धरान÷आइतबार देशभर प्रथम उद्योग दिवस मनाइयो । यसै क्रममा सुनसरीको धरानमा समेत उद्यागी, व्यवसायी, घरेलु कार्यालयका कर्मचारी तथा सुनसरी उद्योग वाणिज्य संघको संलग्नतामा ¥यालीको आयोजना समेत गरिएको थियो ।
धरानको भानुचौकबाट शुरु भएको ¥याली सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा आएर सम्पन भएको थियो ।
सो अवसरमा विगतको तुलनामा घरेलु उद्योगहरु सन्तोषजनक रुपमा सञ्चालन भएको बताएका थिए ।
विगत ५ बर्षभन्दा बढी डिप्लोमा हेन्डीक्राÏट तालिम केन्द्रमा प्रशिक्षण दिदै आएकी डम्बरकुमारी मास्केले देशमा स्थायीत्व सरकार आएसंगै घरेलु उद्योगहरु फस्टाउदै गएको बताउनु भयो । देशको राजनीतिक अस्थिरता, संक्रमणकालीन अवस्था, विगतमा नियमित विजुली आपूर्तिमा समस्याका समयमा उद्योग धन्दा नै छोडेर विस्थापित हुने अवस्था आएको थियो तर अहिले देशले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै स्थायी सरकार पाएकोले पनि सर्वसर्वसाधारणले सञ्चालन गरेका घरेलु उद्योगहरु सन्तोषजनक रुपमा सञ्चालनमा आएको बताउनुभयो ।
यस्तै भनाई धरान ७ मा स्थापना भएको हातेमालो महिला समूहकाका सक्रिय महिलाहरुको पनि छ । स्थापना भएको समूहले अहिले धेरै महिलाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउने काम गरेको छ । समूहकी अध्यक्ष लिला ढकालले विगतमा भन्दा अहिले घरेलु उद्योग सञ्चालनमा केही सहजता आएको बताउनुभयो । आफ्ना समूहमा भएका महिलाहरुलाई मैनबत्ती बनाउने तालिम, सिलाई बुनाई तालिम, खेलौना बनाउने तालिम, अचारका आइटम बनाउने तालिम दिदै आएको समूहले दिएको तालिमबाट धेरै महिलाहरु घरेलु उद्योग खोलेर बसेको बताउनुभयो ।
नेपालमा उद्योगमध्ये ९० प्रतिशत उद्योग घरेलु उद्योग रहेका छन् भने सुनसरीमा सोही हाराहारीमा उद्योगहरु सञ्चालनमा रहेका छन् । विगतमा ४ सयको हाराहारीमा घरेलु तथा साना उद्योग दर्ता गरिएका भए पनि विगतमा राजनीतिक अस्थिरता, लोडसेडिङक, सृंखलाबद्ध बन्द कारण करिब २ सय ८० को हाराहारीमा यस्ता उद्योग सञ्चालन हुन नसकेका कारण घरेलु उद्योग दर्ता खारेज गर्नुपरेको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख महीनारायण साहले बताउनुभयो । देशको संक्रमणकालीन अवस्था हटेसंगै घरेलु उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहनसहित अनुदान दिने कामलाई तिब्रता दिएको बताउनुभयो ।
‘महिला पनि देशका मेरुदण्ड हुन्’ भन्ने मूल उद्देश्यका साथ मनाइएको उद्योग दिवसका दिन विहान धरानमा रहेका घरेलु उद्योग, सुनसरी उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योगका कर्मचारीहरुको संलग्नतामा धरान ¥यालीको समेत आयोजना गरिएको थियो । ¥यालीमा हातेमालो महिला समूह, डिप्लोमा हेन्डिक्राप्टस तालिम केन्द्र, भोजपुरे ढाका टोपी उद्योग, चौविसे ढाका कपडा उद्योग, उत्साह महिला समूह, भोजपुरे ढाका टोपी उद्योग लगायतका घरेलु उद्योगहरुको संलग्ततामा धरानको भानुचौकबाट शुरु भएको ¥याली सुनसरी उद्योग वाणिज्य संघको हलमा गएर सम्पन्न भएको थियो ।

