सुनसरीका मुस्लिमहरु आफ्नो समुदाय उत्थानमा सक्रिय ः जिल्लामा चार दर्जन संघ संस्था सञ्चालनमा ग्रामीण क्षेत्रका विपन्न र पिछडिएका मुस्लिमलाई आयआर्जनसँगै घर घरमा ट्युवेल, भैसी पालनमा सहयोग

धरान÷सुनसरी जिल्लामा बसोबास गर्ने मुस्लिमहरुले आÏनो समुदायको उत्थानका लागि सक्रियता बढाएका छन् । यसका लागि उनीहरुले जिल्लामा चार दर्जन भन्दा बढी संघ संस्था खोलेर ग्रामीण क्षेत्रका विपन्न र पिछडिएका मुस्लिमहरुलाई आय आर्जनसँगै ट्रष्टमार्फत घरघरमा खानेपानीका ट्युवेल, भैसी पालन, मदर्साहरुमा अध्ययन गर्ने बालबालिकाहरुलाई आर्थिक सहयोग पु¥याउदै आएका
छन् ।
सुनसरी जिल्लामा मुस्लिम समुदायको जनसंख्या २०६८ सालको जनगणना अनुसार ८६ हजार ५ सय ६५ रहेको छ । खास गरेर भारतीय सीमावर्ती गाविसहरु रामनगर भुटाहा, जल्पापुर, नर्सिङ्ग, हरिपुर, श्रीपुर, भोक्राहा, बबिया, सोनापुर अमाहीबेलाहा, घुस्की, बसन्तपुरमा मुस्लिम समुदायको जनसंख्या अन्य समुदायको तुलनामा अत्याधिक रहेको छ । यद्यपि इनरुवा, इटहरी, धरान, रामधुनी नगरपालिका, भरौल, महेन्द्रनगर, बराह नगरपालिकामा समेत मुस्लिमहरुको बसोबास रहेको छ ।
हाल सुनसरी जिलमा मुस्लिम समुदायका अगुवाहरुले चार दर्जन भन्दा बढी सञ्चालनमा ल्याएका सघ सस्थाहरुमा हावत एण्ड इस्लाम सेन्टर, मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी, मुस्लिम ओभरसेज नेपाल, पाकिजा शैक्षिक तथा सहयोगी संस्था, जम इम्यानुअल इस्लाम नेपाल, इदगाहा, नेपाल वेलफेयर सोसाइटी, नेपाली मुस्लिम वेलफेयर सोसाइटी, ओरफेन्स इन निड नेपाल, कुराअन एण्ड सुन्नी वेलफेयर सोसाइटी, नेपाल मुस्लिम उत्थान केन्द्र, सैयदना हजरत वेलवेयर कव्रिस्तान, मुस्लिम समाज कल्याण संघ, इस्लाम वेलफेयर सोसाइटी, सैयदवा अमर फारुक, जालिभा फातमा तज मोहरा वेलफेयर सोसाइटी नेपाल, अब्वास युवा उत्थान केन्द्र, सैयद्धिन विलास वेलफेयर, अनसारुल मुस्लेनियम एण्ड वेलफेयर सोसाइटी नेपाल, कुरआन एण्ड हरिस वेलफेयर सोसाइटी, काजिम एण्ड नदवी वेलफेयिर सोसाइटी, अन्जुमन दारुल उलुम नुरुल इस्लाम, दावत एण्ड नेपाली वेलफेयर सोसाइटी, अस्सुÏपा एजुकेशनल वेलफेयर सोसाइटी, जब इच्युट सवालिया इस्लाम नेपाल, इदगाह, नेपाल वेलफेयर सोसाइटी, दावत एण्ड इर्साद सेन्टर, मुस्लिम समाज उत्थान सघ, कुरआन एण्ड सुन्नाह वेलफेयर सोसाइटी नेपाल, अलहरम ओलफेयर सेसाइटी नेपाल, जामे मस्जित सैयदवा अमर फारुक लगायतका सघ संस्थामार्फत समुदायको उत्थानमा सक्रिय भएका हुन् ।


मुस्लिम संघ इनरुवाका नगर अध्यक्ष वहाब अन्सारी भन्नुहुन्छ, ‘विगतको तुलनामा मुस्लिम समुदाय सक्रिय भएका छन् । विभिन्न संघ संस्थामार्फत ग्रामीण क्षेत्रमा बासोबास गर्ने मुस्लिम महिलाहरुलाई सीपमूलक तालिमहरु जस्तै माला बनाउने, गुडिया बनाउने दिइँदै आएको छ । पछिल्लो समय मुुस्लिम युवाहरु वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेसँगै महिलाहरुलाई समेत आयआर्जनमा लगाउन थालिएको अध्यक्ष अन्सारीको कथन छ । मुस्लिम समुदायभित्र हरेक गाउँमा अगुवाहरु
रहने गर्छन् । अगुवाहरु मार्फत विपन्न ग्रामीण मुस्लिम समुदायमा खानेपानी टयुवेल वितरण गर्ने, भैसी वितरण गर्ने, जाडोको समयम कपडा तथा ब्लांककेट वितरण गर्ने, मदरर्साहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने कामहरु समेत भइरहेको छ । नगर अधयक्ष अन्सारी भन्नुहुन्छ खानेपानीका ट्युवेल, भैसी वितरण, विद्यार्थीहरुलार्ई अर्थिक सहयोग ट्रष्टमार्फत हुने गरेको छ । त्यस्ता ट्रष्टहरुमा बाहिरबाट सहयोग प्राप्त हुने समेत उहाँले बताउनुभयो । यहाँ खोलिएका सघस ंस्थालाई स्थानीय निकाय, मुस्लिम समुदायभित्रका सम्पन्न व्यक्तिहरु, निर्माण व्यवसायीहरु, व्यापारीहरुले सहयोग प्रदान गर्दै आएको र सोही सहयोगबाट ग्रामीण महिलाहरुलाई आयआर्जनमूलक तालिमहरु दिइँदै आएको समेत उहाँले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया