विकासका नाममा सिन्को नभाच्ने मुख्यमन्त्री

हिजो अरुलाई गाली गर्ने, कामै गर्न सकेन भनेर पाइलैपिच्छे विरोध गर्नेै, स–साा घभट्नामा समेत सडकमा टायर बाल्ने, बन्द हड्तालको आवहान गर्ने, शिक्षण सस्था, उद्योगधन्दा कलकारखाना बन्द गराउनेहरुका हातमा आज मुलुकको बागडोर छ ।
प्रदेशदेखि केन्द्र र स्थानीय निकायमा दुई तिहाई बहुमत र प्रसस्त बजेट पाउँदा पनि उनीहरुले केही काम गर्न नसक्दा आम नागरिकमा भयंकर वितृष्णा देखिएको छ । उदाहरणका लागि प्रदेश नं. १ को प्रदेश सरकारलाई नै हामी लिन सक्छौं । प्रदेश नं. १ मा एमाले र माओवादी (नेकपा) को दुई तिहाई बहुमत छ । झण्डै ८ महिनाभन बढी समय व्यति भइसकेको छ ।
यत्तिका समय व्यथित भइसक्दा पनि उनीहरुले हालसम्म कुनै प्रकारको योजना ल्याउने मात्रहैन कुनै नविन कार्यको
आरम्भ समेत गर्न सकेका छैनन् । संघीय सरकारले बजेट नदिएर उनीहरुले काम गर्न नसकेका होइनन् । उनीहरुमा काम गर्ने इच्छा शक्ति, जनताप्रतिको दायित्व, पदीय जिम्मेवारी नभएर वा त्यसको बेध नभएरै कुनै काम गर्न नसकेका हुन् । संघीय
सरकारले प्रदेश नं. १ लाई १८ अर्ब ५० करोड ९२ लाख रुपैया निकासा दिइसकेको छ । तर निकासा भएको रकमको ५ प्रतिशत समेत विकास निर्माणका काममा कुनै रकम खर्च हुन सकेको छैन ।
प्रदेश नं. १ का मुख्यमन्त्रीमा काम गर्न सक्ने हैसियत वा ह्याउनै देखिएन । जनताको करबाट संकलन भएको रकमबाट दुई करोडको गाडी चढ्ने, प्रहरी प्रशासनलाई अगुवा पछुवा लगाएर हिड्ने, हावादारी भाषण ठोक्नेबाहेक अर्केा काम गरेको देखिएन । खासगरी स–साना, जनताको सरोकासँग कुनै महत्व नराख्ने कार्यक्रमहरुको उद्घाटन गर्न दौडने, रिविन काट्ने र भाषण ठोक्ने भन्दा अर्को दिनचर्या नै देखिएन । धान रोपाइको उद्घाटन गर्न दौडने, कुखुराको खोर उद्घाटान गर्न दौडने, मेलाको उद्घाटन गर्न दौडने भन्दा अर्को काम देखिएन । मुख्यमन्त्रीको हैसियतले त्यस्ता काममा दौडिदा उनका पछाडि दौडिने सुरक्षाकर्मीको सवारी साधनको इन्धन, जनशक्ति, सबैमा फजुल खर्च भइरहेको छ ।
एउटा प्रदेशको नामांकन सम्म गर्न नसक्ने मुख्यमन्त्रीले केही दिन अगाडि सञ्चारकर्मीका विरुद्धमा विषवमन गरे । आफै गल्ति गर्ने अनि सत्ताको दुरुपयोग गरेर विज्ञप्ती निकाल्नु, सञ्चारकर्मीका विरुद्ध विष वमन गर्नुको औचित्य रहँदैन । थाइल्याण्ड जान भनेर हिडेका मुख्यमन्त्री अमेरिका आराम गर्न पुग्छन्, सञ्चारकर्मीे त्यसलाई उजागर गर्दा आÏना हनुमान लगाएर आक्रमण गर्न लगाउँछन् । आफ्नै पार्टी र आम प्रदेश नं. १ का जनताले विरोध गर्दा कथित बनाउका लागि अभिव्यक्ति दिन्छन् आज संघीयताप्रति मानिसको धारणा नै परिवर्तन भइसकेको
छ । स्थानीय निकायको वडाअध्यक्षको जतिपनि काम गर्न सक्ने हैसियत नभएका सेतो हात्तीका रुपमा रहेका मुख्यमन्त्री, मन्त्री, सभामुख, सचिव, प्रदेश सदस्य खारेज गर्नुपर्ने आवाज उठ्न थालेको छ । फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छन् । संघीयताका ठेकेदारहरुबाट प्रारम्भमै जनताका नकारात्मक सन्देश जाने काम भएको छ । जनतामाझ झुटको खेति गरेर ढुंगा हानेर ल्याएको संघीयतासँगै आज गणतन्त्रको औचित्यमाथि प्रश्न उठ्नुको प्रमुख कारण व्यवस्था परिवर्तन गर्ने तर व्यवस्थापन गर्न नसक्ने चरित्र नै प्रमुख दोषी हो ।

तपाईको प्रतिक्रिया