अब सुनचादीको भाउ डिजिटल डिस्प्ले बोर्डमा

धरानको कृषि उपज बजारले बजारमा भएको तरकारी तथा फलफूलको भाउ डिस्प्ले बोर्डमार्फत सार्वजनिक गर्दा धेरै व्यापारी तथा उपभोक्ताहरु लाभान्वित भएका छन् । यसले उपभोक्ताहरु ठगिन बाट जोगिएका छन् । यस्तै डिस्प्ले बोर्ड अब सुनसरीका सुनचादी व्यवसायीहरुले समेत राख्न शुरु गरेका छन् ।
सर्वसाधारणलाई सुनको भाउ थाहा नहुदा ठगिने समाचार बाहिरिएने गरेको अवस्थामा सुनचादी व्यवसायीहरुले नै अहिले डिस्प्ले बोर्ड राखेकोप्रति
सर्वसाधारणले समेत सकारात्मक रुपमा लिएका छन् ।
सुनसरी सुनचाँदी व्यावसायी संघले सोमबार एक कार्यक्रमको आयोजना गरी डिजिटल डिस्प्लेको उद्घाटन समेत गरेको छ । डिस्प्लेको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले सुनसरी उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रमबीच उदघाटन गर्नुभएको हो । संघका जिल्ला अध्यक्ष किसन मास्केले पहिलो चरणमा ५० वटा डिस्प्ले राखिएको जानकारी दिदै नेपाल सुनचाँदी व्यावसायी महासंघ काठमाडौबाट दैनिक ११ बजे सुनचाँदीको नयाँ दरभाउ खोल्ने वित्तिकै डिजिटल डिस्प्लेमा देखाउने बताउनुभयो ।
संघका अनुसार डिस्प्लेमा सफ्टवेयर कनेक्ट गरिएको ‘मेमोरी चिप्स’ राखिएको छ । उक्त चिप्सबाट महासंघका सदस्यहरुले राखेको डिस्प्लेमा एक साथ सुनचाँदीको दैनिक दरभाउ देखिनेछ ।
यसअघि, कागजमा दरभाउ लेखेर व्यावसायीहरुलाई वितरण गर्नुपर्ने बाध्यता थियो ।

तपाईको प्रतिक्रिया