बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी एक विरामी खर्चको अभावमा उपचार गराउन नपाइ छट्पटाइरहेकी छन् ।
विगत १२ बर्षदेखि हाइपोेन्सियल रोगबाट पीडित बराह क्षेत्र ३ भरौलीकी ३२ बर्षीया पूर्णमाया कटुवाल आर्थिक अभावमा कारण समयमै उपचार गराउन नसकी छट्पटाउन बाध्य भएकी हुन् ।
आर्थिक अभावकै कारण समयमा विरामीको उपचार गराउन नसकिएको उनका आफन्त भुपध्वज बुढाथेकीले बताएका छन् । प्रतिष्ठानको मेडिसिन विभागमा भर्ना गरेकी उनलाई अस्पतालले रगत जाचका प्रक्रिया देखि वेड भर्ना सम्मका कुराहरु प्रतिष्ठानले निःशुल्क गरि दिएता पनि औषधि महंगो भएका कारण अहिले दैनिक औषधि खर्चमा उनलाई गाह्रो परेको बुढाथोकीले बताए । उनलाई दैनिक ७ देखि ८ हजार सम्मको औषधि खर्च लाग्ने आमा चिनकुमारीले बताइन् । अहिलेसम्मकोे उपचार खर्च आफन्तले गरेको सहयोगबाट सम्भव भएको उनले बताइन् ।
हाइपोटेन्सियन रोग खानानली फुटेका कारण हुने गरेको उनको उपचारमा संलग्न चिकित्सक डा. रिचा नेपालले बताइन् । उनले यो यस्तो खालका रोग विरलैमा भेटिने बताइन् ।
उनका अनुसार समयमै उपचार गराउन नसकिए बढी रक्तश्रावबाट विरामीको ज्यानै जाने खतरा रहेको बताइन् । यसको शल्यक्रियामा ७ देखि ८ लाख रुपैयासम्म खर्च लाग्ने भएकोले परिवारले उनको उपचारका लागि सहयोगको अपिल गरेका छन् । पीडित परिवारले शुक्रबार प्रतिष्ठानकै मेडिकल वार्डमा पत्रकार सम्मेलनको आयोजना गरी सहयोगको लागि सबैर्संग अपिल गरेका छन् उनीहरुले सहयोगका लागि आमा चिनकुमारी कटुवालको इनरुवा शखामा रहेको राष्ट्रिय वाणिज्य बैंककोे खाता नं. २२२००५१०७९१० रकम जम्मा गरी सहयोग गर्न अपिल समेत गरेका छन् ।
