मेयर कपमा डिपोट मावि सबैभन्दा अगाडि

धरान÷धरान उपमहानगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो मेयरकप स्कुल ओलम्पिक खेलमा डिपोट माविले सबैभन्दा बढी पदक हासिल गर्दै पहिलो स्थान हात पार्न सफल भएका छ
डिपोटले १२ स्वर्ण ६ रगत र ९ कास्यसहित पहिलो स्थान हात पार्न सफल भएको हो ।
यसैगरी सैनिक आवासीय मावि दोस्रो र सुनाखरी बोर्डिङ्ग स्कुल तेस्रो हुन सफल भएका छन् । गत बर्ष पनि डिपोट माविले नै सबैभन्दा बढी पदक जित्दै पहिलो स्थान हात पार्न सफल भएको थियो ।
यस्तै प्रतियोगितामा ११ स्वर्ण, २ रजत र १४ कास्यसहित सैनिक आवासीय दोस्रो र १० स्वर्ण, ७ रजत र ८ कास्यसहित सुनाखरी बोर्डिङ्ग स्कुलले तेस्रो स्थान हात पारेको छ ।


प्रतियोगितामा पहिलो स्थान हात पार्दै प्रथम ुहने डिपोट, द्वितीय हुन सैनिक र तेस्रो हुने सुनाखरीलाई क्रमश नगद १ लाख २० हजार, ८० हजार र ५० हजार नगदसहित ट्रफी प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता, उपविजेता र तृतीय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारी, धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी लगायते पुरस्कार वितरण गरेका थिए ।
यसैगरी प्रतियोगितामा ५ स्वर्ण, ४ रजत ८ कास्यसहित नवज्योति चौथो, ४ स्वर्ण र ४
रजत सहित पब्लिक स्कु पाचौ, ४ स्वर्ण २ रजत र १ कास्यसहित शारदा बालिकाले छैठौ स्थान हात पारेका थिए । यस्तै ४ स्वर्ण १ रजत र ३ कास्यसहित पञ्चायत मावि सातौ, ३ स्वर्ण ४ रजत र १० कास्यसहित नेपाल पुलिस आठौ, ३ स्वर्ण, २रजत र र १ कास्यसहित शिक्षा निकतन मावि नवौ र ३ स्वर्ण, १ रजत र १ कास्य सहत ल्याबोटरी माविले दशौ स्थान पाएका छ । यसमध्ये २४ वटा विद्यालयले मात्र स्वर्ण पदक प्राप्त गरेका थिए ।
मंसिर ५ देखि भएको प्रतियागितामा धरानका नीजि तथा सामुदायिक विद्यालयका ५५ टिमले सहभागीता जनाएका थिए । प्रतियागितामा ४० विद्यालयले मात्र पदक प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया