धरानमा जारी दोस्रो मेयर कप ओलिम्पिक प्रतियोगिताको १२ खेलमध्ये भलिवल, टेवल टेनिस, बुद्धिचालका खेलहरु सम्पन्न भएका छन् ।
मंसिर ५ देखि आयोजना भएको प्रतियोगितामा अन्य खेलहरु जारीरहेका छन् ।
जस अनुसार सोमबारबाट कवडी खेल सोमबारबाट शुरु भएको छ । धरान रंगशालाको सेमी कभर्ड हलमा भएको पहिलो खेलमा केके इन्टरनेशनल बोर्डिङ्ग स्कूलले भालुढुगालाई ४५ को विरुद्ध ६८ अंकप्राप्त गर्दै केके इन्टनर नेशनल विजयी बनेको छ । यस्तै सोमबारै भएको दोसो खेलमा सेन्ट जोसेफले ज्वालामुखीलाई ५५ का विरुद्ध ५७, तेस्रो खेलमा नेपाल पुलिसले पञ्चकन्या माविलाई १७ का विरुद्ध २५ र अन्तिम खेलमा इमानियल माविल युनाइटेड गोर्खा एकाडेमीलाई २७ का विरुद्ध ३७ अंक ल्याउदै विजयी बनेका छन् ।
यसैगरी सेपेक ट्याक्रोको भने सेमी फाइनलको सम्पन्न भएको छन् । सोमबार भएको सेमी फाइनल खेलबाट आइडिइल बोर्डिङ्ग स्कुल र ज्वालामुखी मावि फाइनलमा प्रवेश गरेका छन् । आइडियलले कार्मेल हाइस्कुललाई र ज्वालामुखीले लिंगामेन्ट बोर्डिङ्ग स्कूललाई सोझै सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

सेपाक टयाक्रोको फाइनल र तेस्रो स्थानका लागि मंगलबार प्रतिष्पर्धा हुने सेपाक टाक्रो खेलका संयोजक वीरेन्द्र विक्रम लिम्बुले बताए ।
यस्तै आजबाट भएको क्रिकेट प्रतियोगितामा तीन खेल सम्पन्न भएका छन् । जस अन्तर्गत पहिलो खेलमा डिपोट माविले सुनाखरी बोर्डिङ्ग स्कूललाई, वीरेन्द्र मेमोरियल बोर्डिङ्ग स्कूलले दिल्ली पब्लिक स्कूललाई र आइडियल बोर्डिङ्ग स्कूलले होलिल्याण्ड इन्टरनेशनल स्कूललाई पराजित गर्दैै आफ्नो जीतको यात्रा शुरुवात गरेका हुन् ।
यसैगरी बास्केटबलका सेमी फाइनलका सेमी फाइनलका खेलहरु ण्सकिएकोे छ । सोबारै भएको सेमी फाइनल खेलबाट जित निकाल्दै पुरुषतर्फ नवज्योति बोर्डिङ्ग स्कूल र पर्वत बोर्डिङ्ग स्कुलले मंगलबार जितका लागि मंगलबार भिड्दैछन् भने महिलातर्फ डिपोट मावि र कार्मेल हाइस्कूलबीच प्रतिष्पर्धा हुने बास्केट बलका कोच विकास चाम्लिङ राईले बताए ।

