हत्यामा संलग्न एक जना पक्राउ

धरान/ केही समय अगाडि विष्णृुपादुका गाविस वडा नं. ६ अछामे डााडामा हत्या गरी फरार रहेका एक युवकलाई धरान प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
भोजपुर, हसनपुर गावि वडा नं. ७ बस्ने बर्ष १९ का चित्रबहादुर मंग्रातीको हत्यामा संलग्न रहेका दुई जनामध्ये संखुवासभा दिदिङ्ग गावि स वडा नं. २ बस्ने बर्ष २१ का विचारी भनिने विक्रम राईलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न अर्का उदयपुर त्रिजुगा नगरपालिका वडा नं. १५ बस्ने बर्ष २५ को गम्भीरबहादुर दनुवार भने अझै फरार रहेको र प्रहरीले खोजतलास जारी राखेको बताएको छ ।
उनलाई प्रहरी निरीक्षक मुकुन्द रिजालको टोलीले भोजपुरको दिङ्गलाबाट दुई दिन पक्राउ गरी पक्राउ गरेको
थियो ।
धरान १० मा रहेको भिआरसी मासु पसलमा काम गर्ने तीनै जना लिम्बुवान बन्दको समयमा पसल बन्द भएपछि घुम्नका लागि विष्णुपादुकाकको अछामे डााडामा गएका थिए । तीनजनामध्ये चित्रबहादुर मंग्रातीको शव भोलिपल्ट अर्थात मंसिर १ गते मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्यामा संलग्नलाई खोजी कार्य तिब्र बनाएको र एक जनालाई पक्राउ गर्न स फल भएको र अर्कोको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई ज्यान मारेको अभियोगमा मुद्दा चलाइसकिएको समेत उहाले जानकारी दिनुभयो ।
यस्तै धरान प्रहरीले धरान १० शमशेर बहादुर वर्देवाको घरबाट तास खेल्दै गरेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० जना पुरुष र दुई जना महिला रहेको डिएसपी थापाले जानकारी दिनुभयो । उनीहरुलाई समाजमा शान्ति सुरक्षा खलल गरेको आरोपमा मुद्दा चलाइने डिसपी थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया