झुक्केर पुगेछन्
उपचार गर्न भनेर हिडेका प्रदेश नं. १ का मुखमन्त्री बाटो भुलेर अम्रिंका पुगे छन् । थाइल्याण्ड जान्छु भनेर हिड्या थे विचरा झुक्केर अम्रिका पुगेपछि यतिबेला उन्को खोइरो शुरु भएको छ । वित्था किन खोइरो खन्या होलान् ? झुक्केर पुग्या त हुन नि । तर अम्रिका पुगेर अलिकति दादागिरी चाहिँ देखाएछन् । देखाउनै नै भए नि † आखिरी दुई तिहाई वहुमतको मुख मन्त्री पो हुन त अनि दादागिरी देखाउदैनन् त ? बल्ल बल्ल झुक्केर, बाटो विराएर अम्रिका पुगेका राईका विरुद्धमा समाचार लेखने लोकमणि राईलाई राईका हनुमानले बजाएछन् । मुखमन्त्री विदेश जाँदा संघीय सरकारसँग अनुमति लिएर जानुपर्ने हुन्छ तर राईले त्यसो गरेनन्, अनुमति लिएनन् भनेर समाचार घस्काएछन् । त्यसरी सामाचार घस्काएसी’ राईको कन्पारो तात्ने नै भयो । विदेश घुम्न अरुले पो अनुमति लिनुपर्छ त संघमा अनि प्रदेशमा समेत दुई तिहाई बहुमत भा’का मुख मन्त्रीले अनुमति लिनै पर्दैन । कि कसो हौ ?
–छुलछुले
सुध्रेका कि खुस्केका ?
यसपालिको तिहारमा अचम्मै भयो । धर्मकर्म नगर्ने, टीकाटालो नगर्ने, माक्र्स र लेनिको फोटो पूजा गर्ने नेपालका कम्युनिस्टहरु सुधे्रका हुन् कि खुस्केका हुन । सुध्रेकै हुन क्यारे ? भटाभट भाइटिका लगाए । उल्कै भयो यिन्लाई भगवानले सदबुद्धि देका हुन कि खुस्केका हुन. ? खप्रओले वाल्टाराँ टीका टँसाउन लगाएछन् । पहिला पहिला कम्निस्ट विग्रदा पञ्च बन्थे अब अहिले विग्रदा धर्मकर्म मान्ने हुँदा रै’छन् क्यारे ।
राष्ट्रपति भण्डार्नी बज्यैले शितल निवासमा भाइटिको टाँसिछन् । सबै भन्दा उल्काचाहिँ के भएछ भने २० बर्ष अगाडि क्रिश्चियन भाका कृष्णबहादुर महराले नि यसपटक भाइटिका लगाएछन् । क्रिश्चियनहरुले त टीका लगाउदैन् । यिन्ले लगाएर गज्जबै नाटक मञ्चन गरेछन् । भाइटिका लगाउने सबै कम्निष्टहरु एकैपटक खुस्केका छ हैन होलान् ? पक्कै सद्बुद्धि पलाएको होला ।–लुखुरे
पत्रकारलाई दिनु
हाम्रा पर्धानमन्तरी खप्रओले अस्तिका दिन भाइटीका लगाए । दिदी बहिनीले द्या खित्रिङ्गमित्रिङ्ग खानेकुरामा काजु किसमिस पनि रै’छ । काजु किसमिसबाहेक सबै कुरा राखेछन् । काजु किसमिसचाहिँ पत्रकारलाई दिनु भनेर आफ्ना आसेपासेलाई अह्राएछन । हैन हौ पत्रकार भन्या काजु किसमिस चपाउनै नपाउने जातमा परेछन् कि क्या हो ? कि पत्रकारले काजु र किसमिस देख्या नै छैनन् भन्ठाने कि क्या हो हाम्रा पर्धानमन्तरी खप्रओले ? नत्र किन पत्रकारलाई दिनु भन्थे ? पर्धानमन्तरीले पक्कै टीका लगाउने बेलाँ कुनै पत्रकारलाई देख्या हुनुपर्छ । त्यसरी चियाउन पुग्ने कुनचाहिँ पत्रकार रै’छन कुन्नि ?–च्याँसे
किचलो नभा भे नेप्लिज लाँग्रेसका तोत्यांग्रे सभापति स्यालबहादुर हिजो आज मुर्छा पर्दै बौरिदै गर्न थाल्या छन रे † उन्को त्यो अनौठो
रोग देखेर चिकित्सकहरु हैरान भैसक्या छन् रे । चिकित्सा विज्ञानकै सबैभन्दा अनौठो रोग हो रे । होला पनि । हिजो आज जहाँ गए नि पार्टीभित्र आन्तरिक कलह, लडाई नभा’भे चुनाउ जितिन्थ्यो भनेर मात्र भाषन ठोक्छन । आन्तरिक कलह मच्चाउने चाहिँ को होला ? कागले आफ्नो नाम आफै काढ्छ भन्छन् हो रै’छ । स्यालबहादुरलाई पद चाहिने, श्रीमतिलाई सांसद र मन्त्री चहिने, सासु बज्यैलाई राजदूत चाहिने, साला सालीहरुलाई गतिलै ठाउँ चाहिने, चैते काँग्रेसको मात्र विश्वास गर्ने भएसी फुइøयाको चुनाउ जितिन्थ्यो । चुनाउ जित्या भे अहिले वाल्वाटारा रजाई हुन्थ्यो । रिविन धागो काट्न भ्याई नभ्याई हुन्थ्यो । सबै कुरा गुमेकोमा स्यालबहादुलाई कम्ता टेन्सिन छ ? अनि विचरा किन मुर्छा पर्दै वौरिदै नगरुन त ?–डा. झल्लुराम
भेटै दिइन छन
यसपटकको भाइटीकाको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले फोटो खिच्न गा’का पत्रकारलाई गेटभित्रै छिर्न दिइन छन् । घुस्याहा पत्रकारलाई किन छिर्न दिनु त ? उल्टो पाल्टो पारेर पत्रिकामा गफ जोतिदिज्छन् । दशैंका बेला राष्ट्रपति भण्डारर्नी बज्यैले घुँडामार टीका लगाइदिइन् भनेर कम्ता बबाल भा’हैन । यसपटक पनि घुँडामार भाइटिका लगाउछिन कि भनेर पत्रकारहरु चियोचर्चो गर्दै पुग्या थे । तर गेटभित्र छिर्नै नदिएर भण्डार्नी बज्यैले जाति नै गरिछन् । चाहे घुँडामार टीका लगाइदिउन, चाहे खडे खडे टीका लगाइदिउन पत्रकारले किन चियो चकचर्चो गर्नु प¥या होला ? धन्न यसपटक गेटबाटै गो अबे भन्द्या हुनाले बज्यै आलोचनाबाट जोगिइन् ।–मुसमुन्द्रे
चियापानमा हेलिकोप्टर
उल्फाको धन भएसी फूपूको श्राद्ध गर्न के गाह«ो ? समृद्ध नेपाल समुन्नत नेपाली भनेर हाम्रा पर्धानमन्तरी खप्रओले भट्याउनै नै ग¥या छन् । अब हेरम न अस्तिका दिन रक्षे मन्त्री ईश्वर पोखरेल नेकपाले आयोजना गरेको चिया पानमा हेलिकोष्टर लिएर पुगेछन् । अब कुत्लेहरुलाई के चाहियो ? पार्टीले आयोजना ग¥या चिया पानमा रक्षे मन्त्री हेलिकोप्टर लिएर पुगे भनेर कम्ता आलोचन भा’छैन । राज्यको हेलिकोप्टर, राज्यको तेल । आफ्नो फुट्टी कौडी खर्च नभएसी जाँदा के भो त ? पहिला पहिला पनि एउटा सोलार वत्ति उद्घाटन गर्न होलिकोप्टर चढेर
मन्तरीहरु हिडेकै हुन् । अनि विचरा पोखेलको मात्र किन विरोध ग¥या होला ? अहिले रक्षे छन् र पो त हेलिकोप्टर चढेर चिया खान गए त । भोलि खुस्केसी पाइदैन । पाएसी किन नचढ्ने ? कि कसो हौ पोख्रेल बाजे ?
धर्ना दिने रे
कम्निस्ट शासनमा न्याय नभएर यातना मात्र पाइन्छ भन्ने कुरा बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बाबु आमालाई थाहा रैनछ । लौन कसैले उनेरलाई सम्झाइ दिनुप¥यो । सबै ठाममा हार गुहार गर्दा नि न्याय नपाएसी विचराहरु अनिश्चितकालीन धर्नामा बस्या छन् । न्याय पाउने भए कृष्णप्रसाद अधिकारी खस्कने
थिएनन् । निर्मलाका बाबुलाई नि दोस्रो कृष्णप्रसाद बनाउने भए । धर्ना, भन्दा कत्रा कत्रा काम गरेर कम्निष्टहरु सत्तामा पुग्या हुन् । सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, ढुंगा हान्ने, मान्छे सिध्याउने, टायर बाल्ने काम नगरुन्ज्याल न्याय पाइदैन भनेर कस्ले सम्झाई देलान नि तिन्लाई ?–नारद
अन्तेमा
नेक्पाका दुई महारथी झल्ला झलु र माकुन्याउ हिजो आज तै चूप मै चूप छन् । पर्धानमन्तरी खप्रओले दुवैको मुख बुझो लगाइदिएछन् क्यारे । नत्र उफ्राइको गति त बढदै जानु पनेै हो । तर दुवै यतिबेला चुइक्क बोल्या सुनिदैन । केही दिन अगाडि सम्म यस्तै पारा हो भने पार्टी फुटाइन्छ भनेर झलु उफ्रन्थे माकुन्याउ पनि आफ्ना पक्षेका हनुमानहरु भेला गरेर बुन्चुङबुचुङ उफ्रेर फरक विचार राख्थे । यिन्ले चाहिँ केही गर्ला कि भन्ने लाग्थ्योे घण्टाघरलाई । अखिरी यो पनि उही खाउदेउ कम्पनीकै मतियार रै’छन् ।

