इटहरी÷प्रदेश नं. १ लाई लिम्बुवान, किराँत खम्बुवान प्रदेश नामांकन गर्नुपर्छ भन्दै आन्दोलन गदैै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालको केन्द्रीय पदाधिकारीको बैठक इटहरीमा सम्पन्न भएको छ ।
पछिल्लो समय मञ्चले भावि आन्दोलनका विषयमा पूर्वका विभिन्न जिल्लाहरुमा कार्यकर्ता प्रशिक्षणलाई तिब्र पार्दै आएको छ । सोमबार झापाको विर्तामोड, आइतबार पाँचथरको फिदिमसँगै ताप्लेजुङ्ग, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम लगायतका स्थानमा वृहत प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
इटहरीमा हिजो भएको पदाधिकारी बैठकले समेत मञ्चको भावि रणनीति तय गर्न केन्द्रित भएको मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिंगदेनले बताउनुभयो । उहाँले भन्नुभयो पदाधिकारी बीचमा वृहत छलफल भयो । सगठन सशक्तिकरण, आगामी आन्दोलनका स्वरुपसँगै साझा लिम्बुवान पाक्षिक र मासिक पत्रिका प्रकाशन आदिमा बैठक केन्द्रित रहेको अध्यक्ष लिँगदेनले बताउनुभयो । आगामी दिनमा आÏना मुद्धा कार्यान्वयन गराउनका लागि आन्दोलनको स्वरुप कस्तो हुन्छ त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, प्रदेश नं. १ को संसद अनिश्चितकालीन घेराउ, पहिला पनि हामीले अनिश्चितकालीन संसद घेराउको कार्यक्रमलाई अगाडि बढाएका थियौ । तर एक्कासी संसद अधिवेशन स्थगित गरियो । अब पनि हाम्रो मुख्य एजेन्डा संसद घेराउ नै हुन्छ, अध्यक्ष लिगदेनले भन्नुभयो ।
