धरानमा पूर्वाञ्चलका १६ जिल्लाका बुद्धिष्टहरु एकै ठाउ“मा

धरान÷धरान १५ स्थित रहेको ङाग्युर ञीङ्मा ङ्युङने ल्हाखाङ गुम्बाको आयोजनामा १० करोड बज्र गुरु जप तथा गुरु छेम्मे नृत्य सम्पन्न भएको छ ।
कार्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म आयोजित उक्त धार्मिक कार्यक्रममा तिब्बतका २१ औं अवतारी बौद्ध धर्मगुरु दुस्योम साङ्गगे पेमा सेपा रिम्पोछे, तिब्बतकै सातौ अवतारी सिम्दा गेठुल रिम्पोछे, प्याल्सा गुम्बाका निमा साङ्गपो पेमा सेवा रिम्पोछे, टुल्कु ज्यामया वाङपो रिम्पोछेका साथै विशेष गरी पूर्वाञ्चलसँगै देशैभरिका गुम्बाका खेम्पो तथा लोपेनहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ओम आँ हूँ बज्र गुरु पद्य सिद्धि हूँ जप गरिएको थियो भने २१ औै अवतारी रिम्पोछेबाट आर्शीवाद ग्रहण गरिएको थियो । बौद्ध धर्मदर्शन अनुसार ओम, आ, हूँ जप्नाले अहंकारको आवरण सुद्ध भएर जाने, बज्र जप्नाले द्वेषगत आवरण शुद्ध भएर जाने, गुरु जप्नाले क्रोध आवरण शुद्ध भएर जाने, पद्य जप्नाले रिस आवरहण शुद्ध भएर जाने, सिद्धि जप्नाले इश्र्या, अज्ञानता शुद्ध भएर जाने, हूँ जप्पनाले क्लेश र दुःख शु भएर जाने विश्वास गरिन्छ । कार्यक्रमको प्रमुख उद्देश्य हिमाली क्षेत्रमा बसोबास गर्ने जातजाति तथा बौद्धमार्गीहरुको संस्कार सँस्कृतिको जगेर्ना, एक नम्बर प्रदेशमा रहेका बौद्धमार्गीहरु लगायत अन्य जातजाति मिली धार्मिक हिष्णुता कायम गर्ने, बौद्ध सँस्कार, सँस्कृति, भाषा, लिपी, अध्ययन, अध्यापन केन्द्र स्थापना गर्ने, लोप हुदै गएको बौद्ध धरोहरहरु, मूर्तिकला, थाङ्गका कला लहरे माने, स्तुपा, चैत्य बौद्ध जस्ता पुरातात्विक राष्ट्रिय सम्पत्तिको  संरक्षण साथै सम्बद्र्धन गर्ने र गराउने, विभिन्न ठाउँका गुम्बामा रहेका लामा गुरुहरुलाई ध्यान, योग तथा अध्ययनमा टेवा पु¥याउन, धरानलाई बौ्द्ध धर्म शिक्षा केन्द्रको रुपमा विकास गर्न, बौद्ध दर्शन, बौद्धयोग र विस्पना ध्यान केन्द्र खोली ज्ञान दिनु नै रहेको गुम्बाका अध्यक्ष लोकबहादुर थिङले बताउनुभयो ।


२१ औं अवतारी तिब्बती बौद्ध गुरु कार्यक्रममा सहभागी हुन धरान आउनु हुदा पूर्वञ्चलका १६ जिल्लाका बौद्ध धर्मालम्बीहरुले धरानको तीनकुनेदेखि नै भव्य स्वागत गरेका  थिए ।

तपाईको प्रतिक्रिया