कार्कीको राडे रुवाई
नेकपाका सांसद राम कार्की उर्फ सुरेन्द्र हिजो आज राँडे रुवाई गर्न थालेका छन् । चुनाउको बेला बाह« साइस गफ जोतेर मतदाताको दिभाग भुटेर चुनाउ जित्या सुरेन्द्र हिजो आज आफूलाई नेकपाको नेता भन्न पनि सरम लाग्न थालेको, कम्युनिस्लाई बहुमत आउनु नै दुर्भाग्य हो भन्दै वर्वराउन थाल्या छन् । झापा क्षेत्र न. १ बाट चुनाउ जित्या कार्कीले चुनाउको बेला कम्ता गफ जोत्या हैनन् । झपाका सडकहरुलाई अफ्रिकन सुन्दरीका गाला जस्तै सुन्दर बनाइदिनेसम्म भन्न भ्याए । अहिले तयस क्षेत्रका मतदाता यिन्लाई सक्तो सराप गदकछन् । चुनाउ जितेसी’ एकदिन फर्केर गा’छैनन् । चन्द्रगडी चार आलीका न्ता त हिजो आज चौवीसै घण्टा मुखमा मोहोला लगाउँछन् । सडकमा धुलो मात्र उडया छैन यमानको खमाल्डाले हिडडुलल गर्नै सक्दैनन् । कम्युनिस्टहरु उही बोल्ने मात्र त रै’छन । हुन त कम्युनिस्टबाटै गफ जोतेरै पर्धानमन्तरी भा’का के पी ओलीले समेत खाल्डाखुल्डी कम्युनिस्टले बनाका हुन र भन्न थाल्या छन् । अब कुन दिन देखि सडकका खाल्डाखुल्डी विपक्षीले बनाएका हुन भन्न वेर छैन । गफ जोत्न नेपालका कम्निष्टहरुलाई कसले भ्याउने ?
विचित्रिको दशै टीका
नपाउनेले केरा पायो बोक्रैसँग बजायो भन्ने नेपाली उखान हिजो आज पर्धानमन्तरी खप्रओको व्यवहारसँग ठ्याक्कै मिल्न पुग्या छ । राजाको सिको गरेर दशैको टीको लगाउने, जमर्का ग¥या पर्धानमन्तरी खप्रओकोले आmप्नै पिताजीको नौनारी गलाएका छन् । हुन त खप्रओ भन्या नै नयाँ नयाँ कुरा गर्नु हो। अब हेरम न बाउराम टीका थाप्लदा खपओ गजधुम्म भएर बसे भने फुकिढलबाउचाहिँ उभिएर टीका लगाउदै थिए श्रीमतिलाई चाहिँ आफू बसेरै लगाइ दिएछन् । विचारा खप्रओका पिताले नि कहिल्यै शान्ति पाएनन् । छोराको जन्म दिनाँ झापाबाट खाजा सातु बोकर वाल्वाटार पुग्दा विचारा बुढालाई कसैले वास्तै गरेन । जे होस् खप्रओको टीकामा नया शैलीचाहिँ देखियो ।
पालो विजुली बसेका
नेपालका पर्धानमन्तरी खप्रओले केही नगर्ने रै’छन् । गफ जोत्ने भन्दा बाहेक उन्ले केही र्गान जस्तो पनि छैन । पर्धानमन्तरी भएसी’ अब सिलिण्डरको जमाना गयो, अब सिलिन्ठर बोकेर हिड्नु पर्दैन –घरघरमा ग्याँसका पाइप पुग्छन्, हावाबाट विजुली निकालिन्छ,पूर्व पश्चिमरेल दौडाइन्छ, सर्रर्र मोनो रेल कुदइन्छ भन्या बसैका कानामा अहिले पनि झयाई झ्याई भै’राछ । विराटनगरमागोवर ग्याँसको पाइपलाइनहतारहतार आएर उद्घाटन गरे । अहिले त्यो पन िसेन्टीÏलाट भएछ । मुस्ताङ्गको हावाबाट चल्ने विजुली पनि टायटाय फिस भएछ अब केही नलागेसी विजुली बसतिर खपओको ध्यान केन्द्रित भएछ । लुम्बिनीका लागि ल्याएको विजुली बस अस्तिका दिन काठमाण्डौमा दौडाउन लगाएर फेरि खप्रओ बा’ले गफ हान्देछन् । अब हरेक नेपालीको घरमा विजुलीको तार पुग्छ खाना पकाउन, चड्न, विजुली बसको व्यवस्था गरिन्छ । हरे शिव ? ख्याल गज्जबका छैनन् पर्धानमन्तरी वा ।
विकास गर्छ भनेर नसोचे हुन्छ
मार्सी भाते दुर्गा पर्साइलाई हिजो आज के छाँटा खनिएका छन् कुन्नि ? पर्धानमन्तरी खप्रओको त नममै सुन्न चाहँदैनन् । आफ्नै घरमा लगेर प्रचण्डाउ र खप्रओलाई चोरासी व्यन्जन सहित मार्सी चामलको भात खिलएका पर्साई खप्रओसँग किन त्यसरी विच्केका होलान् ? अस्तिका दिन त उन्ले दारु मार्का केही सञ्चारकर्मीलाई बोलाइवरी भनेछन् खप्रओबाट देशको विकास हुन्छ भनेर नसोचे पनि हुन्छ । मार्सी भाते पर्साइको त्यस्तो गफ सुनेसी दारुमार्का सञ्चारकर्मीहरु पनि एक छिन् त वाल्ल परेछन् । खपओ र प्रचडाउको हनुमान भक्त मार्सी भाते प्रसाईले किन त्यस्ते भन्या होलान्. भनेर आ–आफैमा खास खुसी पनि गरेछन् । मार्सी भाते प्रसाइले त्यसो भन्नु पनि ठीकै हो । कम्निस्टको सरकार आएसी विएण्डसी हस्पिटललाई सर्लक्क इजाजत दिम्ला भनेर खप्रइओले भन्या थे । तर यकिा दिन वित्दा प्रसाईले ख्वै कुरा बुझ्या ?
जनावर जस्तो बनाइने रे
थुतुनोमा जे आयो त्यो प्याच्च नबोल्नु, बस्न मन लाग्यो भने जहाँतहीँ थ्याच्च नबस्नु भन्ने सउखान नेप्लिज लाँगे्रसका हरिलठ्ठक नेता बालकृष्ण खाँडलाई हेक्का छैन कि क्या हो हँ ? अस्तिका दिन उनले भनको सुन्दा कस्का कानाका जर्नी रन्किदैनन् होेला ? अब
हेरम न अर्काकै नक्कल गरेर भए नि
राष्ट्रपतिेले यसपालि दशैँमा टीका लगाइदिने धन्दा चलाइछन् । टीका लगाइदिँदा कोही उभिन्छ, कोही बस्छन्, कोही घुँडा घस्छन् । एकजना पूवर्् नयाधीश गोपाल पराजुली त घुँडा भघरेरै टीका थापेछन् । यसमा हरिलठ्ठक खाँडलाई के मतबल ? अस्तिका दिन उन्ले प्याच्च भनेछन राजाले समेत जन्तालाई घुँडा टेक्न बाध्य पारेका थिएनन राष्ट्रपतिले जनावर जस्तो व्यवहार गरिने रे । अब आफै घुँडा घस्नेलाई के भन्ने ? राष्ट्रपतिले घुडा घस त भन्या थेन क्यारे ?
नेकपाको भोज भतेर
हाम्रा पर्धानमन्र खप्रओले त्यसै भन्या होइन भातै खानाका लागि नेपालीहरु कामै गर्नुपर्दैन । सरकारले सुती सुती भात खुवाइदिन्छ । सम्पत्ति जोड्न, मोजमस्ती गर्न मात्र काम गर्नुपर्छ भन्या थे कि क्या हो ? अस्तिका दिन खप्रओले दशै, तिहार छठ पर्व सम्मलाई पुग्ने गरी ५० हजारलाई भृकुटीमण्डपमा बोलाएर भोज खुवाएछन् ।भोकले हर हर भएकाहरु बडो ठाँटिएर भोज खान भृकुटी मण्डप पुगेछन् । आपका धन बाफका धन
राज्येको ढुकुटीमा गरिरब जन्ताले जम्मा गर्दैको पैसौ छँदै थियो । मनकारी खप्रओले डकार आउन्ज्याल खुवाइदेछन । खप्रओले अरु सबै कुरा हावा गरे पनि भोज खुवाउने कुरा हावा गरेनन् । तर बाउरामले भोजको धुवाँधार विरोध गरेछन् । किन विरोध ग¥या होलान् ? भोज खुवाउनु नरामो हो र ? भोज खुवाउने पैसाल े कही लगानी गद्र्या भे नि त हुन्थ्यो नि रे † लगानीको प्रतिफल कहिले आउँछ कहिले आउँछ । भोज खुवाउदा सबैले डकार्दा तत्काल प्रतिफल देखियो । कि कसो हौ ?
के भन्या होलान् ?
हिजो आज पूवर्् झालेमालेका नेता माकुन्याउ र झल्ला झलु अलि ज्यादै प्यार्र प्यार्र गर्न थाल्या छन् । दुई तिहाईै बहुमत सरकरका यी नेताहरु बेकामे भएर त्यसरी प्यार्र प्यार्र गरेका हुन् रे । हेला पनि । पर्धानमन्तरी खप्रओले दुवैलाई केही कामै दिँदैनन्. । काम नभएसी दिमाग पनि सौनको हुन्छन भन्छन् । हो कि क्या हो । माकुन्याउले तल्ला कमिटीहरु समायोजन नगर्दा अस्तिका दिन बुरुक्क उफ्रिएका थिए । फेरि हिजो सरकारी कर्मचारीहरु घुस नखाई कामै गर्दैनन् भनेर उफ्रेछन् । उता झल्ला झलुको हविगत पनि त्यस्तै छ । यही ढंगले पार्टी र सरकार चले पार्टी फुटाउँछु भन्दै घुर्की देखाउन थाल्या छन् । अब यो पिण्ड खाने बेलामा पार्टी फुटएर कहिले संगठन गर्नु । विनाश काले विपरीत बुद्धि भन्या यही हो । बरु थपक्क खप्रओको बोलीमा हो मा हो मिलाउनु चास्ती चाट्दै बस्नु । बातै खलास ।
अन्तेमा
नेपालाँ गज्ज्बको गनतन्त्र आ’
रैछ । घुँडामार गनतन्त्र । जस्ले घुँडा मा¥यो त्यसले उपलब्धी हासिल गर्छ । जस्ले घुँडा मारेन त्यसको कन्तविजोग । घुँडा मार गनतन्त्र नामैले प्रष्ट हुन्छ । यो घुँडामा आधारित गनतन्त्र हो । यो तन्त्रमा जन्ताले नव राजाहरुका अगाडि घुँडा टेक्नै पर्छ । नव राजाहरुका अगाडि घुँडा नटेकी ठिंग उभियो भने अनिष्ट हुन्छ । न्याय माग्दा, विकास माग्दा अकिार माग्दा सबै काममा घुँडा टेक्नै पर्छ । गनतन्त्र भनेकै राजतन्त्र भन्दा उपल्ललो दर्जाको, बलियो हुन्छ भने हो रै’छ । यसपटकको घुँडा घस दशैँको टीकाले धेरैका घुँडाका सुरुवालमा प्वाँल प¥या छन् ।
