नेवारी सास्कृति जोगाउन उत्सवको आयोजना गरिने

धरान/ आफ्नो संस्कृति र खानपिनको विषयमा जानकारी दिने उद्देश्यले नेवारीहरुको युवा संघ नेवा: ल्याय्म्ह पुच: ले मंसिरको अन्तिम सातादेखि धरानमा तेस्रो यमरी साास्कृतिक तथा पर्यटन उत्सवको आयोजना गर्ने भएको छ ।
संस्थाले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी मंसिर २५ गतेदेखि २९ गतेसम्म धरान ६ स्थित रहेको शिक्षा निकेतन उच्च माविको प्रांगरणमा उत्सवको आयोजना गर्न लागेको जानकारी दिएको छ ।
धरानमा २ दर्जनभन्दा बढी नेवारी संस्थाहरु छन् । उनीहरुले आ आफ्नो ढंगबाट नेवारी सास्कृतिलाई जोगाउने काम गरिरहेको समयमा नेवारी युवा संस्थाले समेत आफ्नो संस्कृतिलाई युवा पुस्तामा जागृत गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नेवा: ल्याय्म्ह पुच: का अध्यक्ष दिपेश श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समयमा नेवारी समुदायको आफ्नो भाषा, लिपी, संस्कृति र रितिरिवाजहरु लोप हुदै गएको भन्दै यसलाई जीवन्त राख्नको लागि समेत उत्सवको आयोजना गर्न लागिएको उहाले जानकारी दिनुभयो ।
पााचदिनसम्म चल्ने सो उत्सवमा नेवारी समुदायको मात्र हैन विभिन्न जातिको झाकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम, शारीरिक सुगठन प्रतियोगिता लगायतका कार्यक्रम रहने आयोजकले जानकारी दिएको छ । उत्सवमा राष्टिूय स्तरका कलाकारहरु दिपक बज्राचार्य, नलिना चित्रकार, एडमिन प्रधान लगायतले सुमधुर गीत पस्कने समेत आयोजकले जानकारी दिएको छ ।
८ लाख ५० हजार अनुमानित बजेट लाग्ने सो उत्सवमा स्टलबाट २ लाख, प्रवेश शुल्कमा २ लाख, प्रायोजनबाट २ लाख उठाउने र स्थानीय निकाय धरान नगरपालिकाले ५० हजार सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।
नेवारीहरुको एक प्रकारको खानाको रुपमा लिएको एमुरी अन्नपूर्ण देवतालाई चढाई त्यस बर्षको उत्पादन भित्र्याउने चलन अनुरुप प्रत्येक बर्ष मनाउने प्रचलन रही आएको छ । विशेष गरी यो खानाको नामबाट नेवारी संस्कृति र परिकारको संरक्षण गर्न उत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया