धरान÷ धरान १५ बगरकोटकी ६० बर्षीया विमला राई जब जब विरामी पर्नुहुन्छ उपचारका लागि धामी, झाक्रीकोमा पुग्नुहुन्छ । धरानमा एसियाकै उत्कृष्ट अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धेरै निजि क्लिनिकहरु भएपनि उहाँलाई डाक्टरको भन्दा पनि धामीको विश्वास बढी लाग्छ ।
उहालाई टाउको दुख्ने, ढाड दुख्ने, खुट्टा झम्झम्याउने रोगले सताएको बर्षौ भयो, उहाले उपचारका लागि वीपी कोइराला लगायत विराटनगरको कोशी अस्पताल, त्यहा रहेका नीजि अस्पताल धेरै धाउनुभयो डाक्टरले दिएको औषधिले विषको उन्नाइ पनि भएन । अनेक औषधि प्रयोग गर्दा पनि निको नभएपछि एक बर्ष अगाडिदेखि
धरान २० बसन्तटारमा रहेका धामी बसन्त बहादुर सोताङ्गकोमा जान थालेपछि अहिले उहाको ्रोग विस्तारै निको हुदै गएको स्वयम् विरामी राई बताउनु हुन्छ । धामी सोताङ्गले जंगली लागेको भन्दै झारफुक गरेपछि अहिले आफूलाई सञ्चो भएको उहा सुनाउनु
हुन्छ ।
विरामी विमला राई मात्र हैन त्यस स्थानमा झारफुकका लागि युवाहरुको समेत उल्लेख्य उपस्थिति रहने गरेको छ । धरान ७ का २० बर्षीय विकास राई समेत आफ्नो फूफूलाई पेट पोल्ने विरामीले च्यापेपछि झारफुकका लागि फूपूको लगाउने कपडा लिएर त्यहा पटक पटक पुग्ने गर्नुहुन्छ । उहालाई नेपाल लगायत भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउदा समेत निको नभएपछि धामी सोताङ्गको विषयमा सुनेपछि त्यहा पुग्न थाल्नुभएको हो । त्यहा झारफुक गरेपछि फूपूको विराम आधा निको भएको उहाको समेत भनाई छ ।
विमला र विकास त प्रतिनिधि पात्र मात्र हुन त्यहा झारफुकका लागि भोजपुर, सुनसरी, मोरङ, झापादेखिका विरामीहरु आउने गर्दछन् । उपचार पश्चात आफूहरु निको भएको उनीहरुले तर्क राख्ने गरेका छन् ।
विगतमा पाचकन्या गाविसको बसन्तटार धरान उपमहानगरपालिका भएपश्चात २० नं. वडामा पर्ने यस स्थानमा विहानैदेखि विरामीको
ओइरो लाग्ने गरेपश्चात धामी बर्ष ६० का धनबहादुर सोताङ्गलाई खाना खाने समय समेत पाउन मुस्किल हुन्छ । विहान देउताको थानमा पूजा गरेर विरामीको झारफुकमा लाग्ने उहालाई खाना खाने समय दिउसको १ बजेमात्र मिल्ने गरेको छ । खाना खाएर आधा घण्टा आराम गरेपछि साझको ७ बजेसम्म उहाको झारफुकमै दिन बित्ने गरेको छ ।
झारफुक गर्दा चाहिने सामाग्री र तजविजले रकम समेत दिने गरेकाले यसै पेशाबाट उहाको गुजारा समेत चलेको छ ।
आफूकहा आएको विरामीलाई के भएको छ भन्ने कुरा विरामीको नाडी छाम्ने बित्तिकै आफूलाई थाहा हुने धामी सोताङ्ग दाबी गर्नुहुन्छ । जुन ठाउमा दुखेको छ त्यस ठाउबाट मुखले तानेर कालो वस्तु निकालेपछि विरामीहरु समेत सञ्च हुने गरेको बताउछन् । आफूकहा भूतप्रेत, जंगली लगायतका रोगीहरु आउने गरेको धामी सोताङ्गको भनाई छ ।
यहामात्र हैन धरान उपमहानगरपालिकामा मात्रै यस्ता झारफुक गर्ने र पेट गुजारा गर्नेको संख्या १० जना भन्दा बढी रहेको छ । त्यसमा पनि झारफुक गर्ने महिलाको संख्या अधिक रहेको छ, जसलाई समाजमा माता भन्ने प्रचलन रहेको छ । धरानमा नाम चलेका माताहरुमा धरान १५ की २६ बर्षीय गंगा माता पनि एक पर्नुहुन्छ । उहाकोमा समेत झारफुकका विरामीहरु दैनिक ५० देखि ७० जना सम्म आउने गर्दछन् । विहान आफ्नो देउताको थानलाई पूजा गरिसकेपछि उहाको समेत दिनभरिजसो झारफुकमै वित्ने गरेको छ । उहाले क्यामरामा बोल्न नचाहे पनि आफूले ७ बर्षको उमेरमा देउता उत्रिएपछि माताको काम गर्न थालेको र अहिले १९ बर्ष भइसकेको बताउनु हुन्छ ।
यसरी अहिले पनि अत्यन्तै विकसित भएको सहर मानिएको धरानमा रुढीवाढीले आक्रान्त बनाएको छ भने पिछडिएका गाउघरतिर यसको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । पिछडिएका स्थानमा यस्तै रुढीवाढीकै कारण केही मान्छेलाई देउता खुशी पार्न बलि दिएको घट्नादेखि लिएर बोक्सीको आरोपमा धेरै महिलाहरुले अनाहकमा ज्यान गुमाउनुका साथै सयाज भोग्नुपरिरहेको छ । यसलाई अब सबै सचेत वर्गले समयमै अन्धविश्वासलाई चिर्ने जनचेतना फैल्याउने कार्यक्रम ल्याउन अत्यावश्यक भइसकेको छ ।

