धरान÷धरान ५ देउरालीमा आइतबार राति आगलागी भएको छ ।
स्थानीय बीरबहादुर राईको घरमा आइतबार राति १० बजेको समयमा आगलागी हुदा नगद ३ लाख १० हजार सहित एक तले काठको टाढे घर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
आगलागी विजुली सर्ट भएर भएको प्रहरीको भनाई छ । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीको समयमा राई दम्पति घर बाहिर रहेका थिए । अकास्मता आगो लागेके देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । आगलागी नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको दुई वटै दमकल प्रयोग गरिएको थियो भने प्रहरी, स्थानीय बासिन्दाले आगो नियन्त्रणमा सहयोग पु¥याएका थिए ।
