धरान, १२कार्तिक ः पानीको पाइप फिटिङ्ग गर्ने क्रममा घरको तीनतलाबाट खसेर एक युवक सक्त घाइते भएका छन् ।
घरको छतमा पानीको पाइप फिटिङ्गगर्ने क्रममा धरान १२ चतरालाइनमा रहेको इन्द्रबहादुर राईका तीनतले घरको छतबाट खसेर धरान ४ खैरेनीटारका १७ बर्षीय अजय राइ सख्त घाइते भएका हुन् । सोमबार विहान ७ ः ३० बजे लडेका उनलाई तत्काले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । उनको बाहिरी भागका केही चोटपटक नलागेपनि भित्री भागमा असर पुगेको हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
दशै अगाडिदेखि सुनसरी चकरघटीका निरबहादुर राईले सञ्चालन गरेको सस्तो मम हाउसमा काम गर्दै आएका थिए । मम पसल छेउमै रहेको निरबहादुरका जेठान इन्द्रबहादुर राईको घरको पाइप फिटिङ्ग गर्ने क्रममा छतबाट खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
