सुरुङ्गा (झापा)÷विधिीको विधान दैवको परिहास । मृत्यु आफैमा पीडादायी हुन्छ तर कतिपय मृत्युले अन्यलाई समेत अकल्पनीय पीडा पु¥याउने गर्छ ।
झापा जिल्लाको शिव सतासीमा मंसिर ९ गते राति यस्तै अकल्पनीय पीडादायी घट्नाबाट एकै परिवारका चारजनाको मृत्यु भएको छ । मृत्युले एक महिने दूधे बालकलाई समेत छाडेन । प्राप्त समाचार अनुसार शिवसतासी वडा नं. ७ निवासी लक्ष्मण खनाल सहित उनको परिवारलाई आगोले जलेर सखाप बनाएकोे छ ।
राति करिब १० बजे लागेको आगोले ३६ बर्षीया लक्ष्मण खनाल, ३४ बर्षीया पत्नी, ४ बर्षीया छोरी सुप्रिया र एक महिनाको काखे छोरो टिकारामको जलेर मृत्य भएको छ । ट्याक्टर व्यवसाय गर्दै आएका खनाल धान दाई गर्ने सिजन भएकोले थ्रेसरको काम समेत गर्दै आएका थिए । आगलागी हुँदा खनाल परिवार सुतिसकेका थिए । रातको करिब ८ बजे घर आएका खनाल दिनभरिको थकानले चाँडै सुतेको छिमेकीहरुको अनुमान छ । खनालको घरमा आगलागी हुँदा न त छिमेकीहरुले तत्काल आगो निभाउन सके न त खनाल परिवार बाहिर निस्कन सक्यो । छिमेकी देवीमाया दाहालका अनुसार आगलागी भएको एक घण्टापछि राति ११ बजे दमकको बारुढयन्त्र आयो । यतिबेलासम्म खनाल परिवारसहति सबै धनमाल जलेर नष्ट भइसकेको थियो । खनालको घरमा भएको ग्याँसको सिलिण्डर विस्फोट हुँदा छिमेकी गीता ढुंगाना गम्भीर घाइते भएकी थिइन । हाल उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरेको छ ।

