सेमिफाइनलमै रोकियो नेपालको यात्रा, भारतसँग १–० ले पराजित

पाँचौं अन्तर्रा्ष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा नेपाल सेमिफाइनलमै
रोकिएको छ । गुवाहाटी रंगशालामा आइतबार भएको खेलमा भारतको मनिपुरले नेपालको सिएमजी भेट्रान क्लबलाई १–० गोलले हरायो ।
अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा त्यति जम्न सकेन ।
नेपालले समूह चरणको पहिलो खेलमा भारतको डिमापुरलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा मेट्रो आसामलाई गोलरहित बराबरीमा रोकेको नेपालले तेस्रो खेलमा आसामलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।
भारतको युनाइटेड ब्रदर्स क्लबले आयोजना गरेको प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया