मारवाडी युवा मञ्च धरानद्वारा सांगीतिक कार्यक्रम प्रस्तुत

धरान÷विभिन्न पेशा व्यवसाय गरी धरानमा बसोबास गर्दै आएका मारवाडी समुदायलाई एउटै छानामुनी ल्याउने काम सँगै आसपी भाइचारा अभिवृद्धिमा मारवाडी युवा मञ्चले अहम् भूमिका निर्वाह गरेको छ ।
संख्याको हिसाबले मारवाडी समुदाय अल्पसंख्यामा भए पनि पेशा व्यवसायको व्यस्त दैनिकीले समुदायभित्रै एक आपसमा परिचय विहीन जस्ता भएका मारबाडी समुदायलाई मञ्चले एकै छानामुनी मात्र ल्याएन सांगीतिक कार्यक्रम मार्फत समुदायको रहन सहनलाई समेत उजागर गरेको छ ।


कार्तिक २५ गते आइतबार साँझ स्थानीय गीता मन्दिर प्रांगणमा दिवाली हंगामा मार्फत मञ्चले सम्पूर्ण मारवाडी समुदायलाई भरपुर मनोरञ्जन समेत प्रदान गरेको थियो । साँझ ६ बजेदेखि १० बजेसम्म आयोजना भएको दिवाली हंगामामा धरानका ६ सय भन्दा बढी मारवाडी समुदायको उपस्थिति रहेको थियो । मञ्चका अध्यक्ष आसिस  (सोनु) गोयलका अनुसार दिवाली हंगामा सोचेभन्दा पनि बढी उत्साहप्रद रहयो । मञ्चका सदस्य मुकेश अग्रवालका अनुसार पहिलो पटक आयोजना गरिएको कार्यक्रमले मारवाडी समुदायलाई निकटमा ल्याउने र आत्मीयता साट्ने काम गरेको छ ।
गठन भएको छोटो समयमा मञ्चले विविध सामाजिक कामहरुमा हातेमालो समेत गर्दै आएको छ । सेवा सस्कार समुन्नति संगठनको मुख्य नारा बनाएको मञ्चले शनि मन्दिर र विश्वकर्मा मन्दिरको सरसफाईँसँगै फोहोर व्यवस्थापनका लागि डस्विन, गीता मन्दिरको रथ यात्रामा महत्वपूर्ण सहयोग, मारवाडी सामितिको आयोजनामा श्रावण महिनाको प्रत्येक सोमबार कावरियाहरुलाई निःशुल्क भोजनको आयोजना लगायतका कार्यहरु गर्दै आएको छ ।
दिवाली हंगामाको उद्घाटन मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवाल र मारवाडी महिला मञ्चकी अध्यक्ष अनिता अटलले संयुक्त रुपमा गर्नुभएको थियो । सो अवसरमा भारतको सिलगुढीबाट आएका १५ जना समूहको बन्धन इभेन्ट्सका कलाकारहरुले जोडदार प्रस्तुति दिएका थिए । कार्यक्रमको मुख्य प्रायोजक बाबा भेजिटेवल आयाल इण्डष्ट्रिज प्रा.लि., क्वालिटी केम प्रा.लि., जगदम्बा फुड्स प्रालि, विके मसला उद्योग, कनसाइन नेरोल्याक जापान प्रा.लि, विश्वकर्मा सिमेन्ट, सिप्रदी ट्रेडिङ्ग प्रा.लि., डुगर पाइसेस एण्ड फुड प्रोडक्स, एस.टी. फ्रेविक्स, बालाजी वाथ एस्सेसरिज, सन साइन पेन्टस् एण्ड केमिक्स उद्योग, एटु इन्टर प्राइजेज, केसी इलेक्ट्रोनिक्स, नेपाल कमर्सियल इन्टर प्राइजेज केसी इलेक्ट्रोनिक्स, नेपाल कमर्सियर इन्टर प्राइजेज, जय बगेश्वरीे मोल्ड थिए भने बैंकिङ्ग पार्टनरमा एनआइसी एसिया, सनराइज बैंक, जनता बैंक, माछापुछ्रे बैंक, नेपाल एसविआई बैंक र मितेरी विकास बैंक रहेका थिए ।

तपाईको प्रतिक्रिया