरुपयोग गरी केही दिन यतामात्र विभिन्न सप्लायर्सहरुलाई ८ करोड भुक्तानी दिएका छन ।
झण्डै २ बर्ष अगाडि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापालाई मोटो रकम नजराना बुझाएर उपकुलपति बन्न सफल भएका रौनियारले गरेको भष्टाचारको छानबिन गर्न तीन पटक छानविन समिति बनिसकेको छ । पहिलो पटक स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव किरण रेग्मीको संयोकत्वमा, दोस्रो पटक केदारबहादुर अधिकारी र तेस्रो पटक प्रधानमन्त्रीकै दिर्नेशनमा उपप्रधान तथा स्वास्थ्य मन्त्रीको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।
तेस्रो पटक गठन भएको छानविन समिति प्रतिष्ठानको ऐन २०५८ (११) को ‘घ’ अनुरुप गठन भएको थियो । जस अन्तर्गत प्रतिष्ठानका पदाधिकारी हटाउन सक्ने व्यवस्था रहेको छ ।

हरेक पटकका छाननि समितिले गरेका सिफारिसमा शक्ति केन्द्र धाएर ठूलो रकम बुझाएर कारबाहीबाट जोगिदै आएका रौनियार यसपटक भने कारबाहीमा पर्ने निश्चित भएको छ । पछिल्लो पटक छनविन समितिले बर्खास्ती सम्मको कारबाहीका लागि पधानमन्त्रीलाई सिफारिस गरेपछि आत्तिएका रौनियारले रातारात विभिन्न सप्लायर्सहरुलाई ८ करोड भुक्तानी दिएका छन् । स्वासथ्य मन्त्रीको संयोजकत्वमा सिनेटर सहितको तीन सदस्यीय छानविन समिति बनेपछि कुनै प्रकारको नियुक्ति नगर्न, कुनै प्रकारको भुक्तानी नगर्न निर्देशन दिइएतापनि रौनियारले सबै प्रकारको निर्देशनको उल्लंघन गर्र्र्दै आएको प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् । प्रतिष्ठान स्रोतका अनुसार निजको कार्यक्षमताको अभावका कारण नेपाल सरकारले पूर्वाधार विकासमा दिएको रकम खर्च गर्न नसक्दा ३० करोड नेपाल सरकारलाई प्रतिष्ठानले फिर्ता पठाउनुपर्ने अवस्थामा सो रकम समेत निजले कमिशनको प्रलोभनमा वितरण गरेका छन् । जसकन कारण आगामी महिना तलब समेत भुक्तानी गर्न कठिनाई भएको स्रोतले जनाएको छ ।
उपकुलपति रौनियारले कार्तिक २५ गते सुर्जिकेम सप्लायर्सलाई २० लाख सोही दिन जेनेरल मेडिकल सप्लायर्सलाई ४० लाख, गर्ग इम्पेक्सलाई २४ लाख, डाइग्नोटेकलाई ६० लाख भुक्तानी दिएका छन् । आर्थिक अनियमितता गर्नकै लागि केही दिन अगाडि उपकुलपति रौनियारले खरिद, स्टोर, लेखामा आफू अनुकूलका कर्मचारी नियम विपरीत सरुवा गरेका थिए । धेरैको त्यस्ता सरुवा उच्च अदालत विराटनगरले बदर गरी साविककै शाखामा काम गराउन आदेश जारी गरे पनि सो आदेशको समेत अवज्ञा गरी विना आधार र प्रमाणका साथ रोकिएका भुक्तानी रातारात चेक काटेर दिएका छन् । यस सम्बन्धमा छानविन समितिका सदस्य एवम् प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल भन्नुहुन्छ, छानविन समितिले प्रतिवेदन बुझाइसकेको अवस्था छ । कार्तिक २० गते नै प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवदेनमा प्रधानमन्त्रीले लेख्नु भएको छ १५ दिनभित्रमा सिनेट बोलाउनु । सिनेट नबोलाएपछि मंसिर ४ गते फेरि पत्र काटिएको छ । १६ गते बोलाउनु भनेर काटेको पत्र अनुसार पनि सिनेट बोलाइएन । स्वास्थ्य मन्त्रीले अब प्रधानन्त्रीलाई देखाउन मिल्र्दैन बकाइदा लेखेको छ पधानमन्त्रीले सहकुलपति ज्यू सिनेट बोलाउने व्यवस्था गर्नुहोला । सम्भवत आज भोलि नै केही हुन्छ । अब कोही बच्ने अवस्था छैन । अब सिनेट स्वास्थ्य मन्त्रीले बोलाउनुहुन्छ । यस भन्दा अगाडि नै सिनेट बोलाउनु पर्ने थियो । समय अभावले पनि त्यसो नभएको हुनुपर्छ अब त्यसो हुँदैन । पधानमन्त्री र स्वास्थ्य मन्त्रीबाट अगाडि बढेको प्रक्रिया हो अब रौनियारले सिनेटमा फेस गर्नैपर्छ ।
स्वास्थ्यमन्त्री भेट्न ६ चिकित्सक काठमाण्डौ प्रस्थान
प्रतिष्ठानका उपकुलपति प्रा.डा. रौनियारको बर्खास्ती प्रवल भएको बुझेपछि रौनियारकै निर्देशनमा प्रतिष्ठानको स्रोत साधनको दुरुपयोग गर्दै ६ जना चिकित्सकहरु स्वास्थ्यमन्त्री उपेन्द्र यादवकोमा लविङ्ग र हारगुहार गर्न काठमाण्डौ पुगेका छन् ।
मन्त्री यादवलाई नजिकबाट चिनेको ध्वाँस पिट्दै उनीहरु प्रतिष्ठानको को १ च ११२७ नम्बरको पजेरो गाडी बनाउने बहानामा काठमाण्डौ पुगेको स्रोतले जनाएको छ । डा. विकास साहको नेतृत्वमा नर्सिङ्गका शिक्षक, ल्यावका कर्मचारीहरु काठमाण्डौ पुगेका हुन । प्रतिष्ठानका सबै प्रकारका सवारी साधनहरुको मर्मत यस भन्दा अगाडि विराटनगरमै हुने गरेको थियो । गाडी बनाउने भन्ने त एउटा बहानामात्र हो, उनीहरु स्वास्थ्य मन्त्रीलाई भेट्न काठमाण्डौ गएको कर्मचारीले बताएका छन् । प्रतिष्ठानको ढुकुटी नै रित्याउने गरी त्यसरी स्रोत साधनको दुरुपयोग गर्नुले कर्मचारीहरु आक्रोसित भएका छन् ।
२० जना भन्दा बढी चिकित्सक पलायन
प्रतिष्ठानमा उपकुलपतिका रुपमा प्रा.डा. राजकुमार रौनियारको आगमनसँगै लथालिंग बन्न पुगेको प्रतिष्ठानबाट विशेषज्ञ चिकित्कसहरु धमाधम राजनीनामा दिएर हिड्न थालेका छन् ।
रेडियोलोजी विभागमा कार्यरत डा. अशोकराज पन्तका अनुसार प्रतिष्ठानमा पहिला जुन शाख थियो अब त्यस्तो रहेन । प्रतिष्ठानमा भएको अस्तव्यस्त उपकुलपति रौनियारको रवैयाले यहाँ बसेर काम गर्न सक्ने अवस्था नै रहेन, पन्तले भन्नुभयो । केही दिन अगाडि उहाँले
राजीनामा गरेर हिड्नुभएको छ । पन्तमात्र होइन मेडिसिन विभाग, स्त्री तथा प्रसुति विभाग, सर्जरी विभागका गरी २० भन्दा बढी चिकित्सकहरु पलायन भइसकेका छन् ।
लिफ्ट मर्ममा अनियमितता
प्रतिष्ठानमा विभिन्न स्थानहरुमा विरामीहरुको सुविधालाई मध्यनजर
गरेर राखिएका लिÏटको मर्मतको बहानामा २ लाख ९८ हजार अनियमितता भएको छ । विरामीसँग प्रत्यक्ष सरोकार राख्ने त्यस्ता लिÏटको मर्मत नै नगरी कमिशनकै लागि २ लाख ९८ हजार भुक्तानी गरिएको प्रतिष्ठान स्रोतले जनाएको छ ।
प्राप्त समाचार अनुसार तीन महिना अगाडि प्रा.डा रौनियारकै निर्देशनमा मर्मत गराउने भनेर दुई जना प्राविधिक बोलाइयो । तर मर्मत गरेको दई दिन पनि लिÏट चलेन । स्रोतले दिएको जानकारी अनुसार मर्मतको नाममा कुनै सामान फेरिएन । सम्बन्धित शाखालाई समेत जानकारी नदिई अस्पतालत निर्देशक प्रा.डा. गौरी शंकर साह, सहायक निर्देशक विकास साहको निर्देशनमा २५ हजार पनि नलाग्ने सो मर्मतका लागि २ लाख ९८ हजार भुक्तानी दिनुलाई कमिशनकै खेलका रुपमा कर्मचारीहरुले लिएका छन् ।
दुई बर्षमा वकिललाई ५० लाख भुक्तानी
काठमाण्डौमा प्रतिष्ठानका मुद्धा हेर्न नियुक्ति गरिएका अधिवक्ता राजु कटुवाललाई दुई बर्षको अवधिमा ५० लाख भुक्तानी दिइएको कर्मचारीहरुले बताएका छन् ।
इनरुवा घर भई काठमाण्डौ बस्दै आएका कटुवाल आफ्नो घर आउँदा जाँदा समेत प्रतिष्ठानबाट टिएडिए बुझ्ने गरेको स्रोतले जनाएको छ । रौनियारलाई अनियमितता तथा भ्रष्टाचार जस्ता मुद्धाहरुबाट जोगाउन कटुवाल काठमाण्डौमा दौडधूप गर्ने गर्छन् । जबकि प्रतिष्ठानको मुद्दा हेर्ने जिम्मा बरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीलाई दिइएको छ । कटुवाललाई त्यतिको रकम कुन प्रयोजनका लागि दिइएको हो भन्दै प्रतिष्ठानका कर्मचारीहरुले आक्रोस व्यक्त गरेका छन् ।
