नेवा ः मिसा दवुको दोसो स्थापना दिवस सम्पन्न

धरान÷ नेवारी महिलाहरुको छाता संगठन नेवा मिसा दवुले दोस्रो स्थापना दिवश मनाएको छ । दुइवर्ष अघि गठन भएको मिसादवुको केन्दियकार्यालय काठमाडौ रहेतापनि स्थापना दिवश भने सुनसरीको धरानमा सम्पन्न भएको छ । दोस्रो स्थापना दिवशमा सहभागी हुन काठमाण्डौ, चितवन, पाल्पा, पाटन, दोलखा, सिन्धुपल्चोक, उदयपुर, दमौलीलगायत विभिन्न स्थानवाट नेवारी परम्परागत भेषभुषामा महिलाहरु उपस्थित भएका थिए । स्थापना दिवशकै अवसर पारेर कार्तिक ३० गते नेवा मिसा दवूले सुनसरी उधोग वाणिज्य संघको सभाहलमा छैटौ वैठक र धुलीखेल समाजको सभाहलमा प्रशिक्षण क्रार्यक्रम पनि सम्पन्न गरेको आयोजकले जनाएको छ । दवुले दोस्रो स्थापनादिवश सग्ौ १ नम्वर प्रदेश समिति गठन पनि गरेको छ । विमला प्रधानअध्यक्ष र इन्दु श्रेष्ठ उपाध्यक्ष रहेको प्रदेश समितिमा २१ सदस्य कार्य समिति रहेको कार्यक्रम संयोजक इन्दु श्रेष्ठले जानकारी दिएकी छन् । प्रदेश समितिमा पूर्वी पहाडी जिल्ला खोटाङ्ग, दिक्तेल, तेरहथुम, धनकुटा, मोरङ्ग, झापा, सुनसरी, गरी जिल्लावाट समेत सदस्य चयन गरिएको छ । नेवारी महिलाहरुलार्इ अव चुलाचौकामात्र सीमित नराखी आफ्नौ मौलिक संस्कृति जगर्ने गर्ने जिम्मेवारी महिलाहरुको पनि भएको कार्यक्रमकी प्रमुख अथिति १ नम्वर प्रदेश सभासद सावित्री जोसीले वताउनुभयो । यसैगरी नम्वर प्रदेश सभासद उमिदा बराइलीले ैनेवारी समुदायका महिलामात्र हैन सबै जातजातिका महिलाहरु अब आफ्नो पहिचानलाई जोगाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेवारी महिलाहरुको हकहितकालागी सधै अवग्रसररहनु हुने र सामाजिक क्षेत्रमा लामो समय सम्म समाज सेवामा नेपाल रेडक्रस सोसाइटीकी पूर्व केन्द्रीय उपाध्यक्ष
सरला कायस्थलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्ष्ता नेवा मिसा दवु केन्द्रियअध्यक्ष रसमिला प्रजापतिले गर्नुभएको थियो ।
त्र

तपाईको प्रतिक्रिया