धरान, २५ कार्तिक ः उदयपुरको बेलका नगरपालिकामा ट्याक्टर दुर्घटना हुदा तीन जनाको घट्ना स्थलमै मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
दुर्घटनामा परी बेलका नगरपालिका वडा नंं. २ की १९ बर्षीया विनिता चौधरी, सोही ठाउकी २० बर्षीय इन्द्र चौधरी र २० बर्षीया दिपिका चौधरी रहेका छन् ।

बेलका नगरपालिका वडा नं. ८ भागलपुरबाट सोही नगरपालिकाका रंगमहलमा वनभोज खाएर फर्किएको स १ त ५८५० नम्बरको ट्याक्टर रंगमहलको उकालोमा दिउसो तीन बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सोही ठाउका ३६ बर्षीय अशोक चौधरी, २१ बर्षीय अजित चौधरी, ६ बर्षीया बालिका देविका चौधरी, १० बर्षीया बालिका एलिसा चौधरी, १० बर्षीया विष्णु चौधरी, १३ बर्षीया दिक्षा चौधरी, १० बर्षीया चादनी चौधरी, ११ बर्षीया स्मारिका चौधरी लगायत रहेका छन् । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अगाडिको अर्को ट्याक्टरलाई उछिन्ने क्रममा ट्याक्टर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

