धरान÷ प्रतिष्ठानमा उपचारमा आएका डेंगुका विरामी तराईका विभिन्न स्थानका हुन गरे पनि पछिल्लो समयमा यो रोगको संक्रमण धरानमा समेत पाइएको छ । एडिज लामखट्टेको टोकाइबाट सर्ने यो रोग धरानमा दुई बर्ष अगाडि अर्थात २०७३ मा धरान १६ की १३ बर्षीया एक बालिकामा भेटिएको थियो भने ०७४ सालमा शून्य
रहेको थियो । तर यस बर्ष भने धरानमा ८ जनालाई डेंगु रोगको संक्रमण देखिएको छ ।
डेंगु रोगको संक्रमण अहिले देशका विभिन्न स्थानमा माहामारीको रुपमा फैलिएको छ । राजधानी काठमाण्डौ लगायत पूर्वको झापा, मोरङ हुदै सुनसरीको
धरानमा समेत यो रोगको संक्रमण
महामारीको रुपमा देखा परेको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीहरु धेरै जसो तराईका विभिन्न स्थानबाट डेंगु संक्रमण लागेर आएका हुन्थे । तर पछिल्लो समय धरानमा समेत यो रोगका संक्रमण बढेसंगै धरान उपमहानगरपालकाले यसको नियन्त्रणमा गम्भीरता देखाएको छ ।
धरानमा कार्तिक अन्तिम सातादेखि अहिलेसम्म ८ जनालाई डेंगुरोगको संक्रमण भएको पाइएको छ । धरान उपमहानगरपालिका वडा नं. १५ बाट दुई जना, वडा नं. ८, ९, १०, १६ र १७, १८बाट एक÷एक जना गरी जम्मा ८ जनालाई डेंगुको संक्रमण देखिएका हो । डेंगु संक्रमणका ती विरामीहरु केहीलाई विजयपुर अस्पताल र केही विरामीलाई धरानस्थित बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइएको थियो ।
धरानमा डेंगु रोगका विरामीहरुको संक्रमण बढ्न थालेपछि धरान उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि स्प्रे छर्ने कामलाई तिब्रता दिएका छ । धरानका २० वडामध्ये वडा नंं ४, ५, ६ र २० नंं वडा बाहेक अन्य वडामा स्प्रे छर्किसकिएको धरान उपमहानगरपालिकाका जनसंख्या फोकल पर्सन तथा स्वस्थ्य संयाजक घनश्याम सिग्देलले बताउनुभयो ।
धरानमा समेत प्रदुषण बढ्दै गएका कारण फोहोर पानी बगेको स्थानमा लामखुट्टेले लार्भा उत्पादन गर्ने भएकोले उपमहानगरपालिकाले त्यस्ता ठाउको पहिचान गरी लार्भा नष्ट गर्ने अभियान चलाउने बताउनुभयो ।
यता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले यो मौसममा डंगुका विरामीहरुको संख्या अन्य समयको तुलनामा बढी आउने गरेको बताउछन् । चिकित्सका अनुसार डेंगु ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र त्यो लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगू ज्वरोको रोगीको रगत अरुलाई चढाउदा अङ्ग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ । डेंगू भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । यो ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ । डेंगू भाइरसको संक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. अरुण कुमार सिंहले बताउनुभयो ।
यो भाइरसको सङ्क्रमणले गर्दा लाग्ने रोग हो । डेंगू रोग मानिसबाट मानिसमा सोभैm सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन । चिकित्सकका अनुसार एडिस एजेप्टाई जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामुखुट्टेले जमेको सफा पानीमा लार्भा हुर्काउछ । डा.सिंहका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट संक्रमण हुने भएकोले घर र वरिपरी पानी जम्न नदिने,
सरसफाई गर्नु पर्ने सुझाव दिनुहुन्छ ।
धरानमा बर्षेनी डेगुं संक्रमितको संख्या बढ्दै गएपछि धरान उपमहानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय र वीपी
कोइराला स्वास्थ्य प्रतिष्ठान धरानसंगको सहकार्यमा सचेतना कार्यक्रम तथा
रोकथामका लागि पहल गर्ने कामलाई तिब्रता दिएको छ ।
डेंगो रोगको उपचार कठिन भएको बताउदै डेंगो लागिसकेपछि मुखबाट वा नसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ । चिकित्सकहरुले डेंगो लागेको शंका लागेमा तत्काल उपचारका लागि नजिककको अस्पताल जान आग्रह गरेका छन् । लामखुटेको टोकाइबाट हुने यो रोगबाट बच्न घरका वरिपरि भएका फोहोर, खाल्डाखुल्डी पुर्नपर्ने र राती सुत्दा मच्छेटदानी लगाएर सुत्नुपर्ने उनीहरुकोे सुझाव छ ।

