पिपिएलको पहिलो उपाधि पोखरा पल्टनको पोल्टामा, पायो २७ लाख

पोखरामा भएको पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि
पोखरा पल्टनले जितेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको फाइनल भीडन्तमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावाकरको पोखरा पल्टनले उपाधि चुमेको हो ।
चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल बाँकी छँदै भेटाएको थियो । पोखराका लागि ओपनर रवी इन्दर सिंहले ५८ बलमा ९० रन हाने । यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको चितवनले ५ विकेटको क्षतिमा १६० बनाएको थियो। कप्तान पारसले ३७ बलमा ५१ रन बनाएका थिए । अर्का ब्याट्सम्यान सन्नी पटेलले २१ बलमा ४ छक्कासहित ४३ रन हानेका थिए ।
उपाधि चुमेसँग पोखरा पल्टनले २७ लाख रूपैयाँ हात पारेको छ भने उपविजेता चितवनले १० लाख पाएको छ ।

तपाईको प्रतिक्रिया