छैठौ सि·िङ स्टारको विजेता पदमबहादुर बने

धरान÷ बागिना कला केन्द्रले आयोजना गरेको पूर्वाञ्चल सिङ्गिङ स्टार सिजन ६ को उपाधि पदमबहादुर मगरले जितेका छन् । शनिबार राती सम्पन्न फाइनलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्र्द उपाधि जितेका हुन् ।
उनले ट्रफीसहित नगद ५० हजार थापे भने २ वटा गीत रेकर्ड, एक वर्षको सङ्गीत कोर्ष र एउटा म्युजिक भिडियो बनाउने अवसर पुरस्कारवापत पाए । यस्तै,फष्ट रनरअप हुदै
नारायण राईले ट्रफीसहित नगद २५ हजार हात पारे भने एउटा गीत
रेकर्ड र ६ महिना सङ्गीत कोर्ष निःशुल्क पाए । सोही प्रतियोगतामा सदम सुनुवार सेकेण्ड रनर अप बने । उनले नगद २५ हजार, एउटा गीत रेकर्ड गर्ने अवसर पाए । सिङ्गिङतर्फ निर्णायकमा विशाल राई र लिलानाथ पौडेल रहेका थिए ।
धरानका दुई पत्रकार सम्मानित मिस स्टेट १ र सिङ्गिङ स्टार कार्यक्रममा दुई पत्रकार सम्मानित भएका छन् । कार्यक्रममा ‘दिव्य रोशनी’ साप्ताहिककी सम्पादक÷प्रकाशक मनिता चाम्लिङ र ब्लाष्टखबरडटकमकी रिता लामा सम्मानित भएका हुन् । दुवैलाई जनही नगद ५ हजार ५१ रुपैयासहित सम्मान पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया