अपांग तथा पुनस्र्थापना केन्द्रलाई सहयोग

हङकङ कार्यरत नेपालीहरुको संस्था हङकङ यमाते सहयोगी समाजले धरान १ मा रहेका अपांग पुनस्र्थापना गृहलाई रासन सहित आर्थिक सहयोग प्रदान गरेको छ ।
उनीहरुले गृहमै आएर ४ सय केजी, मुसुरी दाल ७५ केजी, कालो दाल २५ केजी, पोष्टमेन तेल चार कार्टुन (४०) लिटरका साथै नगद ११ हजार ६ सय रुपैया सहयोग गरेका छन् ।
सहयोग प्रदानपश्चात संस्थाका सदस्य विक्रम मगरले आफूहरुले आर्जन गरेको केही रकम समाजिक काममा अभिप्रेरित गर्ने उद्देश्यले संस्था गठन गरेको बताउदै गठन गरेपश्चात विशेष गरी सरकारी सहयोग प्राप्त नहुने दाताकै भरमा चल्ने संस्थाहरुलाई सहयोग
गर्दै आएको बताउनुभयो ।
सहयोग गरेको प्रति गृहका प्रमुख भी राईले धन्यवाद दिनुभयो । उहाले सहयोगी हातहरुकै भरमा यो गृह चलेको बताउनुभयो ।
यो संस्थामा अहिले २३ जना अपांगता भएका बालबालिकाहरु आश्रित छन् । उनीहरुलाई पढाइका साथै विभिन्न सीपमूलक तालिम समेत सिकाइने गरिएको छ ।

तपाईको प्रतिक्रिया