अदुवा वेसार प्रसोधन केन्द्र निर्माण हुदै

धरान÷ धुलाई ग्रेडिङको व्यवस्था नहुँदा नोक्सानी व्यहोर्दै आएका अदुवा, बेसार कृषक तथा व्यवसायीका लागि छुट्टै प्रशोधन केन्द्र निर्माण भए पछि भारतीय नाकामा प्रशोधन अब भने कृषक तथा बजारीकरणर्को झन्झटबाट पनि मुक्त हुने भएका छन् ।
अदुवा र बेसारको बजारीकरणमा गुणस्तरियतामा देखिएका समस्याहरु समाधान गर्न धरान स्थित कृषि उपज बजार स्थलमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अदुवा वेसार जोन कार्यान्यवन ईकाइ धरानको सहयोगमा गोदाम घर निर्माण सम्पन्न भएपछि कृषक तथा व्यवसायी खुशी रहेको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराई बताउहुन्छ ।
कुल लागत ५९ लाख ९९ हजार ९ सय ६५ रुपैया रहेको गोदाम घर निर्माणका लागि परियोजनाले ५ प्रतिशत कन्टीजेन्सी कट्टा हुने गरि ५३ लाख ६० हजार रुपैया उपलब्ध गराएको छ भने कृषि उपज बजार स्थलको ९ लाख ७ हजार ९ सय ६५ रुपैया लगानी
गरेको छ । ग्रेडिङ, प्याकेजिङ, धुलाई एकै थलोमा भएर अन्तराष्टिूय मापदण्डको बेसार अदुवा बजारमा लान सक्ने भएकाले बजारीकरणमा सहयोग पुग्ने अदुवा वेसार व्यवसायी विनोद राई बताउनु हुन्छ ।
पहाडी जिल्लामा उत्पादन भएका अदुवा प्रति वर्ष १० हजार मेटिूक टन र बेसार २५ सय मेटिूक टन भारतीय बजारमा निर्यात हुने गरेका छन् । सफाई नगरिकनै माटो सरीको अदुवाहरु भारतीय नाकाहरुमा फाल्नु पर्ने समस्या बाट मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया