धरान÷धरान छिमेकी युवा समूहले तिहारको समयमा प्रत्येक बर्ष आयोजना गर्द्र आएको छिमेकी साझ यस बर्ष पनि कार्तिक १९ गते आयोजना गरको छ ।
विगतमा गरेको आयोजना भन्दा यस बर्ष भने छिमेकी समूहले पृथक ढंगले आयोजना गरेको थियो । सोमबार साझ आयोजना भएको कार्यक्रममा यस पटकबाट भने ‘छिमेकी राइजिङ्ग स्टारको खोजी गदैै नया प्रतिभालाई स्थान दिएको छ । कार्यक्रमसंगै भएको प्रतितयोगितामा ६ जना नव गायक तथा गायिकाले प्रतिष्पर्धा गरेका थिए । जसमा धरान १६ की समिता लिम्बुले राइजिङ स्टार’ उपाधी जितेकी थिइन् ।
छिमेकी युवा समूहले ‘२० औं छिमेकी साँझ(२०७५’ को अवसरमा आयोजना गरेको प्रतियोगितामा लिम्बुले आफ्ना ५ प्रतिस्पर्धीलाई पछि पादै लिम्बू ‘छिमेकी राइजिङ स्टार’ बनेकी हुन् । उनले आफ्नो सुरीलो स्वरमा ‘शान्ति लुकाउ कहाँ….।’ बोलको गीत स्टेजमा गाएकी थिइन् । विजेता बनेसंगै उनले नगद २५ हजार रुपैयाँसहित टूफी हात पारिन् । उनलाई पुरस्कार एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई र छिमेकी समूहका अध्यक्ष राजेन्द्र राईले प्रदान गरे । निर्णायकहरुमा गायक मनोहर शाक्य र संगीतकारद्वाय राजु थापा र भानु थापा थिए । धरान–१२ स्थित चतरा लाइनमा सोमबार
राती सम्पन्न ‘२० औं छिमेकी साँझ(२०७५’ को अवसरमा छिमेकीले पहिलो पटक गायन प्रतियोगिता गराएको हो । धरान संगीत प्रतिष्ठानको सहकार्यमा केही दिनअघि मात्र अन्तिम प्रतिस्पर्धाका लागि ६ जनालाई छनौट गरिएको थियो । अडिसनमा धरानभरिका जम्मा ८० जनाको सहभागीता
रहेको थियो । उक्त साँझमा चर्चित गायिका मेलिना राईले पनि धराने आफ्ना फ्यानहरुलाई नचाइन् ।
रातको करिब ११ बजेतिर स्टेजमा उक्लेकी मेलिनाले चलचित्र नोभेम्बर रेनको ‘चाहाना मेरो’ बोलेको गीतबाट आफ्नो प्रस्तुती प्रारम्भ गरिन् । उनले आफ्ना नयाँ पुराना आधा दर्जन गीत प्रस्किन भ्याइन् । धराने फ्यानहरुले ‘वान्च मोर’ भन्दै चिच्याउन थालेपछि मेलिनाले लगातार ‘तिमीले बाटो फेरेउ अरे’, ‘नाच फिरीरी’, ‘चरी जस्तै उड्न पाए’, ‘माछिले खाने खोलीको लेउ, आए म त कान्छा तिम्रो छेउ’लगायतका आफ्ना चर्चित गीतहरु पस्केकी थिइन् । मेलिनालाई प्रत्येक गीतमा दर्शकहरुले संगै गाएर साथ दिएका थिए । वेला वेला मेलिनाले धरानको प्रशंसा समेत गर्न भ्याइन् उनले भनिन्, ‘धरान कत्ति सफा सहर छ, काठमाडौ त धुलै धुलो छ ।’ धरानेहरुको मन पनि सफा छ होला है ।’ कार्यक्रम हेर्न आएका अधिकांस दर्शक मेलिनाको गीतमा कर्मर मर्काइ मर्काइ नाचेका थिए । यसैगरी, गायक तथा बराह इन्डष्ट्रिज पालिका अध्यक्ष शिब लामिछानेले पनि लाइभ म्यूजिकमार्फत आफ्ना प्रस्तुती दिएका थिए । छिमेकीले उनलाई ‘बहुआयामिक व्याक्तित्व’ को रुपमा सम्मानित् समेत गरेको थियो । यस्तै, गायिका प्राश्ना शाक्यले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् । साथै, गायक कृष्ण राजा श्रेष्ठ, मेरी शाक्यालगायतले पनि आफ्नो प्रस्तुुती दिएका थिए । खेलकुद क्षेत्रमा योगदान गरेका
धरानका पूर्व फुटबल खेलाडी विरु
राई र कुमार सुब्बालाई सम्मानित गरिएको थियो । राई र सुब्बा २०३५ सालको त्रिभुवन गोल्डकपको विजेता समेत हुन् । उनीहरुले त्यतिबेला छिमेकी–१२ (हालको छिमेकी यूवा समाज)बाट सहभागीता जनाएका थिए । कार्यक्रमबाट सञ्चित भएको रकम छिमेकीको विग्रिएर थन्किएको एम्बुलेन्स मर्मतमा खर्च गरिने समूहका अध्यक्ष राईले बताए । ‘छिमेकीको १५ वर्षदेखि सञ्चालन गदै आएको एम्बुुलेन्स छ , अहिले ग्यारेजमा थन्किएको छ, कार्यक्रमबाट सञ्चित भएको रकम एम्बुलेन्सको मर्मतमा खर्च गर्नेछौं ।’ उनले भने ।

