कसरी खानेपानी संस्थान कब्जा गर्ने भन्ने एकलौटी मिशनमा एडिवीका दलाल र नगरपालिका हिडेको देखियो(समाजसेवी चिनबहादुर राइ

भारतीय सेनाबाट निवृत्त पारामिलिट्री फोर्सका सुवेदार मेजर चिनबहादुर राई । पूर्वी नेपालको भोजपुर जिल्ला फाली साम्पाङ्गमा जन्मनु भएका राई १० बर्षकै उमेरमा आफ्ना माता पिताका साथ छिमेकी मुलुक भारत जानु भयो । उतैबाट सन् १९६५ सालमा मेट्रिक पास गरेपछि उहााले पढाइलाई निरन्तरता दिनुको सट्टा सेनामा भर्ती हुन रुची राख्नुभयो । सन् १९६८ सालमा मिलिट्री प्यारा फोर्समा भर्ती भएर ३४ बर्ष विताउनु भयो । पछि सन् २००५ मा सुवेदार मेजरबाट रिटायर्ड भएपछि उहााले धरानलाई कर्मथलो बनाई स्थायी रुपमा बसोबास गर्न थाल्नुभयो । धरान बसाइका प्रारम्भिक दिनहरुमा उहााले धरानको रहनसहन, वातावरण बुझ्ने काम गर्नुभयो । बुझ्दै जाादा उहााले धरानमा भ्रष्ट, गुण्डागर्दी गर्ने, मानिसलाई झुक्याउने, आफ्नो स्वार्थ पूरा गर्नेहरुको एक प्रकारको जमात देख्नुभयो । जसलाई केही हदसम्म भए पनि सुधार्न सकिन्छ कि भन्ने हेतुले विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुभयो ।
झण्डै एक दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध चिनबहादुर राई पछिल्लो समय धरानमा विकासको नाममा भएका स्थायी सरकारी संरचना ध्वस्त बनाउने गतिविधिबाट आक्रोसित हुनुहुन्छ । धरानको विकासको लागि एक रुपैया आयो भने २५ पैसा मात्र लगानी हुने गरेको अर्थात ७५ पैसा भ्रष्टाचार हुने गरेको उहााको बुझाई छ । यस कार्यमा स्थानीय स्तरका राजनैतिक पार्टीका सानातिना नेता, कार्यकर्ता, नगरपालिकाका केही कर्मचारी, यिनीहरुले तयार बनाइ राखेका कुण्डले मुण्डलेहरुको जमात रहेको राई बताउनुहुन्छ । कुनै व्यक्तिको स्थायी आम्दानी छैन, नोकरी छैन अर्थात कुनै पेशा छैन त्यस्तोले अकुत सम्पत्ति जोडेका छन्, ठााटसाग हिाडेका छन् । आखिरी त्यस्ता व्यक्तिको आयस्रोत के त राई प्रश्न गर्नुहुन्छ । राजनैतिक दलमा पनि सभासदसम्म भएको व्यक्तिले सरकारको वचेखुचेको सम्पत्ति कहाा कहाा छ, कहाा नेर बाागो गर्दा पाइन्छ यसैमा दौडेको देखिन्छ । यस कार्यका लागि स्थानीय कर्मचारीहरुले साथ दिन्छन् । राई भन्नुहुन्छ, धरानमा अहिलेसम्म सन्तोष गर्ने ढंगले काम भएको छैन । उहाा उदाहरणका लागि सुन्दरबस्ती, भानुचौकको दुरावस्था, धरान सभागृह, एयरपोर्टको नाममा भएको कार्यलाई अगाडि सार्नुहुन्छ । बसपार्क बनाउने भनेर नाममात्रको मुआब्जा दिएर स्थानीय जनतालाई झुक्याए । बस पार्क हाम्रै विकासका लागि हो भनेर १० लाखको जग्गा दुई लाखमा दिए । यो विडम्बना हो । बस पार्कको नाममा जनता झुक्याउने माथि कारबाही होस् भनेर सररकारलाई आग्रह गर्दा वास्तै हुादैन । धरानको दीगो विकासमा स्थानीय राजनैतिक दलका नेता, केही टाठा बाठा व्यक्ति, कुण्डले मुन्डले, लन्जु फन्जु कर्मचारीले बाधा पुर्‍याउने गरेको राईको ठम्याइ छ । यस्ता व्यक्तिहरु स्थानयि जनताको सरोकारै राख्दैनन् । स्थानीयको सहभागिता बिनाको विकासको औचित्य नहुने र त्यसबाट कसैले अपनत्व लिन सक्दैन । पछिल्लो पटक एडिवीको ऋणमा केही टाठाबाठा व्यक्तिहरुको स्वार्थ
रहेको र नेपाल खानेपानी संस्थान कब्जा गरी यहााका स्रोत साधन विदेशीलाई जिम्मा लगाउने, प्रपञ्च हुादै आएको राईको बुझाई छ । उहाा भन्नुहुन्छ, खानेपानीमा एडिवीलाई यहाा हामी कुनै पनि हालतमा प्रवेश गर्न दिादैनौं । सााच्चै नै एडिवीले धरानको विकास चाहेको हो भने बसपार्क, एयरपोर्ट, सर्दु खर्दु कटान नियन्त्रण, सुकुम्बासी बस्तीको उचित व्यवस्थापनमा लगानी गर्दा कुनै पनि धरानेलाई आपत्ति छैन । तर आफ्नै संोत साधन भएको खानेपानी संस्थानलाई कब्जा गरेर एडिवीलाई हामी यहाा व्यापार गर्न दिादैनौं भन्नुहुने सुवेदार मेजर राईसाग यसपटक हामीले वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप :

द्दयतिबेला धरानमा एडिवीको चर्चा छ । केही व्यक्तिले आफ्नो नीजि स्वार्थको लागि एडिवीसाग सम्झौता गरेको हो, यसलाई हामी मान्दैनौं र खानेपानी संस्थान कब्जा गर्न दिादैनौं भनेर निरन्तर आवाज उठाइरहेका छन् । यसमा तपाईको धारणा के छ ?
–एडिवीको लगानी गर्ने भनेर नगरपालिकाका केही कर्मचारी, केही स्थानीय नेतालेमात्र सल्लाह गरेर सम्झौता गरेका हुन् । उनीहरु धराने जनताका बीचमा गएनन् । धराने जनतालाई सोध्नुपर्ने थियो । एडिवीको ऋणमा हामीले पानी खानेकी नखाने भनेर सोध्नुपर्ने थियो । यिनीहरुले सोधेनन् । धराने जनतालाई जनावर, भेडाबाख्रा जस्तै ठाने र ऋणमा सम्झौता गरे । त्यो विल्कुल गलत हो । त्यो कुनै पनि धराने जनतालाई मान्य हुन सक्दैन ।
द्दधरानमा खानेपानीका लागि एडिवीको ऋण आवश्यक छ कि छैन ?
–एडिवीको ऋण आवश्यक छैन । हामी जनता आफै पानीमा लगानी गर्न सक्छौं । धरानमा खानेपानी भन्दा अरु जस्तै बस स्टेन्ड, ढल, सर्दुखर्दु नियन्त्रण आवश्यक छ । योजनामा जबरजस्ती गर्नुहुादैन , विकास भन्ने कुरा जनताका लागि हो । तर जनता नै एडिवीको ऋणबाट हुने अल्पकालीन विकास चाहिादैन भनीरहेका छन् । जनताले नचाहेको कुरामा किन जबरजस्ती गरिदैछ ? हामी ऋण खादेनौ भन्दा पनि किन जबरजस्ती कोच्याउन खोज्दैछन् ? यसले राम्रो नतिजा दिादैन । दुई चार ठाउामा बोरिङ्ग गरेर खानेपानी संस्थानकै स्रोत साधन कब्जा गरेर व्यापार गर्न पाइदैन । पानी नै ल्याउने हो भने सप्तकोशीबाट ल्याउादा कसैले विरोध गर्दैनन् । ९५ प्रतिशत भन्दा बढी धराने जनताले एडिवीको ऋणमा अल्पकालीन योजना चाहेकै छैनन् । धरानमा दुई तीन महिना पानीको अलिकति अभाव हुन्छ । सप्तकोशीबाट पानी ल्यायो भने त्यो दीर्घकालीन हुन्छ तर किन उनीहरु सप्तकोशीबाट ल्याउन किन नचाहेका हुन् ? दुई अर्ब १६ करोड मध्ये ९० करोडमै चतराबाट धरानमा पानी आउाछ ।
द्दअहिले एडिवीका एजेन्ट र नगरपालिका एडिवीको पानीमा लगानी दीर्घिकालीन हो भन्दै छन्, अनि तपाईहरुको विरोध किन ?
–कसरी दीर्घकालीन हुन्छ ? यिनीहरु अर्थात नगरपालिकाले एडिवीसाग सम्झौता गर्दा सन् २०१७ देखि २०३१ सम्मका लागि मात्र भनेर गरेका छन् । अब अहिले ९५ प्रतिशत भन्दा बढी धराने जनताले विरोध गरेपछि दीर्घकालीन भनेर हुन्छ ? जनतालाई झुक्याउन यिनीहरुले एउटा कुटिल चाल चलेका मात्र हुन् ।
द्दकागजमा एउटा सम्झौता गर्ने अनि जनताका बीचमा अर्को कुरा गरेको दे.खियो किन ?
–मैले भनिहाले नि जनताको आाखामा धुलो हाल्ने काम गर्दैछन् । कसरी खानेपानी संस्थान कब्जा गर्ने भन्ने एकलौटी मिशनमा एडिवीका दलाल र नगरपालिका हिडेको देखियो । धरान एउटा पहाडी एरिया हो । ठीक छ इटहरी, विराटनगर लगायतका स्थानमा बोरिङ्ग गर्दा पानी राम्रो आउाछ । त्यहाा दीर्घकालीन हुन सक्छ । तर धरानमा बोरिङ्ग गरेर दीर्घकालीन रुपमा पानी आउादैन । धरानको सतहमुनि पानी आउादैन भनेर अत्यन्तै विकसित देशहरु चाइना, जापान, ब्रिटेनका पानी विज्ञहरुले परीक्षण गरेर रिपोर्ट दिएका छन् । नगरपालिकाका कर्मचारीले किन अध्ययन गर्दैनन् ?
द्दयसरी जबरजस्ती जनताको भावना विपरीत योजना लाद्ने काम किन भएको होला ?
–जबरजस्ती लाद्न खोज्नुचाहिा निजी स्वार्थ नै हो । आफ्नो भागमा पर्ने एउटा निश्चित प्रतिशतकै लागि हो । पानीका लागि यिनीहरुले जबरजस्ती गरेकै होइनन् ।
द्दएउटा निश्चित प्रतिशतकै लागि यिनीरुले यत्रो महाभारत मच्चाएका हुन् त ?
–यसमा कुनै शंका नै छैन । प्रतिशत खानकै लागि हो । जनतालाई एडिवीको लगानी भन्छन् तर यही खानेपानी संस्थानको ट्यांकी प्रयोग गर्ने, स्रोत साधन प्रयोग गर्ने, यसो अलिअल पाइपहरु विछ्याई दिएर जनताको आाखामा धुलो हालेर दुई अर्ब १६ करोड रुपैयाा भागबण्डा गर्ने यिनीहरुको नियत ददेखिन्छ । जनतामा ऋा बोकाई यदिने र उनीहरु त्यही पैसाले घर जग्ग किन्ने बन्दोबस्ती गर्ने दाउमा छन् ।
द्दयिनीहरुले धरानमा खानेपानीकै लागि काम गर्न खोजेको हो भने खानेपानी संस्थानलाई नछोईकन छुट्टै योजना पनि त ल्याउन सक्छन् नि, सक्दैनन् ?
–यिनीहरुको नियतै सफा छैन । छुट्टै योजना ल्याएर धरानेहरुलाई पानी खुवाउदैनन् । कसैले रोकेको छैन ।, भोलि धराने जनताले जसको पानी सस्तो हुन्छ, राम्रो हुन्छ त्यसैको पानी खाइहाल्छन् नि । किन खानेपानी संीस्थान नै कब्जा गर्न खोजेका हुन.् । उसले फाल्थटै संरचना हुने स्थानमा उनीहरु लगानी गर्देनन् । अब धराने जनताले सबै कुरा बुझिसकेका छन् । खानेपानी संस्थान धरानको साझा स म्पत्ति हो । यसमाथि कसैले कुदृष्टि लगाउाछ, कब्जा गर्ने नियत राख्छ भने त्यो हामी कुनै पन िधराने जनतालाई सैह्य हुादैन । विदेशको ऋण लिएर काम गर्ने हो खानेपानीमा भने त्यसले जटिल अवस्थाको सिर्जना गर्छ । छुट्टै पानी नै नआउने बोरिङ्ग गर्ने, दुई चारवटा पाइव पिछ्याइदिएर खानेपानी संस्थानकै ट्यांकीमा आफ्नो नाममात्रको पानी हाल्ने यिनीहरुको नियत हो । आज बाहामीले खादै गरेको पानी अझै २० बर्ष सम्म पुग्छ । खानेपानी संस्थानले अर्को पनि बोरिङ्ग गर्दैछ त्यसबाट ४० लाख लिटर पानी थपिन्छ । आवश्यकता अनुसार संस्थानले अरु पनि पानीको स्रोत थप्दै जान्छ । हामीले हाल खाइरहेको पानीको दाम लिन एडिवी आएको हो ।
द्दतयसको भए एडिवीको योजनाबाट पानीको व्यवस्था गर्नु भन्दा कमिशनकै भागबण्डा हो ?
हो ।
द्दकमिशतको सञ्जाल कस्तो छ ? तपाइले बुझे अनुसार ।
–कमिशनको सञ्जाल डरलाग्दो छ । यसमा मन्त्रालयका सचिव, सह सचिव महेन्द्र सुब्बा, राजनीतिक दलका एजेन्टहरु, एडिवीकै केही दलालहरु, नरपालिकाका कर्मचार्ी, राजनैतिक दलकै साना साना स्थानीय नेताहरु, त्यस्ता नेताका अगाडि पछाडि हिाडेने कुण्डले मुनढण्लेहरु खानेपानी संस्थान डुबाउने भूीमका भित्री रुपमा भूमिका खेलिरहेका संस्थानकै केही कर्मचारी बीचमा मत्र हैन हामीले भोट दिएर सभासद बनाएकाहरुको पनि कमिशन खानेमा हात छ । नत्र यत्रा जनताले विरोध गरिरहादा पन िकाठमाण्वडडौमा बसेर एडिवीको दलालीि गर्थे ? उनीहरुले आफ्नो भोलिको भवियय बुझेकै छैनन् । सन २०३१ पछि के धराने जनताले पानी खान नपाउने ? फेरि त्यसैगरी ऋण लिने ? हामी जनतालाई यो कुरा मञ्जुर छैन । ठीक छ एडिवीको ऋण धराने जनताले बोक्नु नै पर्छ भने सप्तकोीबाट पानी ल्याउनुपर्छ । तयो एकपटक बनेपछि हाम्रा पुस्ता पुस्तालाई पानीको समस्या हुादेन । हाम्रा छोरा नाति पनाति सबैलाई हुन्छ । काम गरेपछि पक्का गर्नुपर्छ । तर एडिवीको नक्कली बोरिङ्गको पानी हामीलाई चाहिादैन । गर्छ भने सप्तकोशीकै पानी हशो नत्र यहाा हात नहालोस्, यहााबाट हात िझेर जाओस् । हामीले जलाधार क्ष्इोत्रबाट जुन पानी खाइरहेका छौं, त्यसमा ४० प्रैतिशत चुहावट भइरहेको छ, त्यसलाई जगेर्ना गर्नुपर्छ ।
द्दखानेपानी संस्थानले ८०–९० करोडमै ततराबाट धरानमा पानी ल्याउन सकिन्छ भनेर लागत स्टिमेट तयार ग रेको छ । तर एडिवी २ अर्ब १६ करोडमा पानी नै नआउने ठाउामा लागै खर्च गरेर बोरिङ्गको नाटक मञ्चन गरिरहेको छ, किन ?
–एडिवीको नियतै ठीक छैन भनेर मैले अघि भनिसके । ऊ चतरा वा सप्तकोशीको नामै सुन्न चाहादैन । थोरै पैसामा दीर्घकालीन रुपमापानी ल्याउन सक्छु भन्ने संस्थानलाई ९० करोड दिएर काम गर भन्दा पनि हुन्थ्यो । चतराबाट पानी ल्याउादा भने जति कमिशन खान पाइदैन र २०३१ सम्म संस्थाकै पानीले धानकिाल्छ त्यसपछि देखाजाला भन्ने मानसिकतामा यसमा संलग्न एजेन्टहरु छन् । खानेपानी संस्थानका इन्जिनियर दिपक श्रेष्ठले लेखेरै दिनुभएको छ ८०–९० करोडमा सप्तकोशीबाट पानी ल्याउन सकिन्छ । सम्पूर्ण मिडियामा यो कुरा आइसकेका छ ।तर यो कुरा किन एडिवीका एजेन्टहरुले मानिरहेका छैनन् । जबरज्जस्ती गरिरहेका छन् । जनता मलाई चाहिािदैन म खाादिन भनदा पनि कोच्याउने काम हुादैछ । त्यसो हो भने कुनै पसलेले आफ्ना ग्राहकलाई तैले लिनैपर्छ भन्ने र एडिवीको ऋण खानैपर्छ भन्नु एउटै हो ।
द्दचतराबाट यति थोरै पैसामा पानी आउाछ भन्ने सार्वजनिक भइसकेको छ तै पनि यिनीहरुको जबरजस्तीले यिनीहरु नै नाागिदै गएका छैनन् ?
–यिनीहरुलाई नाागिन लाज छैन । मानिसलाई एकपटक नांगिदा लाज हुन्छ । पटक पटक नांगिदा के को लाज ? अहिले पानी ने नआउने बोरिङ्गमा झण्डै १२/१३ करोड खर्च गरिसकेका छन् रे । एडिवीले आफूले दिएको पैसात त्सै छोड्दैन । धराने जनताको आाखमा धुलो हालेर आफ्नो स्वार्थ पूरा गर्न सोचेका थिए । त्यो पैसाले यिनीहरु अल्झेका छन् । अब धराने जनताले हर हिसाब खोज्छन् । त्यसबेला यिनीहरुको हालत के होला ? कि एडिवीले त्यो पैसा यिनीहरुलाई खान दिएको होइन होला । सप्तकोशीबाट पानी ल्याउनुपर्छ नत्र हामीलाई एडिवीको ऋण चाहिादैन भनेर सर्वत्र विरोध भएपछि यिनीहरु तिल्मिलाउनथालेका कछन् । बोरिङ्ग गर्दा जति कमिशन भागमा पर्छ सप्तकोशीबाट ल्याउादा त्इति कमिशन भागमा नपर्ने नििशचात भमएपछि सप्तकोशीबाट पानी ल्याउन चमचाहेका हुन् ।
द्दअहिले यिनीहरुले एउटा भ्रम फैल्याउने गरेका छन् नि सप्तकोशीको पानी खानयोग्य छैन भनेर । के तयो वास्तविक हो ?
–यो सब धराने जनतालाई गुमराहमा राख्ने प्रपञ्च हो । यिनीहरुले के सम्म भन्ने गरेका छन् भने सप्तकोी पर पर सरेर जान्छ । ए बाबा कस्तो लाजमर्नु कुरा गरेका होलान् ? भ्रम फैल्ष्याउने पनि अलिकति सरम राखेर पो गर्नुपर्छ । एडिवीको वकालत गर्ने कथित बुद्धिजीविकहरुले सप्तकोशी सरेर जान्छ भन्दैछन् । यिनीहरु दलाल हुन् । दालीको पनि एउटा हद हुन्छ । सप्तकोशी सर्‍यो भने के गर्ने भने । अर्को कुरा त्यत्रो सप्तकोशी जुन पानी हिमालबाट आएको त्यो पानी चाहिा सुद हुने तर यहा खनेर निकालेको पानी चाहिा सुद्ध हुन्छ ? अलिकति लाटाले पनि पत्याउन नसकने कुरा गर्नु कमिशनको खेल हो ।
द्दसप्तकोशी सर्नेै हो भने त यतिबेला सरेर काठमाण्डौतिर पुग्नुपर्ने हैन र ?
–हाासो…हा….हा…पुग्नुपर्ने हो । यिनीहरुको नौटंकीले धराने जनता हाास्न थालेका छन् । अब धराने जनता लाटा छैनन् । जनता बेकुव छैनन् ।
द्दएडिवीको योजना अगाडि बढाउन वा लागू गर्न स्थानीय बासिन्दाको ८० प्रतिशत समर्थन आवश्यक हुन्छ भनेर प्रष्ट पारिसकेको छ । तर धरानमका ९५ प्रतिशत भनदा बढी जनता विपक्षमा छन् । तै पनि जोरजबरजस्ती किन ?
–मैले अघि नै भनिसके यो कमिशनको खेल हो । यसमा डरलाग्दो कमिशनको खेल छ । यिनीहरुले धराने जनता पहिलाको जस्तै सोझा सिधा छन् भनेर सोचे त्यो गलत हो । धरान लाहुरेहरुको सहर हो, जनजातिको सहर हो । अब कोही पहिलाका जस छैनन.। जनच धेरै जागरुक भइसकेका छन् ।
द्दसंयुक्त राष्ट्र संघको वडापत्र आइएलओ १६९ मा स्थानीय स्रोत साधन अर्थात जल, जंगल र जमिनमा स्थानइि आदिवासइीको अधिकमार रहन्छ भन्ने प्रष्ट व्यवस्था छ । धरान आदिवासी जनजातिहरुको बाहुल्य भएको सहर हो । एउटा वदेशीले आएर जल कब्जा गरी हामीमाथि नै व्यापार गर्न खोज्दैछ । तपाईहरु किन चुप लागेर बस्नु भएको ?
–हामी आदिवासी जनजातिहरुको जल, जंगलर जमिनमा अधिकार हुन्छ भनेर आइएलओ १६९ मा प्रष्ट व्यवस्था छ । यसमा कसैले जफत गर्न पाउादैन । केही बदमासहरुले यो नियमम कानुनले के फरक पर्ला ? कमिशनका लागि यिनहिरु मान्छे मार्न पनि तयार हुन्छन् । ज्यादा तर मैले बुझेको के हो भने केही आदिवासी जनजाति भनाउादाहरु नै यहाा बद्मास छन् । त्यसैले भ्रष्टाचार गर्नेहरुश्रले यहा उन्मुसक्ति पाएका छन् । उनीहरु नै समर्थन गर्छन्, राजनैतक दलमा पपिन त्यस्तै देखियो । सच्चाई र सही केही दिेखिएन । कहााबाछ आफूलाई फाइदा हुन्छ त्यसैतिरमात्र यिनीहरु लागेको देखिएको छ ।
द्दएकातिर आइएलओ सम्बन्धमा भाषण गर्ने अर्कोतिर यसैको उल्लंघनद गर्नेलाई साथ दिने यो कस्तो नीति हो ?
–यो एकदमै जबरजस्तीको नीति हो । जान्दाजान्दै बुझ्दाबुझ्दै पनि यिनीहरुले काम गरिरहेका छन् । आइएलओलाई मानेर चल्यो भने त उसलाई फाइदै हुादैन ।
द्दत्यसो भने एडिवी केही मुठ्ठीभर व्यक्तिको स्वार्थको लागि मात्र ल्याइएको हो त ?
–हो, धराने जनताको हितमा आएकै हैन, ल्याइएकै हैन । कर्मचारी तन्त्र, राजनैतिक दलका केही मुठ्ठीभरको स्वार्थका लागि मात्र ल्याइएको हो । तर म प्रष्ट पार्छु यो धरानमा आउनै सक्दैन । पाइप् गाड्ने लगायतको कुरामा टेन्डर भइसकेको भन्ने सुनिएको छ तर यहाा काम गर्न आओस न त्यसबेला थाहा हुन्छ ।
द्दभोलिका दिनमा एडिवीले संस्थान कब्जा गर्ने, पाइप गााडने काम गर्‍यो भने तपाइहरु के गर्नुहुन्छ ?
–यो त हुनै सक्दैन । मैले अघि नै भनिसके त्यसबेलाको अवस्था यिनीहरुको कल्पना भन्दा बाहिरको हुन्छ । हामी अहिले ९५ प्रतिशत जनता विरोधमा छौं । यो जान्दाजान्दै जबरजस्ती गर्‍यो भने त्यसबेलाको जिम्मेवारी उनीहरुले लिनुपर्छ । हरेृक जनताले यिनीहरुलाई खेदाउाछन् । अर्को करा पानी ल्याउन नसकने तर पाइप गाड्ने कुरा हाास्यास्पद हो ।
द्दआगामी दिनमा तपाईहरुले कसरी संघर्षलाई अगाडि बढाउदै हुनुहुन्छ ?
–हामी सशक्त ढंगले अगाडि बढ्छौं । हामी सम्पूर्ण भूपूहरु सल्लाह गर्दैछौं । हामीलाई वास्तवमा याा षड्यन्त्रपूर्वक चल्न पनि दिएको छैन । हामी दुई तीन वटा चौकमा कार्यक्रम चलायौं । डिवीको ऋण लिएर प ानी ल्इाउन खोज्दैछ भन्दै उनीहरुल्े चािहादैन भनेर सिग्नेचर गर्नुभयो । यसो गर्दा यिनीहरुले हाम्रो त्यस प्रकारको कार्यक्रम विथो.ल्न एडिवीका एजेन्टहरुले प्रहरी प्रशासन लगाए । श्यामचौकमा कार्यक्रम गर्दै प्रहरी आएर भने यसो नगरौ यहाा मारपिट हुन्छ भने । त्यसपछि हामीले त्यस्तो अभियान स्थगित गर्‍यौं । ए बाबा प्रजातन्त्रमा आफूलाइ लागेको कुरा भन्न र बुझाउन नपाइने ? प्रहरी प्रशासनलाई यिनीहरुले प्रभावमा लिइसकेका छन् ।
द्दलोकतान्त्रमा आफूलाई लागेको कुरा शान्तिपूर्ण ढंगले राख्न पाउने अधिकार सबैको हुन्छ । यसो किन गरे उनीहरुले ?
–यो केही हैन । कानुन नियीहरुलाई लागू नै हुादैन । कमिशनकै चिन्ताले नियीहरुलाई पिरोलेको छ । यिनीहरुले सोचेका होलान् हाम्रो ठूलै ग्रुप छ हामीले जसो गरेपनि हुन्छ भन्ने । मारपिट गरेर दवाएर लैजान्छौं) भनेका होलान् । त्यो नसोचे पनि हुन्छ । सचेत धराने जनताले छोड्नेवाला छैनन् ।
द्दत्यसो भए धरानमा एडिवी सफल हुन सक्दैन ?
–विल्कुल सफल हुन सक्दैन । जनता माथि यहीको स्रोत साधनमाथि व्यवहार गर्ने भएपछि सफल हुने सवालै आउादैन । ५/६ धुरमा एउटा टथाउको तुपाउने घर बनाएर आफ्नो दु:खले विहान बेलुकाको हात मुख जोरेका छन् । खुन पसिना गरेर बसेका जनताले हाल १ सय १० रुपैयाा मिनिमम चचर्च तिर्न धौ धो छ । भोलिका दिनमा एडिवीले ३ हजारसम्म मिनिमम चार्ज लगाउादा उनीहरु भोल धेरै छाडेर हिाड्नुपर्छ ।
द्दअन्यत्र सबैतिर सफल भएको एडिवीले धरानमा चाहिा अझसम्म कनि जबरजस्ती गिरेको होला ?
–यसको प्रमुख कारण यिनीहरु अर्थात धरान नगरपालिकाका तत्कालीन अधिकृत भोजराज खतिवडा, मन्त्रालयका सचिव बद्रीबहादुर कार्की, सह सचिव महेन्द्र सुब्बाले एग्रिमेन्ट गरेर आफूले पाउने कमिशन लिइसकेका होलान् । एडिवीले एक पैसा लगानी गर्दा ५ पैसा कमाउने व्यापारी हो । अब कमशन खाइसकेको हुादा यहाा जबरजस्ती गरेको हुनुपर्छ । बुटवलमा एडिवीको पाइप नै उखेलेर फाले भोलिका दिनमा धरानका जनताले पाइप्मात्र हैन के के फाल्छन् त्यतिबेलै थाहा हुन्छ । धराने जनता त्यसै चुप लागेर बसेका छ्रनन. । अहिले धरा नगर सचिवमा टिकादत्त राई आउनु भएको छ । विरोध गर्नेलाई म ठिक लाउछु भन्छ रे । कहीा यस्तो नहोस् अरुलाई टिक लाउदा लाउदै आपै ठिक हुनु नपरोस् ।
द्दबााकी केही छ कि ?
–यति ठूलो ऋण जनप्रतिनिधिविहीन अवस्थामा लिनुहुादैन । देश संघीयतातर्फ गइरहेको छ । जसो तसो गरेर अहिले फाइदा उठाइहालौ भन्ने मनस्थितिमा छन् । भोलि यसको रिसक्स कस्ले लिने ? त्यसैले एडिवीको ऋण जनतालाई स्वीकार्य छैन ।

तपाईको प्रतिक्रिया