नेपालको सन्दर्भमा ः अल्पविकसितबाट विकसित राष्ट्रमा बंगलादेशको प्रवेश अत्यन्तै कठीन अवस्थाबाट आजको अवस्थामा आइपुगेका हौ–राजदूत साम्स

धरान÷नेपालका लागि वंगलादेशी राजदूत मास्फी विन्ते साम्सले ४८ बर्ष अगाडि स्वतन्त्र भएको बंगलादेश अत्यन्तै कठीन अवस्थाबाट अल्प विकसित राष्ट्रको सूचिबाट माथि उक्लिएर विकसित राष्ट्रको रुपमा स्थापित भएको बताउनु भएको छ ।
नेपालको सन्दर्भमा अल्पविकसितबाट विकसित राष्ट्रमा बंगलादेशको प्रवेश सम्बन्धी आइतबार धरानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बंगलादेशकी राजदूत साम्सले उक्त कुरा बताउनु भएको हो । नेपालस्थित बंगलादेश


राजदुतावास र नेपाल बंगलादेश फ्रेन्डससीप सोसाइटी इन इस्टर्न नेपालको आयोजनामा सुनसरी उद्योग वाणिज्य संघ धरानको मिलेनियम हलमा आयोजित कार्यक्रममा राजदूत साम्सले भन्नुभयो ४८ बर्ष अगाडि बंगलादेश स्वतन्त्र हुँदा अर्थतन्त्र ध्वस्त थियो, उद्योग धन्दा थिएन, व्यापार व्यवसाय चौपट्ट थियो, शैक्षिक गतिविधि ठप्प थियो ।
वंगलादेश स्वतन्त्राका पिता मजिवुर रहमानले गर्नुभएको मेहनत, त्याग, इमान्दारितासँगै त्यसपछिका नेतृत्वले देखिाएको कार्यकौशलता र हालकी वंगलादेशी प्रधानमन्त्री शेख हसिनाको कुशल नेतृत्वले वंंगलादेश अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा अग्रसर भएको राजदूत साम्सको कथन थियो । सन् २०३० सम्ममा वंगलादेशको ग्लोबल ग्रोस डोमेस्टिक प्रोडक्ट संसारका ७५
राष्ट्रमध्ये २६ औं स्थानकमा पुग्ने ग्लोबल रिसर्चको रिपोर्टले देखाएको समेत  राजदूत साम्सले बताउनुभयो । उहाँले भन्नुभयो वंगगलादेश डिजिल भइसकेको छ, अर्थतन्त्र डिजटिल छ, देश निर्माणका लागि विदेशीसँग ऋण लिनु परेन, आÏनै मेहनतले अगाडि बढेका हौं । बंगादेशको रेमिटेन्स समेत उच्च रहेको भन्दै राजदूत साम्सले शिक्षा, उद्योग धन्दा, हाइड्रो , रोजगारी, यातायात लगायतका क्षेत्रमा बंगलादेशले फड्को मारेको छ । उहाँले अगाडि भन्नुभयो नेपाली जनता लामो समय प्रजातान्त्रिक लडाइमा लागे र पनि यहाँ धेरै विकास भएको छ । वंगलादेशबाट नेपालले के के फाइदा लिन सक्छ भन्ने कुरामा नेपालले अध्ययन गर्नुपर्छ । वंगलादेश र नेपाल सार्क र विमस्टेक सदस्य राष्ट्र पनि हुन । वंगलादेश, नेपाल र भारतका बीच समन्वय हुनुपर्छ भन्दै राजदूत साम्सले नेपालमा जन्मेका भगवान बुद्ध संसारमै प्रसिद्ध छन् दवै देशबीचमा त्रिदेशीय बस सेवामात्र होइन रेल कनेक्टिभिटीको सम्भावना समेत रहेको बताउनुभयो । १६ करोड जनसंख्या भएको बंगलादेशको बजार नेपाली उत्पादनका लागि महत्वपूर्ण छ, ३०हजार बंगलादेशीहरु प्रत्येक बर्ष नेपाल भ्रमणमा आउँछन् तर उनीहरु काठमाण्डौबाटै फर्कन्छन् । कञ्चनजंघा हेर्न उनीहरु दार्जिङ्ग पुग्छन् वंगलादेशी पर्यटकहरुलाई कञ्चनजंघाको बारेमा बझुाउन सक्दा उनीहरु नेपालको पूर्वी भागमा आउँछन् । उहाँले नेपालका व्यवसायीहरु चिया, कफि, हेन्डिग्राÏट लगायत दर्जनौ उत्पादन वंगलादेश निर्यात गर्न आगह समेत गर्नुभयो ।


पदेश नं. १ का वन तथा वातावरण पर्यटन मन्त्री जगदिश कुस्यैतले ४८ बर्ष अगाडि स्वतन्त्र भएको बंगलादेश हरेक दृष्टिले अगाडि बढेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो नेपाल भन्दा ५ किमी मात्र ठूलो देश बंगलादेश चाहना र इच्छा शक्तिकै कारण अगाडि बढेको हो । प्रदेश नं. १ सातै प्रदेशको तुलनामा हरेक दृष्टिले अगाडि रहेको छ । स्रोत, साधन, धार्मक दृष्टि जस्तै कोशी टप्पुका अर्ना,
रामधुनी, बराहक्षेत्र, हलेसी, पाथिभरा, कञ्चनजंघा मकालु जस्ता ठाउँमा बंगलादेशी पर्यटक भिœयाउन सके पूर्वाञ्चलको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने थियो । उहाँले प्रदेश सरकारले चाँडै नै पर्यटकहरुलाई ध्यानमा राखेर जोगवनी, भण्टाबारी, पशुपति नगर, काँकडभिट्टामा अध्यागमन कार्यालयको स्थापना गर्र्दैछ । यस सम्बन्धी निर्णय भइसकेको प्रष्ट पार्दै मन्त्री कुस्यैतले संघीय सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने संकल्प गरिसकेको बताउनुभयो । बंगलादेशसँग नेपालको ऐतिहासिक सम्बन्ध भएकोले विराटनगर एयरपोर्टलाई अन्तर्राष्ट्रिय विमान स्थल बनाएर सिधै बंगलादेशसँग जोड्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।


व्यवसायी एवम्. सुनसरी उद्योग वाणिज्य संघका पूर्व बरिष्ठ उपाध्यक्ष कृष्णकुमार अग्रवालले इकोनोमिक प्रोपर्टी अफ नेपाल
रिलेटेड टु बंगलादेशका सम्बन्धमा विस्तृत जानकारी गराउनु भएको थियो । उहाले भन्नुभयो धरान वंगलादेशसँग दूरीका हिसाबले निकट रहेको छ । नेपाल–बंगलादेश आयातनमा करिब करिब उत्रै छ । नेपाल १ लाख ४७ हजार १ सय ४१ स्क्याएर फिट छ भने वंगलादेश १ लाख ४७ हजार ५ सय ७० स्क्वायर फिट छ । नेपाल र वंगादेशबीचमा सन् १९७६ देखि नै व्यापार हुँदै आएको र हाल १०८ वटा सामान अर्थात नेपाली उत्पादन बंगलादेश निर्यात हुदै आएको बताउनुभयो । आज बंगलादेश विकसित राष्ट्रमा फड्को मार्न पुगेको छ भने नेपाल अल्प विकसित
राष्ट्रमै खुम्चिएको छ । अब नेपालले बंगलादेशको समृद्धिबाट पाठ सिक्नुपर्ने र सोही अनुरुपको प्रविधि विकास गर्दै लैजान आवश्यक भएको समेत उहाले बताउनुभयो ।
नेपाल बंगलोश फ्रेन्डसीप सोसाइटी इन इस्टर्न नेपाल धरानका अध्यक्ष डा. खालिद हुसैन हकको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा युवा पर्यटन व्यवसायी बासु बरालले पनि पूर्वाञ्चलका पर्यटनका सम्भावनाका बारेमा बुँदागत प्रस्तुति दिनु भएको थियो भने वंगलादेशका राजदूताबासका प्रथम सचिव महवुल हकले समेत आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सोसाइटीका सचिव खगेन्द्र खतिवडाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया