खुकुरी प्रहारबाट एक युवक घाइते

धरान, ९ कार्तिक ः चाडवाडका समयमा धेरै अपराधिक घट्नाहरु हुने गरेका छन् । यो समयमा मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्ने नाममा यस्ता अपराधिक घट्ना बढेका हुन् ।
यसै क्रममा विहीबार साझ एक युवकमाथि खुकुरी प्रहार भएको छ । साझ ६ ः३० बजे धरान १५ बगरकोटमा धरान ११ भवानी मार्गका २६ बर्षीय विवेक गुरुङमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट उनको निदार, बाया हातको नाडी तथा दुवै खुट्टाको कम्मरमुनि गहिरो चोट लागेको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते उनलाई राती नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि लगे पनि विहीबारै राति गहिरो चोटका कारण नशामा समेत समस्या भएपनि नोबेल अस्पताल लगिएको छ ।
गुरुङमाथि आफ्नै साथीले खुकुरी प्रहार गरेको खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताउनुभयो । घट्नामा संलग्न भाग्ने भएकोले नाम भने खुलाउन चाहनु भएन । उनीहरुको खोजी कार्य जारी रहेको उहाले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया