धरान÷सुनसरी, मोरङ र धनकुटाको चौबीसे क्षेत्रको एकीकृत पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्ऽ समेत जेफालेमा स्थापना गरिएको छ । जेफाले पुग्न अहिले दुई मार्गको प्रयोग गरिदै आएको छ । एउटा भेडेटार राजारानीबाट सम्वेवा चोक हुँदै पुग्न सकिन्छ भने मोरङको केरावारी हुदै सिंहदेवी पुग्न सकिन्छ ।
होमस्टे सेवा
जेफाले क्षेत्रलाई पर्यटकयि गन्तव्यका रुपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान वस्नको सुविधा प्रदान गर्ने उद्धेश्यले सिंहदेवीस्थित विहिवारेमा होम्स्टे सञ्चालनमा ल्याइएको छ ।
जेफाले डाँडा घुम्न पुग्ने पर्यटकलाई लक्षित गरी विहिवारेका पाँच घरमा होम्स्टे सञ्चालन गरिएको छ ।
करिव ३० घर परिवार रहेको विहिवारेमा जेफाले सामुदायिक होमस्टे सेवा प्रदान गरिँदै आएको हो । जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीका अनुसार ठकुरीसहित युवराज खड्का, मायास्वरी शर्मा, ललितवहादुर लिम्वु र गंगाप्रसाद लिम्वु घरमा होमस्टे सेवा छ ।
सचिव ठकुरी भने, ‘होमस्टे संञ्चालकको ध्यान सधैं जेफाले आउने पाहुनालाई सत्कार, सद्भावको अभाव नहुने महसुस गराउनेमा केन्द्रित हुनेछ एक पटक आएका पर्यटकलाई अर्को पटक आउन तथा अन्यलाई सिफारिस गर्न लोभ्याउने वाताबरण बनाउन प्रयास गर्नेछौं ।’
उनका अनुसार जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्ज प्रदान गर्ने गरिएको छ ।
एक दिनमा ५० जनासम्मलाई खाने र बस्ने ब्यबस्थागर्न जोफालेबासी सक्षम छन् । जेफालेमा सञ्चालित सामुदायिक होमस्टेमा आन्तिरिक एव वाह्य पर्यटकका लागि एक रात विताउन चाहाने पर्यटकका लागि प्रतिब्यक्ति एक हजार ५० रुपैयाँको प्याकेजको व्यवस्था छ ।
सचिव ठकुरीले भने पाहुनाका लागि लोकल कुखुराको मासु, ढिँडो, सिस्नुको तरकारी बिशेष परिकार हुनेछ त्यसमा पाहुनको अर्डर अनुसार खानको व्यवस्थापनि सोही प्याकेजमा हुनेछ ।
वेलुकीको वासमा मगर जातिको हुर्रा नाच र लिम्वु जातिको धान नाच सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । जेफालेसम्मको सडकको स्तरोन्नती, सञ्चार र सुरक्षाको दरिलो व्यवस्था हुँदा जेफाले पूर्वको पर्यटकीय केन्ऽका रुपमा विकास थप टेवा पुग्नेस्थानीयको भनाई छ ।
होमस्टेले सुधार्दै बिहीबारेवासीको जीवनस्तर
सञ्चार, शिक्षा, सडक लगायतका विकासको पूर्वधारवाट पछि परेको जेफाले क्षेत्रमा होमस्टे सेवा सुरु भएपछि स्थानीयको गतिलो आम्दानीको स्रोत वन्न पुगेको छ ।
जेफालेमा घुम्न आन्तरिक एवं वाह्य पर्यटकको चहलपहल वढ्न थालेपनि यस क्षेत्रको मानिसको आयआर्जनको गतिलो माध्यम अहिले पर्यटक नै हुने गरेको छ ।
जेफाले जाने पर्यटकहरुले खरिद गर्ने स्थानीय वस्तु एवं खानेकुरा विक्रीवाट त्यसक्षेत्रका मानिसले मनग्ये आम्दानी गर्न थालेका छन् ।
सामुदायिक रुपमा होमस्टे संञ्चालन रहेका घरहरुमा सिजनमा पाहुना भरी भराउ हुने गरेका छन् । विषेशगरी फागुनदेखि असारसम्म घुम्न आउने पर्यटनको घुइँचो लाग्ने गरेको छ । पाँचमहिनाको अवधिमा प्रतिमहिना होमस्टे सञ्चालकले प्रतिमहिना १ देखि डेढलाखसम्म कमाई हुने गरेको जेफाले सामुदायिक होमस्टे सेवाका सचिव भीम ठकुरीले वताए ।
