निर्मला पन्तको हत्यारालाई कारबाहीको माग

धरान÷ कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अहिलेको सरकारले कारबाही नगरेको भन्दै देशभर सर्वबत्र विरोध भइरहेको बेला पूर्वाञ्चल इन्जिनियरिङ्ग कलेका विद्यार्थीहरुले पनि शनिवार विरोध ¥यालीको आयोजना गरेका छन् ।
विद्यार्थीहरुको छाता संगठन स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल क्याम्पसको अगुवाईमा निकालेको ¥याली बरगाछी, आचार्य लाइन हुदै धरान उपमहा नगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।
उनीहरुले ¥यालीमा नालायक  सरकार राजीनामा दे, निर्मला पन्तको हत्यारालाई कारबाही गर लगायतका नारा गएका थिए । निर्मलाको बलात्कारपछि हत्या गरिएको यतिदिन वितिसक्दा पनि दोषी कानुनको कठघरामा आउनुको साटो उल्टै खुलेआमा हिडेको, यस बीचमा पटक पटक छानविन समिति बनेपनि बनेका समितिले कारबाहीको साटो उल्टै घट्नाका े प्रमाण नष्ट गर्ने काम गरेको लगायतका गैरजिम्मेवारी काम भएकोेले दबाममूलक कार्यक्रमको आयाजना गरेको पूर्वाञ्चल इन्जिनियरिङ्ग कलेजका स्ववियु सहसचिव युकेश गौतमले बताउनुभयो । यसैगरी पूर्वाञ्चल क्याम्पसकै नेविसंघले भने छुट्टै विरोध ¥यालीको आयोजना गरेको थियो । उनीहरुले भने क्याम्पसबाट निकालेको ¥याली भानुचौकमा कोणसभाका आयोजना गरेका थिए । कोणसभामा बोल्ने अधिकांशले नालायक सरकार राजीनामा दिनुपर्र्ने, निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुपर्र्ने बताएका थिए । विद्यार्थीहरुले निर्मलाका हत्यारालाई कारबाही नगर्नु कानुनी राज्यको उपहास भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया